दक्षिण कोरियाद्वारा उच्च जोखिमयुक्त सैनिक अभियानका लागि रोबोटलाई तालिम दिने पहिलो रक्षा एआई केन्द्र स्थापना

दक्षिण कोरियाको राष्ट्रिय रक्षा मन्त्रालयले सोमबार पाङ्ग्यो टेक्नो भ्यालिमा भौतिक कृत्रिम बुद्धिमत्ता (एआई) अनुसन्धान केन्द्रको स्थापना गरेको छ। विदेशी सञ्चार माध्यमका अनुसार यो केन्द्रले जोखिमपूर्ण सैनिक अभियानामा प्रयोग गर्न ह्युमनोइड रोबोट र अटोनोमस सवारी साधनलाई तालिम दिने राष्ट्रिय परियोजनाको सुरुवात गरेको हो। उक्त प्रविधि बिस्फोटक पदार्थ व्यवस्थापन गर्ने, खतरनाक रसायन पत्ता लगाउने जस्ता कार्यमा प्रयोग गरिन्छ। अजुु विश्वविद्यालय सँगको सहकार्यमा सञ्चालन हुने पाङ्ग्योस्थित यो केन्द्र देशभर स्थापना गर्ने योजना बनाइएका पाचँओटा क्षेत्रीय रक्षा एआई केन्द्रमध्ये पहिलो हो। पाङ्ग्योले हार्डवयर र सफ्टवेयरमा ध्यान केन्द्रित गर्ने छ। यसले जोखिमपूर्ण क्षेत्रको काम गर्ने ह्युमनोइड तथा धेरै खुट्टे रोबोटलाई तालिम दिन आवश्यक भौतिक तंथ्याक संकलन गर्ने छ। दक्षिण सियोलको योङसानमा स्थापना हुने केन्द्रले गोप्य सैनिक तथ्याङ्क प्रयोग गरि कमान्ड तथा नियन्त्रण प्रणालिको विकासमा काम गर्ने छ। देशको मध्य भागमा रहेको देजोनमा कोरिया एडभान्स इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीको सहयोगमा स्थापना हुने केन्द्रले एजेन्टमा आधारित कृत्रिम बुद्धिमत्तामा अनुसन्धान गर्नेछ। टेलिग्राफका अनुसार, उपकरणको प्रयोगले सैनिक तयारी कायम राख्न, मानविय क्षति न्यूनिकरण गर्न र क्षेत्रीय सुरक्षामा देखापरेका नयाँ चुनौतिको सामना गर्न रक्षा प्रणालीलाई आधुनिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। रक्षा मन्त्रालयले पाँचवटै केन्द्रमा सयुक्त अनुसन्धान कार्यक्रम विस्तार गर्ने योजना सार्बजनिक गरेको छ। एस मार्फत नागरिक क्षेत्रमा विकसित सफ्टवेयर तथा रोबोटिक्स प्रविधिलाई सैनिक क्षेत्रमा प्रत्यक्ष रुपमा उपयोग गर्न सकिने सिस्टम विकास गरेको छ। The post दक्षिण कोरियाद्वारा उच्च जोखिमयुक्त सैनिक अभियानका लागि रोबोटलाई तालिम दिने पहिलो रक्षा एआई केन्द्र स्थापना appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

नयाँ आउडी ए८ पोर्शको कारखानामा उत्पादन हुन सक्ने
जर्मनीको लाइपजिगस्थित पोर्शेको कारखानामा आउडीको नयाँ ए८ कार उत्पादन हुन सक्ने भएको छ। उक्त कारखानामा अहिले पोर्शे पानामेरा र म्याकान उत्पादन हुँदै आएका छन्। त्यहाँ विभिन्न प्रकारका ड्राइभ प्रणाली भएका गाडी उत्पादन गर्न मिल्ने गरी उत्पादन लाइनहरू तयार गरिएका छन्। टेलिग्राफका अनुसार आउडीले ए८ को नयाँ पुस्तालाई पेट्रोल इन्जिन, हाइब्रिड र पूर्ण विद्युतीय संस्करणमा ल्याउने योजना बनाएमा यस्तो उत्पादन लचकता महत्त्वपूर्ण ...

सोनीले सार्वजनिक गर्यो कालो रङ्गको प्लेस्टेसन ५ कन्सोल
सोनीले आफ्नो प्लेस्टेसन ५ कन्सोलको नयाँ कालो भर्जन मिडनाइट ब्ल्याक सार्वजनिक गरेको छ। उत्तल कन्सोल जापानी बजारमा मात्र उपलब्ध रहेको छ। नयाँ कन्सोल नोभेम्बर १९ देखि बिक्रिमा आउने छ। यसको मुल्य ५५ हजार जापानी येन करिब ३११ यूरो तोकिएको छ। प्रि अर्डर अक्टोबर २० देखि सुरु हुने छ। नयाँ मोडल पीएस५ को डिजिटल भर्जन हो जसमा डिस्क रिडर छैन। कन्सोलको बाहिरी आवरण ...

नेपाल टेलिकमको नयाँ अफर : ४,९९९ रुपैयाँमै वार्षिक इन्टरनेट प्याकेज, जडान शुल्क पनि नलाग्ने
काठमाडाैं । नेपाल टेलिकमले एफटीटीएच अर्थात् घरसम्म फाइबर सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ प्याकेज सञ्चालनमा ल्याउने भएको छ ।कम्पनीका अनुसार वाइफाइ ६ व्यक्तिगत प्याकेजअन्तर्गत वार्षिक इन्टरनेट तथा टेलिफोन सेवा जडान गर्दा १०० एमबीपीएसको प्याकेज ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको प्याकेज १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ ।त्यस्तै, ...


