Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

बर्दियामा मिनिबस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
बर्दियामा मिनिबस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते
Photo / Coverage: कर्पोरट खबर

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनिबस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शनिबार दिउँसो गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको सीएचओ१सीएम ९४३७ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । ठक्करपछि मिनिबस पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ निवासी ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलमा पछाडि सवार नामथर तथा ठेगाना नखुलेका अन्दाजी ५५ देखि ६० वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै जनालाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल, गुलरिया पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भएका १५ जनाको विवरण र अवस्थाबारे भने उपलब्ध विवरणमा खुलाइएको छैन । The post बर्दियामा मिनिबस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ बिदाबारे रास्वपा नेतृत्वमाथि आम महिला मोर्चाको प्रश्न
Latest NewsJust now

छठ बिदाबारे रास्वपा नेतृत्वमाथि आम महिला मोर्चाको प्रश्न

काठमाडौं । आम महिला मोर्चाकी अध्यक्ष रन्जु कुमारी साहले छठ पर्वमा दुई दिन मात्रै सार्वजनिक बिदा दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्व र सरकारको आलोचना गरेकी छन् । शनिबार सामाजिक... ...

रातोपाटी
विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य
Latest NewsJust now

विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई जितका लागि १६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो । विराटनगरका लागि चरिथ असलंकाले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ६ छक्का र एक चौकाको मद्दतले ६४ रन बनाए ...

हिमालय टाइम्स
विराटनगरलाई दोस्रो झड्का, असलन्का ६४ रन बनाएर आउट
Latest NewsJust now

विराटनगरलाई दोस्रो झड्का, असलन्का ६४ रन बनाएर आउट

काठमाडौँ । विराटगर किंग्सले दोस्रो विकेट गुमाएको छ । चरिथ असलन्का ४३ बलमा ६४ रन बनाएर आउट भएका हुन् । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको विराटनगरले... ...

रातोपाटी
चारिथको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य
Latest NewsJust now

चारिथको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २०... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play