Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

प्रवासी नेपाली मञ्चको नवनिर्वाचित नेतृत्वलाई एमाले अध्यक्ष ओलीद्वारा बधाई तथा शुभकामना

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रवासी नेपाली मञ्चको नवनिर्वाचित नेतृत्वलाई एमाले अध्यक्ष ओलीद्वारा बधाई तथा शुभकामना
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २० । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। अध्यक्ष ओलीले शुक्रबार आफ्नै निवास गुण्डुमा मञ्चका नवनिर्वाचित अध्यक्ष प्रभु थापासहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुभएको हो। मञ्चको बिहीबार सम्पन्न निर्वाचनबाट अमेरिकाको बाल्टिमोर निवासी लमजुङका प्रभुराम थापा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा यूएईका टकबहादुर गुरुङ, सचिवमा बेलायतका रामशरण सिंखडा र उपसचिवमा अमेरिकाका कृष्णप्रसाद लामिछाने निर्वाचित हुनुभएको छ। महिला उपसचिवमा इजरायलकी ज्योतीदेवी शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ। यसैगरी सदस्यहरूमा मध्यपूर्वका चार स्थानबाहेक अन्य महादेशबाट प्रतिनिधित्व गर्ने सदस्यहरू निर्विरोध निर्वाचित हुनुभएको छ। निर्वाचित सदस्यहरूमा कृष्णप्रसाद आचार्य, चन्द्रबहादुर गुरुङ, तेजबहादुर कटवाल, प्रभात त्रिपाठी, विनेशकुमार तामाङ, इन्दिरा कटवाल, रश्मि राई (गुराँस), इन्द्रप्रसाद ओली र गोविन्दप्रसाद पौडेल रहनुभएको छ। त्यस्तै चन्द्रकान्त आचार्य, टीकाराम सापकोटा, सत्यनारायण झा, सुरेन्द्र थपलिया, चन्द्राकुमारी गुरुङ, सरस्वती केसी, प्रकाश बस्नेत, रमेशप्रसाद धिताल, कुन्ती थापा, अनित थपलिया, बसन्त राई, रामचन्द्र लोप्चन, डा. सन्जु कुमारी पौडेल, केशव जोशी, बालगोपाल उपाध्याय, माधव शाह र सीता केसी थापा पनि सदस्यमा निर्वाचित हुनुभएको छ। अध्यक्ष ओलीले नवनिर्वाचित सम्पूर्ण नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव
PoliticsJust now

कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशका खराब सूचक सुधारमा ध्यान दिन सुझाव दिएका छन् । संघीय सरकारका महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र मुख्यमन्त्री शाहीबिच शुक्रबार मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्ताका क्रममा उनले प्रदेशका समग्र खराब सूचकहरूमा सुधार ल्याउन सङ्घीय सरकारले थप कार्यक्रम, बजेट र प्रभावकारी सहकार्य गर्नुपर्ने […] ...

काठमाण्डुपाटी
जसपाका पूर्व प्रदेश कमिटी सदस्य मुजिम राइन एमालेमा प्रवेश
PoliticsJust now

जसपाका पूर्व प्रदेश कमिटी सदस्य मुजिम राइन एमालेमा प्रवेश

काठमाडौं, कात्तिक २० । जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व प्रदेश कमिटी सदस्य एवं महोत्तरीको मटिहानी नगरपालिकामा मेयरका प्रत्यासी मुजिम राइन नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले राइनलाई पार्टीमा स्वागत गर्दै सफल राजनीतिक यात्राको शुभकामना व्यक्त गर्नुभएको छ। राइन जसपा नेपालबाट मटिहानी नगरपालिकाको मेयर पदका प्रत्यासीसमेत रहनुभएको थियो। उहाँको एमाले प्रवेशलाई महोत्तरीको स्थानीय राजनीतिक वृत्तमा चासोका साथ ...

जनताटाइम्स
मधेशमा उपेन्द्रले मागे आफ्नो नेतृत्व
PoliticsJust now

मधेशमा उपेन्द्रले मागे आफ्नो नेतृत्व

काठमाण्डु – मधेसमा जनता समाजवादी पार्टी जसपाले सरकारको नेतृत्व मागेको छ। उपेन्द्र यादवले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीले नेतृत्व गर्नुपर्ने माग राखेका हुन् । उपेन्द्रको मागमा नेकपा सकारात्मक देखिए पनि एमालेले यकिन धारणा दिन सकेको छैन । ‘सम्भवत उपेन्द्रजीहरूकै नेतृत्वमा सरकार अगाडि बढ्न […] ...

काठमाण्डुपाटी
कफी धेरै पिउने बानी छ ? निद्रामा पर्न सक्छ यस्तो असर
PoliticsJust now

कफी धेरै पिउने बानी छ ? निद्रामा पर्न सक्छ यस्तो असर

दिनभरको थकान मेटाउन होस् वा काममा सक्रिय रहन, धेरै मानिसको रोजाइमा कफी पर्ने गर्छ । बिहान उठ्नेबित्तिकैदेखि साँझसम्म कफी पिउने बानी कतिपयको दैनिक जीवनकै हिस्सा बनेको छ । तर, तपाईंले पिउने एक कप कफीले रातिको निद्रामा कस्तो असर पार्छ भन्नेबारे कहिल्यै सोच्नुभएको छ ? विशेषज्ञहरूका अनुसार कफीमा पाइने क्याफिनले मानिसलाई केही समय जागा र सक्रिय राख्न मद्दत गर्छ । तर, यसको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play