बंगलादेशका अलराउन्डर मोहम्मद सइफुदिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशका अलराउन्डर मोहम्मद सइफुदिनलाई भित्र्याएको छ । शुक्रबार पोखराले प्रतियोगिताको लागि सइफुदिनलाई भित्र्याएको जनाएको हो । “पोखरा एभेन्जर्स हर्षका साथ बंगलादेशी अलराउन्डर मोहम्मद सइफुदिनलाई एनपीएल–३ को लागि अनुबन्धित भएको जनाकारी गराउँदछ,” सामाजिक सञ्जालमा पोखराले उल्लेख गरेको छ । सइफुदिन अनुभवी बलिङ अलराउन्डर हुन् । उनले उमेर समूह हुँदै राष्ट्रिय टिम सम्मको यात्रा गरिसकेका छन् । फ्रेन्चाइज क्रिकेटमा भने उनी बंगलादेश प्रिमियर लिग (बीपीएल) मा प्रभावशाली छाप छाडेका क्रिकेटर हुन् । उनले बीपीएलमा पाँच फरक टिमबाट खेल्दा कुल ९६ विकेट लिएका छन् । त्यसैगरी, उनले घरेलु टी–२० क्रिकेटमा १९३, टी–२० अन्तर्राष्ट्रियमा ६३ र एकदिवसीय अन्तर्राष्ट्रियमा ४२ विकेट लिएका छन् । १३ विकेटसहित सन् २०१६ मा सम्पन्न यू–१९ विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेपछि सइफुदिनले सन् २०१७ मा राष्ट्रिय टिममा डेब्यू गर्ने मौका पाए । उनले अप्रिलमा श्रीलंकाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेल्दै सिनीयर टिममा डेब्यू गरेका थिए । यसअघि पोखराले प्रतियोगिताको लागि बंगलादेशकै पूर्वकप्तान साकिब अल–हसन, मेहदी हसन, धनन्जय लक्ष्मण र चमिका करुणारत्ने लाई भित्र्याएको थियो । The post बंगलादेशका अलराउन्डर मोहम्मद सइफुदिनले पोखराबाट एनपीएल खेल्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

साइबर सुरक्षा जोखिमपछि सतर्कता अपनाउन नेपाल राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । बैंकले शुक्रबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै उक्त जोखिमका कारण वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएको हो । यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना ...

समृद्धिको बाटोमा तगारो
जुन देशको माटोले सुन फलाउने सामर्थ्य राख्छ र जसको युवा जनशक्तिले विश्वका मरुभूमिलाई हरियालीमा बदल्न सक्छ, त्यो देश आफैँ भने किन सधैँ परनिर्भर र गरिब रहिरहन्छ? स्रोत र सम्भावनाको प्रचुरताबीच दूरदृष्टिको खडेरी र नीतिगत अलमलले पिल्सिएको मुलुकको कथा लेखिरहँदा प्राकृतिक सौन्दर्यको अनुपम वरदान, जलस्रोतको प्रचुर सम्भावना, जैविक विविधता र सिर्जनशील युवा जनशक्तिको खानी भएर पनि नेपाल लामो समयदेखि आर्थिक पछौटेपन र ...

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने
काठमाडौं। पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ कर्णाली याक्सबाट खेल्ने भएका छन्। कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो। ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा उल्लेख गरेको छ। फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन ...

पीएचपीमा गम्भीर सुरक्षा जोखिम देखिएपछि बैंकका वेबसाइट बन्द, रकम र विवरण सुरक्षित
• नेपाल राष्ट्र बैंकसहित अधिकांश बैंक र वित्तीय संस्थाले पीएचपी प्रोग्रामिङ भाषामा देखिएको सुरक्षा त्रुटिका कारण आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गरेका छन्। • ह्याकरले संवेदनशील विवरण चोरी गर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता अपनाइएको छ र प्रणाली अद्यावधिकको काम भइरहेको छ। • सर्वसाधारणले बैंकका आधिकारिक सूचनामा विश्वास गर्न, अपरिचित लिङ्क नखोल्न र शङ्कास्पद गतिविधिहरूमा सतर्क रहन सुझाव दिइएको ...


