Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई जितका लागि १६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो । विराटनगरका लागि चरिथ असलंकाले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ६ छक्का र एक चौकाको मद्दतले ६४ रन बनाए । त्यस्तै, शुभम रञ्जानेले अविजित ३१ र इमरान शेखले २४ रनको योगदान दिए । शेख रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिएका थिए । लोकेश बमले १५ रन जोडे । बलिङतर्फ लुम्बिनीका किशोर महतोले दुई विकेट लिए भने अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानले समान एक–एक विकेट हात पारे । प्लेअफको दौडमा कायमै रहन विराटनगरलाई यो खेल जित्नैपर्ने दबाब छ । यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनी भने जितको लक्ष्यसहित मैदानमा उत्रिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौंको गौरीघाटमा छठको अन्तिम तयारी [तस्बिरहरु]
Latest NewsJust now

काठमाडौंको गौरीघाटमा छठको अन्तिम तयारी [तस्बिरहरु]

हरेक वर्ष छठ पर्वका अवसरमा विशेष रूपमा सजाइने गौरीघाटमा यस वर्ष पनि आकर्षक ढंगले घाट निर्माण तथा सजावट भइरहेको छ । नदी किनारमा पूजाका लागि आवश्यक स्थान तयार पार्ने, सरसफाइ गर्ने, बत्ती जडान गर्ने तथा अन्य व्यवस्थापकीय काम भइरहेका छन् । ...

कान्तिपुर
असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य
Latest NewsJust now

असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

काठमाडौं । चरिथ असलंकाको अर्धशतकप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्ससामु १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो । विराटनगरका लागि असलंकाले सर्वाधिक ६४ रन बनाए । उनले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गरे ...

नेपालन्युज
विराटनगरद्वारा लुम्बिनीसामु १ सय ६७ रनको लक्ष्य प्रस्तुत
Latest NewsJust now

विराटनगरद्वारा लुम्बिनीसामु १ सय ६७ रनको लक्ष्य प्रस्तुत

प्लेअफ पुग्न जित्नैपर्ने दबाबमा रहेको खेलमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससामु जितका लागि १ सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको गरेको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६६ रनको योगफल तयार पारेको हो। दोस्रो विकेटका लाग... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play