नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि यात्रामा अब एउटा गल्तीले पनि टोलीको सपना समाप्त हुन सक्छ । तीन सिजनको इतिहासमा अहिलेसम्म फाइनलसम्म पुग्न नसकेका काठमाडौं गोर्खाज र चितवन राइनोजबीच आज एलिमिनेटरमा प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण छ । किनकि पराजित हुने टोलीको एनपिएल यात्रा यहीँ समाप्त हुनेछ भने विजयी टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । त्यहाँ पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा...
फाइनल पुग्ने बाटो खोज्दै काठमाडौं र चितवन, कसको भाग्य चम्किएला ?

Read Complete Original Article
Published originally on फरकधार



