खोटाङमा खुकुरी प्रहारबाट चार जना घाइते, एकजना पक्राउ

खोटाङ । खोटाङमा धारिलो हतियार खुकुरी प्रहारबाट चारजना घाईते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार जारबुङ सिम्लेका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली आहालेमा गई धारिलो हतियार प्रहार गर्दा श्रीमतीसहित चारजना घाईते भएका हुन् । नइन्द्रकुमारले असोज ९ गते राती साढे १२ बजे आफ्नै ४० वर्षीया श्रीमती अन्जना राईलाई टाउको पछाडि प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छन् । ६२ वर्षीया सासुआमा स्यामाउन राईको टाउको र दाहिने हातमा तथा २५ वर्षीया साली तेनिना राईको टाउकोमा प्रहार गर्दा उनीहरु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जेठान नरेन्द्र राईको भने खुकुरी खोस्ने क्रममा दाहिने हातमा चोट लागेको छ । उनको अवस्था मध्यम छ । गम्भीर घाइतेहरुलाई नगर अस्पताल दुर्छिम ल्याई उपचारपछि थप उपचारमा हेलिकोप्टरबाट काठमाडौंस्थित एनएमसी अस्पताल लगिएको छ । नरेन्द्रको भने नगर अस्पताल दुर्छिममै उपचार भईरहेको छ । धारिलो हतियार प्रहार गरी फरार रहेका नइन्दकुमारलाई प्रहरी चौकी च्यास्मिटारबाट खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलमा ल्याई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताउनुभयो । हराईरहेका व्यक्ति २२ दिनपछि मृत अवस्थामा फेला हराईरहेका व्यक्ति २२ दिनपछि मृत अवस्थामा फेला परेका छन् । १८ असोजदेखी घरैबाट हराईरहेका खोटेहाङ गाउँपालिका-५ चिप्रिङका ४८ वर्षीय पर्शुराम विष्ट ८ कार्तिकमा मृत अवस्थामा फेला परेका हुन् । घर नजिकै रहेको जंगलमा घाँस काट्न गएको र घर फर्की नआएपछि उनको खोजतलास गरिएको थियो । खोजी गर्ने क्रममा जंगलमा नाम्लो मात्र रहेको र नाम्लोमा बाँधिएको बरियो डोरी नभएको भनि मृतकका दाजु रत्न कुमारले प्रहरी चौकी सिमपानीमा जानकारी गराएका थिए । उनको खोजीमा प्रहरी चौकी सिमपानीबाट प्रहरी सहायक निरीक्षक बिरेन्द्र कुमार साहको कमाण्डमा दुईजना प्रहरी खटेका थिए । प्रहरीसहितको टोलीले खोजी गर्दा घरबाट दक्षीण अन्दाजी ५ किलोमिटर टाढा इन्द्रेणीपोखरीको जंगलमा डोरीको पासो लगाई झुण्डी मृत सडेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टम गरी श्रीमतीले शव बुझेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बस्नेतले बताए ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

सामान्य विवादमा दाजुद्वारा भाइमाथि छुरा प्रहार
झापा । झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन् । भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि... ...

धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
कपिलवस्तु।कामदारको अभाव र ज्याला खर्च बढ्दै गएपछि कपिलवस्तुका किसान धान छार्ने आधुनिक थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित हुन थालेका छन्। धान काटेर भित्र्याउने समयमा खेताला पाइन छाडेपछि परम्परागत दाइँ र छार्न समय र खर्च धेरै लाग्ने भएपछि किसानले थ्रेसर मेसिनको प्रयोग बढाएका हुन्। जिल्लाका अधिकांश स्थानमा पाकिसेको धान भित्र्याउने चटारोसँगै किसानले धान र पराल छुट्याउन थ्रेसरको प्रयोग गरिरहेका छन्। कपिलवस्तु नगरपालिका–६ थुम्हवाका कृषक ...

दसैँ बिदा सकिएसँगै हेटौँडामा चहलपहल बढ्दै
हेटौँडा। दसैँ बिदा सकिएसँगै आजदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा चहलपहल बढ्दै गएको छ । बिदा सकिएको र आजैदेखि कार्यालय खुलेका कारण विभिन्न काम लिएर सर्वसाधारण कार्यालयमा पुग्न थालेका छन् । जिल्ला... ...

सरकारी कर्मचारीलाई सवारी किन्न ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी
काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण र त्यसको ब्याज अनुदान उपलब्ध गराउने तयारी गरेको छ । ‘सरकारी कर्मचारीहरूका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ निर्देशिका तयार गर्दै सरकारले मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपाङ्गे सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था गर्न लागेको हो । निर्देशिकाअनुसार सहसचिव वा ११ औँ ...


