Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

फोन ठगी नियन्त्रण गर्न रुसी बैंकका कलमा ‘कलर आईडी’ अनिवार्य गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
फोन ठगी नियन्त्रण गर्न रुसी बैंकका कलमा ‘कलर आईडी’ अनिवार्य गरिँदै
Photo / Coverage: टेक्नोलोजी खबर

फोनमार्फत हुने ठगी नियन्त्रण गर्ने प्रयासस्वरूप रुसका प्रमुख बैंकबाट आउने फोन कलमा अब सम्बन्धित संस्थाको नाम मोबाइल फोनको स्क्रिनमा देखिने भएको छ । रुसको डिजिटल विकास, सञ्चार तथा आमसञ्चार मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार, देशका चार ठूला दूरसञ्चार सेवा प्रदायक र प्रमुख बैंकहरू कल गर्ने संस्थाको पहिचान देखाउने प्रणाली लागू गर्न सहमत भएका छन् । यससम्बन्धी आवश्यक सम्झौतामा उनीहरूले हस्ताक्षरसमेत गरिसकेका छन्। नयाँ व्यवस्थाअनुसार, कुनै बैंकबाट ग्राहकलाई फोन आउँदा मोबाइलको स्क्रिनमा सम्बन्धित बैंकको नाम देखिनेछ । यसले फोन गर्ने व्यक्ति वा संस्थाको पहिचान गर्न सहज बनाउनुका साथै बैंकका कर्मचारी भएको बहाना बनाएर ठगी गर्ने प्रयासलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ। मन्त्रालयले यस सम्झौतालाई नागरिकलाई फोनमार्फत हुने ठगीबाट जोगाउन र विभिन्न संस्थाबाट आउने फोन कलप्रति सर्वसाधारणको विश्वास बढाउन चालिएको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ। फोन ठगी नियन्त्रण गर्ने व्यापक अभियानअन्तर्गत रुसले यसअघि नै कम्पनी तथा व्यक्तिगत उद्यमीबाट गरिने फोन कलमा अनिवार्य रूपमा कल गर्ने संस्थाको पहिचान खुलाउनुपर्ने व्यवस्था लागू गरिसकेको छ । उक्त व्यवस्था सन् २०२५ सेप्टेम्बर १ देखि कार्यान्वयनमा आएको हो । The post फोन ठगी नियन्त्रण गर्न रुसी बैंकका कलमा ‘कलर आईडी’ अनिवार्य गरिँदै appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टेस्लाले छनोट गरिएका ग्राहकलाई साइबरक्याब बिक्री गर्ने
TechnologyJust now

टेस्लाले छनोट गरिएका ग्राहकलाई साइबरक्याब बिक्री गर्ने

अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले केही छनोट गरिएका ग्राहकलाई व्यक्तिगत प्रयोगका लागि आफ्नो चालकविहीन विद्युतीय कार ‘साइबरक्याब’ खरिद गर्न दिने भएको छ। टेस्लाले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत केही ग्राहकलाई व्यक्तिगत प्रयोजनका लागि साइबरक्याब खरिद गर्न आमन्त्रण गरिएको जनाएको हो। सन् २०२४ को अक्टोबरमा सार्वजनिक गरिएको दुई सिट क्षमताको साइबरक्याबमा स्टेयरिङ ह्विल र पेडल छैनन् । यो सवारीसाधन टेस्लाको ‘रोबोट्याक्सी’ सेवाअन्तर्गत अमेरिकाका ...

टेक्नोलोजी खबर
अनलाइन दर्तादेखि क्यूआर कोडयुक्त प्रमाणपत्रसम्म, स्वास्थ्य व्यवसायी परिषद्ले ल्याउँदै नयाँ व्यवस्था
TechnologyJust now

अनलाइन दर्तादेखि क्यूआर कोडयुक्त प्रमाणपत्रसम्म, स्वास्थ्य व्यवसायी परिषद्ले ल्याउँदै नयाँ व्यवस्था

काठमाडौं । स्वास्थ्य व्यवसायीको दर्ता, प्रमाणपत्र प्रमाणीकरण र नियमन प्रक्रियालाई थप व्यवस्थित बनाउन नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले प्रविधिमा आधारित सेवा विस्तार गर्ने भएको छ । परिषद्ले दर्ता तथा नवीकरण अनलाइनबाट गर्ने, प्रमाणपत्रमा क्यूआर कोड राख्ने र स्वास्थ्य व्यवसायीको कार्यक्षेत्र स्पष्ट पार्ने योजनासहित संस्थागत सुधारका कार्यक्रम सार्वजनिक गरेको छ ।परिषद्का अध्यक्ष सगुन पौडेलले सेवा प्रवाहमा देखिएका प्रक्रियागत जटिलता हटाउँदै संस्थालाई पारदर्शी ...

आइसिटी समाचार
स्पेन र ब्राजिलले दूरसञ्चार कम्पनी टेलिफोनिकालाई पुनः नाफामा फर्काए
TechnologyJust now

स्पेन र ब्राजिलले दूरसञ्चार कम्पनी टेलिफोनिकालाई पुनः नाफामा फर्काए

स्पेनको दूरसञ्चार क्षेत्रको दिग्गज कम्पनी ‘टेलिफोनिका’ ले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार, सेप्टेम्बरसम्मको अवधिमा कम्पनी पुनः नाफामा फर्किएको छ र आफ्नो ऋणभार पनि घटाएको छ। यसको मुख्य श्रेय स्पेन र ब्राजिलजस्ता कम्पनीका प्रमुख बजारहरूलाई जान्छ। कम्पनीले यस वर्षको पहिलो नौ महिनामा ४६ करोड ४० लाख युरो (५१ करोड ५० लाख अमेरिकी डलर) नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा कम्पनीले एक ...

टेक्नोलोजी खबर
एक मिनेटको भिडियो बनाएर ५० हजार जित्ने अवसर, काठमाडौं महानगरले माग्यो आवेदन
TechnologyJust now

एक मिनेटको भिडियो बनाएर ५० हजार जित्ने अवसर, काठमाडौं महानगरले माग्यो आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय तहका विद्यार्थीलाई लक्षित गर्दै ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।महानगरपालिकाले मंसिर ७ देखि १३ गतेसम्म आयोजना गर्न लागेको ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ अन्तर्गत प्रतियोगिता सञ्चालन गर्न लागेको हो । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न व्यक्ति तथा समुदायले ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play