Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृ*त्यु, छ जना घाइते

बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृ*त्यु, छ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृ*त्यु, छ जना घाइते

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । शुक्रबार बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार ठोक्किएका हुन् । दुर्घटनामा कोहलपुरबाट काठमाडौं आउँदै गरेको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको छ । उपचारका क्रममा बिहान १०: ०८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ। घाइते चालक ४५ वर्षीय नरेन्द्रबहादुर शाहीको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न अर्को कारका चालक करिब ४० वर्षीय सम्राट नाथ योगीलाई चोटपटक लागेको छैन । उनलाई इलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण अवरुद्ध सडक बिहान १०:१५ बजे पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ । The post बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृ*त्यु, छ जना घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु
ताजा खबरJust now

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

​काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुईमहिने राष्ट्रिय जागरण अभियानको औपचारिक सुरुआत गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको औपचारिक उद्घाटन गरिएको हो । ​पत्रकार सम्मेलनमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन् । ​नेकपाको गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले देशव्यापी रूपमा दुईमहिने ...

कर्पोरट खबर
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा
ताजा खबरJust now

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ। बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म... ...

रातोपाटी
युक्रेनले भन्याे- स्टारलिङ्क सेवामा पुनः सुधार आयाे
ताजा खबरJust now

युक्रेनले भन्याे- स्टारलिङ्क सेवामा पुनः सुधार आयाे

किएभ । युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल स्टारलिङ्कको सम्पर्क युक्रेनमा पुनः स्थिर भएको जनाएको छ । स्टारलिङ्क सेवाको विषयलाई लिएर केही दिनयता वासिङ्टनसँग तनाव बढिरहेका बेला युक्रेन सरकारको यस्तो भनाइ आएको हो । रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट आफ्नो रक्षा गर्न सङ्घर्ष गरिरहेको युक्रेनले नागरिक प्रयोजनको स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीका साथै सैन्य प्रयोजनको स्टारशिल्ड संस्करणमा निर्भर रहँदै ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play