चक्रवात अर्नबको असर नेपालमा, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं।शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा क्रमशः बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार चक्रवात आजदेखि नेपालको वायुमण्डलमा देखिन थालेको छ। भोलि कार्तिक १२ गते बिहीबारदेखि कार्तिक १४ गते शनिबारसम्म चक्रवातको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा तथा हिमपात हुने सम्भावना छ। यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। ती प्रदेशका थोरै स्थानमा भने भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। यी दुई प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ। सम्भावित मौसम परिवर्तनलाई ध्यानमा राख्दै महाशाखाले सम्बन्धित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नभसुरक्षामा नेपाली सेना सक्रिय
काठमाडौँ । नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी समय वायुयान र हेलिकप्टर उडाएर नभसुरक्षामा पनि उल्लेखनीय कार्य गर्दै आएको छ । दुई लाख घण्टा विमान उडान पूरा गरेको अवसरमा... ...

अनुसन्धानमा पासवर्ड खुलाउन बाध्य पारिनु कति संवैधानिक ?
अपराध अनुसन्धानमा विद्युतीय सामग्रीको पासवर्ड खुलाउने विषय अभियुक्तलाई आफैंविरुद्ध साक्षी हुन बाध्य पार्न नपाइने संवैधानिक व्यवस्थासँग जोडिने भएकाले पासवर्डलाई सधैं भौतिक वस्तु वा औंठाछापजस्तै मानिनु हुँदैन। ...

वाग्लेको अभिव्यक्ति : स्वीकार्य र अस्वीकार्य पक्ष
सबै स्वरलाई एउटै ‘पुरानो युगको संकीर्णता’ भनेर समाप्तिको घोषणा गर्दा वैध सरोकार र अतिवादबीचको भेद मेटिन्छ। ...

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा मोटरसाइकलको ठक्करबाट आज राति पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पम्फा बोटे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलले पैदलयात्री... ...


