प्रेस युनियनका अध्यक्ष र पूर्वअध्यक्ष हार्दा पूर्वउपाध्यक्ष बाला केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं, असोज २९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यमा नेपाल प्रेस युनियनकी पूर्वउपाध्यक्ष बाला अधिकारी निर्वाचित हुनुभएको छ । पेशागत विषयगत क्षेत्रको महिला खुला समूहबाट उम्मेदवारी दिनुभएकी अधिकारीले २ हजार १९४ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । पेशागत समुहबाटै खुलातर्फ पुरुषमा उम्मेद्वार रहनुभएका नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल र पूर्वअध्यक्ष समिरजंग शाह भने पराजीत हुनुभएको छ । केही समयअघि मात्रै संस्थापनतिर लाग्नुभएका डा. शेखर कोइराला निकट लम्साल र शेरबहादुर देउवा निकट शाह पराजीत हुँदा बिशेष महाधिवेशनको पक्षमा लाग्नुभएकी अधिकारी पुनः निर्वाचित हुनुभएको हो । अधिकारी बिशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन हुनुभएको थियो । महाधिवेनबाट पनि निर्वाचित हुनुभएको हो । अधिकारी निर्वाचित हुनुभएको पेशागत समुहबाट डा. सीता पोखरेल घिमिरे २६ सय ५० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। दुई पदका लागि भएको प्रतिस्पर्धामा अधिकारीले आर्किटेक्ट इन्जिनियर मेली शाहलाई सात मतले चकित पार्दै जीत निकाल्नु भएको हो । शाहले २ हजार १८७, इन्जिनियर निर्मला लामा ९चन्दले० २ हजार १४, अधिवक्ता रञ्जिता कार्कीले १ हजार ८३२ र सुधा रिजालले ७२८ मत प्राप्त गर्नुभएको छ। पत्रकारिता, प्राज्ञिक अध्ययन र राजनीतिमा सक्रिय अधिकारी नेपाल पत्रकार महासंघको निवर्तमान कार्यसमितिको उपाध्यक्षसमेत हुनुहुन्थ्यो । आमसञ्चार तथा पत्रकारिता विषयमा विद्यावारिधि गर्नुभएकी अधिकारीले नेपाली कांग्रेसको जिल्ला तहमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका रूपमा काम गरिसक्नुभएको छ । ओखलढुङ्गाबाट राजनीतिक यात्रा अघि बढाउनुभएकी उहाँले पत्रकारिता र राजनीतिक क्षेत्रको अनुभवलाई सँगसँगै अघि बढाउँदै आउनुभएको छ। कांग्रेस महाधिवेशनमा पेशागत विषयगत क्षेत्रको खुला समूहबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ । यस समूहमा डा. केदार नरसिंह केसीले ३२५३, प्राडा. जगदीशचन्द्र पोखरेलले २५७७, वरिष्ठ अधिवक्ता सिताराम केसीले १५३६, डा. प्रदीप मिश्रले १४७८ र केशव निरौलाले १२३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

दक्षिण कोरियाद्वारा उच्च जोखिमयुक्त सैनिक अभियानका लागि रोबोटलाई तालिम दिने पहिलो रक्षा एआई केन्द्र स्थापना
दक्षिण कोरियाको राष्ट्रिय रक्षा मन्त्रालयले सोमबार पाङ्ग्यो टेक्नो भ्यालिमा भौतिक कृत्रिम बुद्धिमत्ता (एआई) अनुसन्धान केन्द्रको स्थापना गरेको छ। विदेशी सञ्चार माध्यमका अनुसार यो केन्द्रले जोखिमपूर्ण सैनिक अभियानामा प्रयोग गर्न ह्युमनोइड रोबोट र अटोनोमस सवारी साधनलाई तालिम दिने राष्ट्रिय परियोजनाको सुरुवात गरेको हो। उक्त प्रविधि बिस्फोटक पदार्थ व्यवस्थापन गर्ने, खतरनाक रसायन पत्ता लगाउने जस्ता कार्यमा प्रयोग गरिन्छ। अजुु विश्वविद्यालय सँगको सहकार्यमा सञ्चालन हुने ...

सोनीले सार्वजनिक गर्यो कालो रङ्गको प्लेस्टेसन ५ कन्सोल
सोनीले आफ्नो प्लेस्टेसन ५ कन्सोलको नयाँ कालो भर्जन मिडनाइट ब्ल्याक सार्वजनिक गरेको छ। उत्तल कन्सोल जापानी बजारमा मात्र उपलब्ध रहेको छ। नयाँ कन्सोल नोभेम्बर १९ देखि बिक्रिमा आउने छ। यसको मुल्य ५५ हजार जापानी येन करिब ३११ यूरो तोकिएको छ। प्रि अर्डर अक्टोबर २० देखि सुरु हुने छ। नयाँ मोडल पीएस५ को डिजिटल भर्जन हो जसमा डिस्क रिडर छैन। कन्सोलको बाहिरी आवरण ...

नेपाल टेलिकमको नयाँ अफर : ४,९९९ रुपैयाँमै वार्षिक इन्टरनेट प्याकेज, जडान शुल्क पनि नलाग्ने
काठमाडाैं । नेपाल टेलिकमले एफटीटीएच अर्थात् घरसम्म फाइबर सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ प्याकेज सञ्चालनमा ल्याउने भएको छ ।कम्पनीका अनुसार वाइफाइ ६ व्यक्तिगत प्याकेजअन्तर्गत वार्षिक इन्टरनेट तथा टेलिफोन सेवा जडान गर्दा १०० एमबीपीएसको प्याकेज ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको प्याकेज १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ ।त्यस्तै, ...

युवा उद्यमी बन्न चाहनुहुन्छ ? राष्ट्रिय युवा परिषद्ले खुलायो आवेदन
काठमाडौं । राष्ट्रिय युवा परिषद्ले नवीनतम तथा सिर्जनशील व्यावसायिक सोच भएका युवालाई उद्यमी बनाउन युवा नवप्रवर्तन तथा इन्क्युबेसन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।परिषद्ले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार १६ देखि ४० वर्षसम्मका नेपाली नागरिकलाई लक्षित गरी पाँचदिने कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम २०८३ साल मंसिर महिनामा सञ्चालन हुने परिषद्ले जनाएको छ ।परिषद्को सूचनाअनुसार कार्यक्रम लुम्बिनी ...


