बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ । सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गरिएको हो । पुल निर्माण भएसँगै पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न सजिलो हुनुका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ सडक डिभिजन कार्यालय, काठमाडौंका अनुसार पुल निर्माणको भौतिक प्रगति अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै सर्वसाधारणका लागि खुला गर्ने तयारी भइरहेको बताइन्छ । विसं २०८२ फागुन २१ गते निर्माण सम्झौता भई पुल निर्माण सुरु भएको थियो । पुल यसै हप्ता भित्रै पैदलयात्रुका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख सुबोध देवकोटाले बताए । उक्त पुल निर्माणका लागि रु दुई करोड ५२ लाख ४५ हजार ९५३ लागत निर्धारण गरिएको थियो । पुल निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वक्र्स प्रालिले पाएको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

खोटाङमा खुकुरी प्रहारबाट चार जना घाइते, एकजना पक्राउ
खोटाङ । खोटाङमा धारिलो हतियार खुकुरी प्रहारबाट चारजना घाईते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार जारबुङ सिम्लेका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली आहालेमा गई धारिलो हतियार प्रहार गर्दा श्रीमतीसहित चारजना घाईते भएका हुन् । नइन्द्रकुमारले असोज ९ गते राती साढे १२ बजे आफ्नै ४० वर्षीया श्रीमती अन्जना राईलाई टाउको पछाडि प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छन् । ६२ वर्षीया सासुआमा ...

दमौलीमा ब्रदरका प्रिन्टर प्रयोगकर्तालाई निःशुल्क प्राविधिक सेवा
काठमाडौं । ब्रदर ब्राण्डका प्रिन्टर तथा मल्टिफङ्सन उपकरण प्रयोगकर्तालाई स्थानीयस्तरमै प्राविधिक सेवा तथा परामर्श उपलब्ध गराउने उद्देश्यले ब्रदर निःशुल्क सेवा शिविर आयोजना हुने भएको छ। नासा कम्प्युटर सप्लायर्सको आयोजनामा तथा सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने शिविर कार्तिक १४ र १५ गते दमौलीमा आयोजना हुनेछ। दुई दिन सञ्चालन हुने उक्त सेवा शिविर व्यास–२, दमौलीस्थित बालमन्दिर तथा सत्यवती स्कुल लाइन क्षेत्रमा आयोजना हुनेछ। ...

यस्तो छ आगामी पाँच दिनको मौसम पूर्वानुमान
देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ। ...
![दशैँ बिदापछि काठमाडौँका सडकमा बढ्यो सवारी चाप [भिडियो]](https://hamrakura.com/uploads/news/images/sawari-ktm-09-08.jpg)
दशैँ बिदापछि काठमाडौँका सडकमा बढ्यो सवारी चाप [भिडियो]
काठमाडौँ उपत्यकाको जनजीवन पुरानै लयमा फर्किन थालेको छ। ...


