बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौं । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्याएबापत जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक अङ्गुर जिसी पुरस्कृत भएका छन् । एकहत्तरौँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले उनलाई ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरे । प्रहरी उपरीक्षक जिसीको नेतृत्वमा बाँके प्रहरीले ‘इन्तजार मोहम्मद अरबी खाँको हत्या’, ‘सिर्जना बुढा मगरलाई जलाएर मारिएको घटना’, ‘अफ्सना बस्नेतको अपहरण तथा हत्या’ र ‘विशाल चन्द ठकुरीको हत्या’मा संलग्न फरार अभियुक्तलाई पक्राउ गरी सफल अनुसन्धान गरेको थियो । गृहमन्त्री गुरुङले ‘योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार’ प्रहरी चौकी कोठियाघाट, बर्दियामा कार्यरत प्रहरी सहायक हबल्दार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाशसिंह महरालाई प्रदान गरे । यस्तै ‘मोतिलाल प्रहरी उत्कृष्ट अनुसन्धान अधिकृत’ पुरस्कारबाट इलाका प्रहरी कार्यालय रातापानी मुगुमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्धबहादुर बुढा पुरस्कृत भए । उक्त पुरस्कारको राशी रु ५१ हजार रहेको छ । यसवर्षको ‘मोतिकला मिथिला अमर प्रहरी छात्रवृत्ति’ अशक्त प्रहरी नायब निरीक्षक हितबहादुर तामाङकी सुपुत्री विदुर नगरपालिका–११ घर की छात्रा आशिका लामा र अमर प्रहरी जवान विन्देश्वर साहका सुपुत्र सर्लाहीको विष्णुुपुर गाउँपालिका–६ का अनजयकुमार साहलाई प्रदान गरियो । सो छात्रवृत्तिको राशि वार्षिक रु एक लाख रहेको छ । कार्यक्रममा गृहमन्त्री गुरुङले ‘अच्युत मीना अमर प्रहरी पुरस्कार’ अमर प्रहरी पदमबहादुर साउँदको सुपुत्र कैलालीका विप्लव साउँद र अमर प्रहरी रामबहादुर साउँदको सुपत्री अछामकी रञ्जना साउँद तथा ‘अच्युत मीना अमर प्रहरी छात्रवृत्ति’ अमर प्रहरी शेरसिंह साउँदको सुपुत्र बैतडीका अनिल साउँद र अमर प्रहरी रामबहादुर साउँदकी सुपुत्री कैलालीकी नवीना साउँदलाई जनही रु ५१ हजारको पुरस्कार र छात्रवृत्ति प्रदान गरे । त्यसअघि गृहमन्त्री गुरुङले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए । नेपाल प्रहरीको एक टुकडीले गृहमन्त्रीलाई सम्मान गारत अपर्ण गरेको थियो । प्रहरीलाई विभिन्न कार्यालय स्थापनाका लागि यसवर्ष ३५ सहित ४२८ जनाले जग्गा दान गर्नुभएको सो कार्यक्रममा जानकारी दिइयो । विभिन्न कालखण्डमा एक हजार ७९८ अमर प्रहरीले कर्तव्य पालनको सिलसिलामा वीरगति प्राप्त गरेका थिए । यसवर्ष प्रहरी नायब निरीक्षकसहित पाँच जनाले वीरगति प्राप्त गर्नुभएको छ भने २५ जना प्रहरी कर्मचारी बेपत्ता भएका थिए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बैंकको कर्जा र निक्षेप प्रवाह बढेकाेबारे जान्नुपर्ने ५ मुख्य कुरा
असोज अन्तिम सातासम्म बैंकमा १५ खर्ब ६३ अर्ब रुपैयाँ ऋणयोग्य रकम रहेको छ, जबकि व्यापार, एसएमई, जलविद्युत् र अन्य क्षेत्रमा कर्जा सुधारिएको छ। ...

प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियो : मुख्यमन्त्री थापा मगर
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन हुन नसक्दा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा चुनौती उत्पन्न भएको बताउनुभएको छ । संविधानले प्रदेशलाई प्रदान गरेको अधिकार र जिम्मेवारी कार्यान्वयनका लागि प्रहरी समायोजन अपरिहार्य भए पनि प्रक्रिया टुंगिन नसकेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । ७१ औँ प्रहरी दिवसको अवसरमा वागमती प्रदेश प्रहरी कार्यालयले शुक्रवार हेटौँडामा आयोजना गरेको विशेष समारोहलाई ...

भूमिसम्बन्धी अध्यादेशबारे कांग्रेसको आपत्ति: कानुनमन्त्रीको अडान विरोधाभासपूर्ण
काठमाडौँ । नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमिसम्बन्धी अध्यादेशको औपचारिक विरोध गर्दै यसलाई संसद्मार्फत नै छलफल गरी अगाडि बढाउनुपर्ने अडान राखेको छ। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलकी प्रमुख... ...

कस्तो छ उद्योगी–व्यवसायीको दसैं तयारी ?
परम्परा र संस्कृतिअनुसार दसैं मनाउँछु राजेन्द्र मल्ल, निवर्तमान अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स म हरेक वर्ष परम्परागत रूपमा दसैं मनाउँदै आएको छु। पुर्खादेखि चलिआएको परम्पराअनुसार शक्तिपीठहरूमा गएर देवीको दर्शन गर्ने र घरमा दुर्गामाताको पूजा गर्ने हाम्रोमा चलन छ। नवरात्रभरि पूजाआजा गरी आफ्नो धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिँदै आएको छु। यसपालि पनि म सोही परम्परा… ...


