Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने आईजीपी कार्कीको घोषणा

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने आईजीपी कार्कीको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने आईजीपी कार्कीको घोषणा

काठमाडाैं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको सेवालाई समयानुकूल, प्रविधिमैत्री र प्रभावकारी बनाउन आधुनिक सेलहरूको स्थापना र रणनीतिक योजना अघि सारिएको बताउनुभएको छ । शुक्रवार आयोजित ७१ औं प्रहरी दिवसका अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संगठनको भविष्यलाई लक्षित गर्दै प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी मेडिकल कलेज स्थापना गर्ने बताउनु भयो । आईजीपी कार्कीले पछिल्लो समय प्रहरीले सूचना प्रविधिको उच्च प्रयोगमार्फत अपराध अनुसन्धानमा फड्को मारेको बताउनु भयो । आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एड्भान्स्ड एनालिटिक्स सेल, एरियल सेक्युरिटी (ड्रोन एण्ड एन्टि-ड्रोन युनिट), र इन्टिग्रेटेड एन्टि–स्क्याम सेन्टरजस्ता संरचनाहरूले प्रहरीको कार्यक्षमतामा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । आईजीपी कार्कीले प्रहरी संगठनको आधारस्तम्भ मानिएको ‘चेन अफ कमाण्ड’ र अनुशासन कायम राख्न थप सतर्कता आवश्यक रहेको बताउनु भयो । उहाँले संगठनलाई थप उत्तरदायी बनाउन सबैको सहयोग र समन्वयको अपेक्षा गर्दै अमर प्रहरीहरूको बलिदानलाई स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्दै भविष्यमा नेपाल प्रहरी मेडिकल कलेज स्थापना गर्ने लक्ष्य पनि अघि बढाइएको छ । यसबाट प्रहरी कर्मचारी, परिवार र सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ । सङ्गठनको प्रभावकारिताका लागि अनुशासन, आदेश श्रृङ्खला, जवाफदेहिता र आपसी समन्वय कायम राख्न आवश्यक छ । उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी, पूर्वप्रहरी, विद्यार्थी तथा सहयोगी संस्थालाई हार्दिक बधाई र धन्यवाद व्यक्त गर्दछु । नेपाल प्रहरीको सुधारमा योगदान पु¥याउने सञ्चारकर्मी, नागरिक समाज, समुदाय र सबै शुभेच्छुकप्रति आभार व्यक्त गर्दछु । अमर प्रहरीहरूको बलिदानलाई सम्मान गर्दै नागरिकमैत्री, उत्तरदायी र प्रविधिमैत्री प्रहरी सङ्गठन निर्माण गर्ने प्रतिवद्धता दोहोर्‍याउँछु ।’ समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

नवप्रवर्तनको अभाव होइन, प्रयोग र विस्तारमा चुनौती छ : एफएओ महानिर्देशक डोङ्यु
ताजा खबरJust now

नवप्रवर्तनको अभाव होइन, प्रयोग र विस्तारमा चुनौती छ : एफएओ महानिर्देशक डोङ्यु

काठमाडौं । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक चु डोङ्युले विश्वमा भोकमरी अन्त्य गर्न आवश्यक क्षमता, साधन, प्रविधि र ज्ञान उपलब्ध भए पनि तिनको व्यापक प्रयोग हुन नसक्दा खाद्य सुरक्षा सुनिश्चित गर्न चुनौती भइरहेको बताएका छन् । विश्व खाद्य दिवस २०२६ का अवसरमा वक्तव्य जारी गर्दै नवप्रवर्तनको अभावभन्दा पनि समाधानका उपयुक्त विकल्पलाई स्थानीय आवश्यकता अनुकूल बनाउँदै व्यापक रूपमा ...

टक्सार
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
ताजा खबरJust now

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता ...

लुम्बिनी सञ्चार
कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी
ताजा खबरJust now

कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी

काठमाडौँ । अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो । तर, दशैँमा घर फर्किनका लागि टिकट पाउन भने धेरैलाई कठिन हुने गर्छ । यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दशैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ । यस अभियानले दशैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्किने यात्रालाई सहज ...

केन्द्रबिन्दु
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
ताजा खबरJust now

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play