Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै
Photo / Coverage: टेक्नोलोजी खबर

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गरे। करिब एक लाख ४६ हजार वर्गफिटमा फैलिने यो भवन कुल १२ तलाको हुनेछ। जसमा गाडी पार्किङका लागि दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौ वटा तला रहनेछन्। वातावरणमैत्री पूर्वाधार, आधुनिक वास्तुकला र अत्याधुनिक प्रविधि समेटेर बैंकले यसलाई उपत्यकाकै नमुना व्यावसायिक भवनका रूपमा उभ्याउन खोजेको जनाएको छ। भूमिपूजापछि बोल्दै बैंकका अध्यक्ष ढकालले यो भवन वाणिज्य बैंकहरुका कर्पोरेट कार्यालयमध्ये सबैभन्दा आधुनिक र ठूलो संरचना हुने बताए। “नयाँ भवन अत्याधुनिक तथा सुविधासम्पन्न हुनुका साथै काठमाडौँ उपत्यकाको एउटा नमूना (आइकन) भवन बन्नेछ,” उनले भने। उनले अत्याधुनिक भवन निर्माणसँगै सेवाग्राहीलाई बैंकको सेवा अझ सहज, प्रविधिमैत्री र प्रभावकारी हुने बताए। त्यस्तै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकका सेवाग्राही तथा कर्मचारीलाई ध्यानमा राखेर पार्किङदेखि भित्री संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिएको बताए। उनले भवनलाई पूर्णतः ऊर्जा बचत गर्ने शैलीमा ढाल्न लागिएको, पानीको समस्या नहोस् भनेर आकाशे पानी सङ्कलन तथा प्रशोधन गर्ने प्रणाली र विद्युत् खपत घटाउन सौर्य ऊर्जा (सोलार) जडान गरिने र यसबाट प्राकृतिक स्रोतको सही उपयोग हुनुका साथै वातावरणीय सन्तुलनमा पनि सघाउ पुग्ने बैंकको विश्वास रहेको बताए। उक्त अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन समूह तथा कर्मचारीको उपस्थिति रहेको थियो। The post ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
Bajaj Pulsar brings power and performance to NPL Season 3
TechnologyJust now

Bajaj Pulsar brings power and performance to NPL Season 3

Bajaj Pulsar is bringing the Game of Power to Season 3 of the Nepal Premier League (NPL), with player rewards, match-wise recognition, fan engagement activities and on-ground experiences that take the excitement beyond the cricket field. As the Co-Sponsor and Official Two-Wheeler Partner of NPL Season 3, Bajaj Pulsar will reward three outstanding tournament performers with Pulsar motorcycles: the highest run-scorer, ...

टेक्नोलोजी खबर
एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड
TechnologyJust now

एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई नेपाल) ले नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजमा आयोजना गरेको ‘एआई एण्ड हाई–टेक करिअर्सः क्रियटिङ द नेक्स्ट जेनेरेसन अफ इम्प्लोयमेन्ट इन नेपाल’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले प्रविधिको उपयोगमार्फत ...

टेक्नोलोजी खबर
मध्यवर्ती निर्वाचनपछि इलन मस्कका दुई कम्पनीले बजार पुँजीकरणमा ४२० अर्ब डलरभन्दा बढी गुमाए
TechnologyJust now

मध्यवर्ती निर्वाचनपछि इलन मस्कका दुई कम्पनीले बजार पुँजीकरणमा ४२० अर्ब डलरभन्दा बढी गुमाए

इलन मस्कले अमेरिकी मध्यावधि चुनाव पछि नयाँ कंग्रेसनल अनुसन्धान र उनका कम्पनीहरूले कडा नियमनको सामना गर्न सक्ने लगानीकर्ताहरूको चिन्ताका बिच बिहीबार दिउँसो स्पेसएक्स र टेस्लाको शेयर क्रमशः ९ प्रतिशत र ११ प्रतिशतले घटेको छ। व्यापक प्राविधिक बिक्रीसँग सम्बन्धित गिरावटले मंगलबारको अन्त्यदेखि स्पेसएक्स र टेस्लाको कुल बजार पूँजीकरण घाटा ४२० अर्ब डलर भन्दा बढी पुर्‍याएको सीएनबीसीले रिपोर्टमा भनेको छ। फोर्ब्सका अनुसार जुनमा स्पेसएक्सको ...

टेक्नोलोजी खबर
अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै
TechnologyJust now

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (International Telecommunication Union – ITU) को महासम्मेलन (Plenipotentiary Conference – PP-26) मा सहभागी हुन कतारको दोहा जाने भएका छन्। आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत सहभागी हुने कार्यक्रम रहेको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघ संयुक्त राष्ट्रसंघको सूचना तथा सञ्चार ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play