Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशैं सकिएसँगै कोदो टिप्न व्यस्त किसान

दशैं सकिएसँगै कोदो टिप्न व्यस्त किसान

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैं सकिएसँगै कोदो टिप्न व्यस्त किसान

गोरखा । वडा दसैँ सकिएसँगै गोरखाको सिरानचोक गाउँपालिका-८ धारापानीका किसान यतिबेला कोदो टिप्न व्यस्त देखिएका छन् । असारको अन्तिमतिर रोपिएको कोदो पाकेर भित्र्याउने समय भएपछि गाउँघरका किसानलाई बाली भित्र्याउने चटारो परेको हो । गाउँघरमा कोदो टिप्ने, सुकाउने र भण्डारण गर्ने काम भइरहेको छ । कोदो भित्र्याएपछि खेतबारीमा तोरी छर्ने तयारीसमेत किसानले गरिरहेका छन् । वर्षायाममा रोपिने कोदो पहाडी भेगका किसानको प्रमुख खाद्यान्न बालीमध्ये एक हो । कृषि वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा करिब दुई लाख १४ हजार ४७७ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो । उक्त वर्ष दुई लाख ८४ हजार ३५२ मेट्रिक टन कोदो उत्पादन भएको थियो । नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रमा कोदो खेती बढी हुने गरेको छ । गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, जुम्लालगायत जिल्लामा कोदो खेती गरिन्छ । भिरालो जमिन तथा कम सिँचाइ हुने ठाउँमा समेत उत्पादन गर्न सकिने भएकाले यो बाली पहाडी क्षेत्रका किसानका लागि महत्त्वपूर्ण मानिन्छ । कोदोबाट ढिँडो, रोटी, सातु, पिठोलगायत परिकार बनाइन्छ । यसमा रेसा, खनिज पदार्थ तथा अन्य पोषक तत्त्व पाइने भएकाले पछिल्लो समय सहरबजारमा समेत कोदोजन्य परिकारको माग बढ्दै गएको छ । तर, पछिल्ला वर्षमा कोदो खेती गर्ने क्षेत्रफल र उत्पादन घट्दै गएको सरकारी तथ्याङ्कले देखाउँछ । ग्रामीण क्षेत्रमा कृषि श्रमिकको अभाव, खेतीप्रति युवाको घट्दो आकर्षण र उत्पादनको बजार व्यवस्थापन चुनौतीका रूपमा रहेका छन् । स्वदेशमा कोदोको माग बढिरहेका बेला आयातसमेत गर्नुपर्ने अवस्था छ । ग्रामीण जीवनशैली, परम्परागत खेती प्रणाली र स्थानीय खाद्य संस्कृतिसँग जोडिएको कोदो खेतीलाई संरक्षण तथा प्रवर्द्धन गर्न सके किसानको आयआर्जन बढाउनुका साथै रैथाने बालीको संरक्षणमा समेत सहयोग पुग्ने देखिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

अचानक चीन पुगे किम जोङ उन, दक्षिण कोरियाले राख्यो निगरानी
ताजा खबरJust now

अचानक चीन पुगे किम जोङ उन, दक्षिण कोरियाले राख्यो निगरानी

काठमाण्डु – उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उन चीन पुगेका छन् । उनी चीन पुगेको खबर सार्वजनिक भएपछि दक्षिण कोरियाले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चिओङ वा देले शनिबार किमको चीन भ्रमणबारे प्रतिक्रिया दिँदै सम्बन्धित घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको हो । केही दिनअघि किम जोङको मृत्यु भएको खबर […] ...

काठमाण्डुपाटी
सुनसरीमा लागुऔषध बरामद प्रकरण : सुरक्षाकर्मीलाई दोषी देखाउने गरी भ्रामक भिडियो फैलाइएको दाबी
ताजा खबरJust now

सुनसरीमा लागुऔषध बरामद प्रकरण : सुरक्षाकर्मीलाई दोषी देखाउने गरी भ्रामक भिडियो फैलाइएको दाबी

सुनसरी। सुनसरीमा लागुऔषधसहित मोटरसाइकल बरामद गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई दोषी देखाउने गरी भ्रामक प्रचार गरिएको दाबी गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीका अनुसार लागुऔषध बरामद... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play