Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बडादसैँको टीका सुरु, बिहानैदेखि मान्यजनबाट टीका थाप्नेको चहलपहल

बडादसैँको टीका सुरु, बिहानैदेखि मान्यजनबाट टीका थाप्नेको चहलपहल

Share:WhatsAppFacebookX (Twitter)Telegram
बडादसैँको टीका सुरु, बिहानैदेखि मान्यजनबाट टीका थाप्नेको चहलपहल

काठमाडौँ । विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर अघिबाट सुरु भएको छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ । बिहान १०ः२६ बजेको उत्तम साइतमा टीका सुरु भएको हो । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहानको उक्त साइत निकालेको हो । विजया दशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउनका लागि साइत खोज्नु नपर्ने र आज बिहानदेखि दिनभर नै बडा दसैँको टीका ग्रहण गर्न सकिने बताइएको छ ।बिहान १०ः२६ बजेको साइत भए पनि टीका थाप्नका लागि टाढा टाढा जानुपर्ने नागरिकले बिहान दुर्गा बिसर्जन गरेपछि नै टीका लगाउन सुरु गरेका थिए । घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएकी देवीलाई विसर्जनको साइत आज बिहान ०८ः४९ बजेका लागि समितिले तय गरेको थियो । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो ।घरमा टीका लगाएर कतिपय सर्वसाधारण काठमाडौँ बाहिर जानका लागि पनि निस्किएका छन् । टीकापछि काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेका देखिएको छ । टीकाको मुख्य दिन आज भएपनि आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन पनि छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

राष्ट्रपति पौडेलले पुरोहितको हातबाट लगाए दसैँको टीका
ताजा खबरJust now

राष्ट्रपति पौडेलले पुरोहितको हातबाट लगाए दसैँको टीका

राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा बडादसैँको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले शुभ साइत बिहान १० बजेर २६ मिनेटमा गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।  आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिएको राष्ट्रपति... ...

नेपालखबर
टीका र जमरामा सजिए कलाकार, सामाजिक सञ्जालमा दसैँका तस्बिर
ताजा खबरJust now

टीका र जमरामा सजिए कलाकार, सामाजिक सञ्जालमा दसैँका तस्बिर

काठमाडौं । बडादसैँको मुख्य दिन विजया दशमी कलाकारहरूले पनि हर्षोल्लासका साथ मनाएका छन्। बुधबार कलाकारहरूले मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै दसैँ मनाएका हुन्। बिहान १०ः२६ बजेको शुभसाइतमा कलाकारहरूले परिवारका ज्येष्ठ सदस्यबाट टीका तथा जमरा लगाएका छन्। दसैँ मनाएका तस्बिरहरू उनीहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन्। कलाकारका दसैँ विशेष तस्बिरहरूले सामाजिक सञ्जालमा पर्वको रौनक थपेका छन्। The post टीका र जमरामा ...

कर्पोरट खबर
इरानले भन्यो- एक ग्राम पनि प्रशोधित युरेनियम विदेश पठाउँदैनौँ, अमेरिकाले विश्वास नदिलाए वार्ता हुँदैन
ताजा खबरJust now

इरानले भन्यो- एक ग्राम पनि प्रशोधित युरेनियम विदेश पठाउँदैनौँ, अमेरिकाले विश्वास नदिलाए वार्ता हुँदैन

तेहरान– इरानले आफ्नो प्रशोधित युरेनियमको एक ग्राम पनि विदेश नपठाउने स्पष्ट पारेको छ। अमेरिकाले विश्वास दिलाउने ठोस कदम नचालेसम्म र इरानका सर्तहरू पूरा नगरेसम्म वार्तामा नबस्ने तेहरानले जनाएको छ। इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रजाईले अमेरिकाले इरानको विश्वास जित्न ठोस कदम चाल्नुपर्ने बताएका छन्। इरानको संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले पनि अमेरिकाले इरानका सात […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play