एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

९ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुदैछ । आज बेलुका ५ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिडनेछन्। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले तथा दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो । यसैबीच प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ। यसका […] The post एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

एआई कम्पनीहरू ठूलो विपत्तिको कारण बन्न सक्ने एउटा गम्भीर गल्तीबाट मात्रै टाढा: आणविक क्षेत्रबाट सिक्ने सम्भावना प्रबल
एआई कम्पनीहरू ठूलो विपत्तिको कारण बन्न सक्ने एउटा गम्भीर गल्तीबाट मात्रै टाढा छन्। उनीहरूले आणविक उद्योगबाट धेरै कुरा सिक्न सक्छन्। ठूला कृत्रिम बुद्धिमता (एआई) कम्पनीहरूले आफूहरू एकअर्कामा निर्भर रहेको र एकअर्काका कारण जोखिममा पर्न सक्ने कुरा बिस्तारै बुझ्दै गएका छन्। कुनै एउटा कम्पनीले लापरबाहीपूर्वक अघि बढेमा अरू कम्पनीले पनि त्यसलाई पछ्याउनुपर्ने दबाब महसुस गर्न सक्छन्। कुनै कम्पनीले पर्याप्त सुरक्षा व्यवस्था नगरी ...

प्लेस्टेसन ६ को मूल्य १ हजार डलर पुग्न सक्ने, र्याम र एसएसडीको मात्रै झन्डै ७ सय डलर खर्च
अर्को पुस्ताका गेमिङ कन्सोलको मूल्य १ हजार डलर नाघ्न सक्ने देखिएको छ। यसको मुख्य कारण कृत्रिम बुद्धिमताका कारण बढेको माग र विद्युतीय उपकरणका पार्टपुर्जाको मूल्यमा भएको वृद्धि हुने अनुमान गरिएको छ। हालैका रिपोर्टअनुसार, प्लेस्टेसन ६ का लागि आवश्यक र्याम र एसएसडी स्टोरेजमा मात्रै सोनीले प्रतिकन्सोल करिब ६८० डलर खर्च गर्नुपर्ने हुन सक्छ। यसमा प्रोसेसर, ग्राफिक्स चिप, शीतलीकरण प्रणाली तथा उपकरण सञ्चालन ...

बन्द भएका सरकारी वेबसाइट र अनलाइन सेवा खुल्न थाले
काठमाडौं, कात्तिक ९ । गएको बिहीबारदेखि बन्द भएका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सञ्चालनमा आउन थालेका छन्। वेबसाइट निर्माणमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी देखिएपछि सरकारी तथा सार्वजनिक निकायका अनलाइन सेवा बन्द गरिएका थिए। नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग र भेहिकल ट्रयाकिङ प्रणाली (भीटीएस) लगायतका निकायका वेबसाइट चार दिनसम्म बन्द भएका थिए। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका ...


