बडीमालिका हिमपात अपडेटः : एक जनाकाे उद्धार, एकको खोजी जारी

धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भारी हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर कार्कीको उद्धार गरिएको हो । चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए । प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ । उनका अनुसार बडीमालिका क्षेत्रमा सम्पर्कविहीन कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहराको खोजी कार्यका लागि सदरमुकामस्थित सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर सो क्षेत्रमा प्रस्थान गरेको छ । यही असोज ९ गते सदरमुकाम मार्तडीबाट सम्पर्कविहीन दुईसहित पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । त्यसमध्ये पूर्वका तीन जना भने बडीमालिकाबाट फर्केर मार्तडी पुगिसकेका छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध
१४ कात्तिक, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध गरेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । सुन्दरीजल हुँदै गोसाईकुण्ड, हेलम्बुजस्ता गनतव्यहरूमा सहजै जान सकिने मोटर बाटो एक हप्तादेखि आयोजनाले रोक्दा आवागमनमा समस्या भएको स्थानीयवासी सुशील सिम्खडाले राससलाई जानकारी दिए । सुन्दरीजलस्थित महाँकाल खण्डमा संरचना बनाउन भनी मेलम्ची खानेपानी आयोजनाले सडक… ...

नक्कली नोटसहित सिरहामा दुई जना पक्राउ
प्रहरीका अनुसार उनीहरूको साथबाट ५०० रुपैयाँ दरका ३ थान र एक हजार रुपैयाँ दरका २४ थान गरी जम्मा २७ थान नोट बरामद भएका छन् । ...

टलक्क टल्किएका उपत्यका वरपरका हिमाल (तस्वीरहरू)
शनिबार साँझ काठमाडौं वरपरका हिमालहरूको दृश्य लोभलाग्दो देखिएको थियो । ...

बर्दीमै किन आची गर्या आइजीसा’प ?
प्रेस स्वतन्त्रतामाथि प्रहरीको हस्तक्षेप कुनै एउटा पत्रकारमाथिको धरपकड मात्र होइन, समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि गम्भीर चुनौती हो। यो संविधानमाथि हाकाहाकी गरिएको बर्दीधारी दादागिरी हो, जुन क्षम्य हुन सक्दैन गणेश बस्नेत शुक्रबार नेपालको पत्रकारिता जगत् स्तब्ध भयो । समाचार लेख्ने पत्रकारलाई समाचार कक्षबाटै प्रहरीले धमाधम पक्राउ गर्यो । दिउँसो सबैभन्दा पहिले प्रहरी नेपाल प्रेसको कार्यालय पुग्यो अनि अपराध बिटमा समाचार लेख्ने स्थापित पत्रकार ...


