Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/प्रहरीको ‘स्वीप अपरेसन’ मा ९२ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’ मा ९२ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरीको ‘स्वीप अपरेसन’ मा ९२ जना पक्राउ

काठमाडौं।काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा अपराध कर्ममा संलग्न ९२ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत २४ घण्टामा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीले सार्वजनिकस्थल, यातायातका साधन, सरकारी कार्यालय आसपास तथा बढी भीडभाड हुने क्षेत्रलाई लक्षित गरी अभियान सञ्चालन गरेको जनाएको छ। परिसरका अनुसार पक्राउ परेकामध्ये ८४ जना पुरुष र आठ जना महिला छन्। पक्राउ परेकामा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंका गरिएका व्यक्तिदेखि अदालतबाट दोषी ठहर भई फरार रहेका कसुरदार समेत छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गरी सम्भावित आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार नागरिकको बढी आवतजावत हुने सार्वजनिकस्थल, सार्वजनिक यातायातका साधन, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपासका क्षेत्र र भीडभाड हुने स्थानमा प्रहरीले निगरानी तथा जाँचलाई तीव्र बनाएको हो। प्रहरीले विशेष गरी सार्वजनिकस्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी तथा लुटपाटमा संलग्न हुने, बिचौलियाको गतिविधि सञ्चालन गर्ने र गुण्डागर्दी गर्ने व्यक्तिहरूलाई लक्षित गरी अभियान सञ्चालन गरेको जनाएको छ। सजाय तोकिएका १३ जना पनि पक्राउ विशेष स्वीप अपरेसनका क्रममा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड तथा सजाय तोकिएका १३ जना फरार कसुरदार समेत पक्राउ परेका छन्। लामो समयदेखि फरार रहेका तथा अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेका व्यक्तिको खोजीलाई समेत अभियानमा प्राथमिकता दिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स्वीप अपरेसनको उद्देश्य शंकास्पद गतिविधिमाथि निगरानी बढाउनेमात्र नभई सार्वजनिकस्थलमा हुने आपराधिक गतिविधि नियन्त्रण, फरार प्रतिवादी तथा कसुरदारको खोजी र सर्वसाधारणलाई सुरक्षित वातावरणमा दैनिक गतिविधि सञ्चालन गर्ने अवस्था सिर्जना गर्नु रहेको छ। सार्वजनिक यातायातका साधन, बसपार्क, भीडभाड हुने बजार क्षेत्र तथा सेवाग्राहीको बढी उपस्थिति रहने कार्यालय आसपासमा चोरी, लुटपाट, दुर्व्यवहार र बिचौलियाका गतिविधि हुनसक्ने भएकाले त्यस्ता क्षेत्रमा प्रहरीको उपस्थिति र निगरानी बढाइएको छ। प्रवक्ता थापाका अनुसार नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचान, नियन्त्रण तथा कानुनी कारबाहीलाई प्रभावकारी बनाउनेगरी प्रहरी परिचालन गरिएको हो। प्रहरीले यस्ता विशेष सुरक्षा अभियानले सार्वजनिकस्थलमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न, आपराधिक मनोवृत्ति भएका व्यक्तिको गतिविधिमाथि निगरानी बढाउन तथा नागरिकमा सुरक्षाको अनुभूति गराउन सहयोग पुग्ने अपेक्षा गरेको छ। प्रहरीले पक्राउ गरिएका व्यक्तिको आपराधिक गतिविधिमा संलग्नता, लागेका आरोप तथा अन्य कानुनी विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। परिसरले शान्ति, सुरक्षा कायम राख्न तथा अपराध नियन्त्रण गर्न विशेष निगरानी र जाँचलाई निरन्तरता दिने जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

विराटनगरका ६९ वर्षीय व्यापारीको हत्या आरोपमा तीन जना पक्राउ
ताजा खबरJust now

विराटनगरका ६९ वर्षीय व्यापारीको हत्या आरोपमा तीन जना पक्राउ

विराटनगर । विराटनगरमा लामो समयदेखि व्यापार गर्दै आएका ६९ वर्षीय लालजी प्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुख्य अभियुक्त विराटनगर महानगरपालिका–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम र शव व्यवस्थापनमा सहयोग गरेको आरोप लागेका दुई जना नाबालक छन्। पक्राउ परेका आलम विराटनगर–६ महावीर चोकमा हार्डवेयर गोदाम सञ्चालन गर्दै आएका थिए। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ...

केन्द्रबिन्दु
अमेरिकन संस्था पिस कोर र मधेश कृषि विश्वविद्यालयबीच शैक्षिक सम्झौता
ताजा खबरJust now

अमेरिकन संस्था पिस कोर र मधेश कृषि विश्वविद्यालयबीच शैक्षिक सम्झौता

विश्वविद्यालयका उपकुलपति डा. वैधनाथ महतो र कोरका तर्फबाट नेपालका राष्ट्रिय निर्देशक डा. किम नजबुल्लाले सम्झौतापत्रमा बुधाबार हस्ताक्षर गरेका हुन् । ...

कान्तिपुर
विज्ञापनमा विभेद रोक्ने फैसला अविलम्ब कार्यान्वयन गर्न निर्देशन
ताजा खबरJust now

विज्ञापनमा विभेद रोक्ने फैसला अविलम्ब कार्यान्वयन गर्न निर्देशन

सर्वाेच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारी विज्ञापनमा विभेदविरुद्धको फैसला ‘अविलम्ब कार्यान्वयन गर्न’ सरकारलाई निर्देशन दिएको छ। सर्वाेच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले सो फैसला अविलम्ब कार्यान्वयन गरी कार्यान्वयनको जानकारी निर्देशनालयलाई गराउन पनि पत्रमा भनिएको छ। असार ३० को फैसला कार्यान्वयनको माग गर्दै दायर गरिएको निवेदनउपरको कार... ...

नेपालखबर
बाँकेमा कालानमक धानको संरक्षण गरिँदै
ताजा खबरJust now

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके, कात्तिक ११ गते । सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ । परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानम... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play