Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फर्पिङमा ३२२ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

फर्पिङमा ३२२ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
फर्पिङमा ३२२ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

काठमाडौं।काठमाडौं, दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट अवैध लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार भोजपुर घर भएका ३१ वर्षीय विवेक कुमार रहेका छन्। कुमारलाई ३२२ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित लाई बुधबार दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ। वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज २०२३ नम्बरको सुमोमा सवार उनलाई लागुऔषधसहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ। यस्तै, धनुषा, सबैला नगरपालिका–१३ किरतपुर बस्ने ४५ वर्षीया फुलो देवी ठाकुरलाई गाँजा २ किलो ७८० ग्रामसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले फुलो देवीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो। यता, झापा गाउँपालिका–१ सालमाराबाट अवैध लागूऔषध ब्राउनसुगर १५० ग्राम १४० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन्। पक्राउ क्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय नसिम अक्तर मियाँ र ३० वर्षीय सलमान मियाँ रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काकँडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३७ एए ५३८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो। सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–६ पिपल चौताराबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। चार सय मिलिग्राम ब्राउनसुगरसहित मंगलबार दिउँसो प्रहरीले सोही ठाउँ बस्ने ३५ वर्षीय सुबिन सिंह र बाँके कोहलपुर नगरपालिका–२ बस्ने ३३ वर्षीय प्रशान्त मल्ललाई पक्राउ गरेको हो। कञ्चनपुर, भीमदत्त नगरपालिका–४ बसपार्कस्थित न्यू खप्तड सैपाल होटलबाट ४ किलो ३२४ ग्राम चरेशसहित प्रहरीले बझाङ छबिसपाथीभेरा गाउँपालिका–६ बस्ने ३५ वर्षीय सुरेन्द्रबहादुर बुढालाई बुधबार बिहान पक्राउ गरेको छ। सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले होटलको १०३ नम्बरको कोठा तलासी गर्दा बुढालाई पक्राउ गरेको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

निर्वाचन केन्द्रित हुन मंसिरमा राष्ट्रिय भेला गर्दै एमाले
ताजा खबरJust now

निर्वाचन केन्द्रित हुन मंसिरमा राष्ट्रिय भेला गर्दै एमाले

मंसिरमा काठमाडौंमा हुने भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका प्रमुख तथा उपप्रमुख, संघीय र प्रदेश सांसद सहभागी हुनेछन् । ...

कान्तिपुर
आठौँ पश्चिम म्याग्दी कपको उपाधि आयोजकलाई
ताजा खबरJust now

आठौँ पश्चिम म्याग्दी कपको उपाधि आयोजकलाई

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बुधबार सम्पन्न आठौँ पश्चिम म्याग्दी कप ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । पश्चिम म्याग्दी युवा क्लबले बडादसैँ पर्वको अवसरमा... ...

रातोपाटी
चक्रवात अर्नबको असर नेपालमा, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
ताजा खबरJust now

चक्रवात अर्नबको असर नेपालमा, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं।शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा क्रमशः बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार चक्रवात आजदेखि नेपालको वायुमण्डलमा देखिन थालेको छ। भोलि कार्तिक १२ गते बिहीबारदेखि कार्तिक १४ गते शनिबारसम्म चक्रवातको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा तथा हिमपात हुने सम्भावना छ। यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन ...

नेपालन्युज
हत्या गरेर फरार अभियुक्त १० वर्षपछि पक्राउ
ताजा खबरJust now

हत्या गरेर फरार अभियुक्त १० वर्षपछि पक्राउ

जनार्जन खत्रीसर्लाही, कात्तिक ११ गते । सर्लाहीको रामनगरमा दश वर्षअघि भएको एक हत्याको घटनामा सङ्लग्न अभियुक्त अहिले पक्राउ परेका छन् । कर्तव्य ज्यान कसुरमा दश वर्षदेखि फरार रहेका र... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play