Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

टिकटकमार्फत विश्वभर नेपाल चिनाउँदै भिजिट नेपाल अभियान

Share:WhatsAppFacebookX (Twitter)Telegram
टिकटकमार्फत विश्वभर नेपाल चिनाउँदै भिजिट नेपाल अभियान
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपाललाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा ‘#VisitNepal’ अभियान सुरु गरिएको छ। शुक्रबारबाट औपचारिक रूपमा थालनी भएको यो अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुनेछ। अभियानको मुख्य उद्देश्य नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, सम्पदा र पर्यटकीय गन्तव्यहरूलाई डिजिटल सामग्रीमार्फत विश्वभर चिनाउनु रहेको छ। यसका लागि युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाबाट नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरले नेपाल भ्रमण गरी आफ्ना अनुभवहरू विश्वव्यापी दर्शकमाझ प्रस्तुत गरिरहेका छन्। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल प्लेटफर्म नेपालको पर्यटन, संस्कृति र सिर्जनशीलता विश्वसामु चिनाउने प्रभावकारी माध्यम भएको बताए। नेपाल पर्यटन बोर्डले स्थानीय सेलिब्रेटी तथा कन्टेन्ट क्रिएटरहरूसँग सहकार्य गर्दै विभिन्न पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नेछ। अभियानको क्रममा ह्यासट्याग पेज र प्रत्यक्ष प्रसारणको सुविधा पनि उपलब्ध गराइने छ। यसअघि टिकटक र पर्यटन बोर्डले संयुक्त रूपमा तीन सयभन्दा बढी पर्यटन व्यवसायी तथा कन्टेन्ट क्रिएटरलाई डिजिटल स्टोरी टेलिङसम्बन्धी तालिम प्रदान गरिसकेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
धान जोनमा पाँच हजार मेट्रिक टन उत्पादन बढ्ने अनुमान
Latest NewsJust now

धान जोनमा पाँच हजार मेट्रिक टन उत्पादन बढ्ने अनुमान

शालिग्राम नेपाल चितवन, कात्तिक २० गते । चितवनको धान जोनमा यस वर्ष धान उत्पादन पाँच हजार मेट्रिक टनले बढ्ने अनुमान गरिएको छ । गत वर्ष आठ हजार ५०० हेक्टर क्षेत्रफलमा ४५ हजार मेट्रिक... ...

गोरखापत्र
बजेट गतिरोधपछि बेल्जियमका प्रधानमन्त्रीद्वारा राजासँग भेट्दै, पद जोखिममा
Latest NewsJust now

बजेट गतिरोधपछि बेल्जियमका प्रधानमन्त्रीद्वारा राजासँग भेट्दै, पद जोखिममा

काठमाडौँ । बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरल शुक्रबार बिहान राजा फिलिपसँग भेट गर्ने भएका छन् । यस भेटबाट उनी पदमा रहन सक्ने वा नरहने निर्णय लिन सक्ने अपेक्षा विश्लेषकहरूले गरेका छन्... ...

रातोपाटी
रैथाने व्यापार मेला सुरु
Latest NewsJust now

रैथाने व्यापार मेला सुरु

काठमाडौँ । काठमाडौँको धापासीमा तीनदिने ‘स्वर्णीम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ सुरु भएको छ । रैथाने एग्री प्रडक्ट्स नेपाल र विश्व प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा तीनदिने ‘स्वर्णीम कृषि प्रदर्शनी... ...

रातोपाटी
सशस्त्र र नेपाल प्रहरीद्वारा ९ लाख रुपियाँ बढीको पटाका नष्ट
Latest NewsJust now

सशस्त्र र नेपाल प्रहरीद्वारा ९ लाख रुपियाँ बढीको पटाका नष्ट

जानु पाण्डेकपिलवस्तु, कात्तिक २० गते । चाडपर्वलाई लक्षित गरी अवैध रूपमा भित्र्याइएका तथा बिक्रीका लागि भण्डारण गरिएका ९ लाख ३० हजार रुपियाँभन्दा बढी मूल्यको पटाका कपिलवस्तुमा बरामद... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play