फिलिपिन्समा प्रशिक्षणका क्रममा दुई विमान ठोक्किँदा चार पाइलटको मृ*त्यु

काठमाडौं । फिलिपिन्समा प्रशिक्षण उडानका क्रममा दुई सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चार पाइलटको मृत्यु भएको छ । फिलिपिन्स वायु सेनाका अनुसार राजधानी मनिलाको दक्षिणमा रहेको बाताङ्गास प्रान्तस्थित फर्नान्डो वायु सैनिक अड्डामा शुक्रबार दुई वटा एसएफ–२६० प्रशिक्षण विमान दुर्घटनामा परेका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार दुवै विमान आकाशमै एकआपसमा ठोक्किएका थिए । दुर्घटना वायु सैनिक अड्डाको परिसरमै भएको थियो। घटनामा चार पाइलटको मृत्यु भए पनि अन्य कुनै व्यक्ति हताहत नभएको सेनाले जनाएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ। अनुसन्धान पूरा नहुँदासम्म वायु सेनाले आफ्ना सबै एसएफ–२६० प्रशिक्षण विमानको उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ । यसअघि गत मे महिनामा उत्तरी फिलिपिन्सको पहाडी क्षेत्रमा एसएफ–२६० प्रशिक्षण विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको थियो। सन् २०२३ मा पनि यस्तै विमान दुर्घटनामा दुई पाइलटले ज्यान गुमाएका थिए । The post फिलिपिन्समा प्रशिक्षणका क्रममा दुई विमान ठोक्किँदा चार पाइलटको मृ*त्यु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुईमहिने राष्ट्रिय जागरण अभियानको औपचारिक सुरुआत गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको औपचारिक उद्घाटन गरिएको हो । पत्रकार सम्मेलनमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन् । नेकपाको गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले देशव्यापी रूपमा दुईमहिने ...
_8GKH9mFcCy.jpg)
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा
काठमाडौँ। बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म... ...

युक्रेनले भन्याे- स्टारलिङ्क सेवामा पुनः सुधार आयाे
किएभ । युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल स्टारलिङ्कको सम्पर्क युक्रेनमा पुनः स्थिर भएको जनाएको छ । स्टारलिङ्क सेवाको विषयलाई लिएर केही दिनयता वासिङ्टनसँग तनाव बढिरहेका बेला युक्रेन सरकारको यस्तो भनाइ आएको हो । रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट आफ्नो रक्षा गर्न सङ्घर्ष गरिरहेको युक्रेनले नागरिक प्रयोजनको स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीका साथै सैन्य प्रयोजनको स्टारशिल्ड संस्करणमा निर्भर रहँदै ...
![धार्मिक आस्था, प्रकृति र नेपाली पहिचानको संगम बिटार पार्क [भिडियो]](https://hamrakura.com/uploads/news/images/bittar-park-08-07.jpg)
धार्मिक आस्था, प्रकृति र नेपाली पहिचानको संगम बिटार पार्क [भिडियो]
बिटार पार्क रामेछापको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । ...


