Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/बन्द भएका सरकारी वेबसाइट र अनलाइन सेवा खुल्न थाले

बन्द भएका सरकारी वेबसाइट र अनलाइन सेवा खुल्न थाले

Share:WhatsAppFacebookX (Twitter)Telegram
बन्द भएका सरकारी वेबसाइट र अनलाइन सेवा खुल्न थाले

काठमाडौं, कात्तिक ९ । गएको बिहीबारदेखि बन्द भएका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सञ्चालनमा आउन थालेका छन्। वेबसाइट निर्माणमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी देखिएपछि सरकारी तथा सार्वजनिक निकायका अनलाइन सेवा बन्द गरिएका थिए। नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग र भेहिकल ट्रयाकिङ प्रणाली (भीटीएस) लगायतका निकायका वेबसाइट चार दिनसम्म बन्द भएका थिए। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार सुरक्षा प्याच जडान र परीक्षणपछि धेरै वेबसाइट तथा सेवा सामान्य अवस्थामा फर्किएका छन्। बाँकी सेवा पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको केन्द्रले जनाएको छ। पीएचपी वेबसाइट तथा वेब एप्लिकेसन निर्माणमा प्रयोग हुने प्रोग्रामिङ भाषा हो। यसको सुरक्षा कमजोरी सुधार गर्नुपर्ने भएपछि सरकारी वेबसाइट तथा अनलाइन सेवा बन्द गरिएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह
प्रविधिJust now

एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह

९ कात्तिक, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्घाटनमा सहभागी हुने बताइन् । प्रधानमन्त्री शाह उद्घाटन समारोहमा सहभागी हुने भए पनि उनी कार्यक्रमस्थलमा पुग्ने समय भने निश्चित भइसकेको छैन । प्रधानमन्त्रीको सहभागिता र समयबारे […] The post एनपीएलको ...

आइसिटी फ्रेम
एनपिएललाई खेलकुद महाकुम्भको संज्ञा: प्रधानमन्त्री बालेन शाहले गरे विदेशी खेलाडी र कमेन्टेटरको भव्य स्वागत
प्रविधिJust now

एनपिएललाई खेलकुद महाकुम्भको संज्ञा: प्रधानमन्त्री बालेन शाहले गरे विदेशी खेलाडी र कमेन्टेटरको भव्य स्वागत

९ कात्तिक, काठमाडौं। प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन आएका सबै नेपाली खेलाडीहरू, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना व्यक्त गरेका छन् । एनपिएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवको रुपमा उल्लेख गर्दै उनले उनले छोटो समयमै एनपिएल एउटा […] The post एनपिएललाई ...

आइसिटी फ्रेम
एआई कम्पनीहरू ठूलो विपत्तिको कारण बन्न सक्ने एउटा गम्भीर गल्तीबाट मात्रै टाढा: आणविक क्षेत्रबाट सिक्ने सम्भावना प्रबल
प्रविधिJust now

एआई कम्पनीहरू ठूलो विपत्तिको कारण बन्न सक्ने एउटा गम्भीर गल्तीबाट मात्रै टाढा: आणविक क्षेत्रबाट सिक्ने सम्भावना प्रबल

एआई कम्पनीहरू ठूलो विपत्तिको कारण बन्न सक्ने एउटा गम्भीर गल्तीबाट मात्रै टाढा छन्। उनीहरूले आणविक उद्योगबाट धेरै कुरा सिक्न सक्छन्। ठूला कृत्रिम बुद्धिमता (एआई) कम्पनीहरूले आफूहरू एकअर्कामा निर्भर रहेको र एकअर्काका कारण जोखिममा पर्न सक्ने कुरा बिस्तारै बुझ्दै गएका छन्। कुनै एउटा कम्पनीले लापरबाहीपूर्वक अघि बढेमा अरू कम्पनीले पनि त्यसलाई पछ्याउनुपर्ने दबाब महसुस गर्न सक्छन्। कुनै कम्पनीले पर्याप्त सुरक्षा व्यवस्था नगरी ...

टेक्नोलोजी खबर
एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने
प्रविधिJust now

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

९ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुदैछ । आज बेलुका ५ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिडनेछन्। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले तथा दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो । यसैबीच प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ। यसका ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play