Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै
Photo / Coverage: टेक्नोलोजी खबर

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (International Telecommunication Union – ITU) को महासम्मेलन (Plenipotentiary Conference – PP-26) मा सहभागी हुन कतारको दोहा जाने भएका छन्। आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत सहभागी हुने कार्यक्रम रहेको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघ संयुक्त राष्ट्रसंघको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विशिष्टीकृत संस्था हो। यसले विश्वव्यापी दूरसञ्चार मापदण्ड निर्धारण, रेडियो फ्रिक्वेन्सी तथा भूउपग्रह कक्षको अन्तर्राष्ट्रिय समन्वय र डिजिटल कनेक्टिभिटी विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। प्रत्येक चार वर्षमा आयोजना हुने आईटीयूको महासम्मेलन यस पटक कतारमा आयोजना हुँदैछ। महासम्मेलनका क्रममा हुने आईटीयूको उच्च व्यवस्थापन टोली, परिषद्का सदस्य राष्ट्र तथा रेडियो नियमावली बोर्डका सदस्यहरूको निर्वाचनमा नेपालले सहभागिता जनाउँदै मतदान गर्ने कार्यक्रम रहेको छ। द्विपक्षीय भेटवार्ता र अन्तर्राष्ट्रिय सहकार्य विस्तार महासम्मेलनको अवसरमा सञ्चारमन्त्री तिमिल्सिनाले विभिन्न मुलुकका समकक्षी मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। भेटवार्तामा सम्बन्धित मुलुकहरूले दूरसञ्चार क्षेत्रको विकास र सुधारमा हासिल गरेका उपलब्धि, सफल अभ्यास तथा अनुभव आदानप्रदान गर्नुका साथै आपसी हितका क्षेत्रमा सम्भावित प्राविधिक तथा संस्थागत सहकार्यका अवसरहरूबारे छलफल गरिने मन्त्रीको सचिवालयले जानकारी दिएको छ। विशेषगरी दूरसञ्चार पूर्वाधारको विकास, सेवाको गुणस्तर सुधार, डिजिटल पहुँच विस्तार तथा आधुनिक सञ्चार प्रविधिको उपयोगजस्ता विषयमा अन्तर्राष्ट्रिय अनुभव र सहकार्यका सम्भावनाहरू पहिचान गर्न भ्रमण उपयोगी हुने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार नीति निर्माणमा सक्रिय सहभागिता जनाउँदै नेपालको डिजिटल रूपान्तरण र दूरसञ्चार क्षेत्रको आधुनिकीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नु भ्रमणको प्रमुख उद्देश्य रहेको बताईएको छ। The post अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मध्यवर्ती निर्वाचनपछि इलन मस्कका दुई कम्पनीले बजार पुँजीकरणमा ४२० अर्ब डलरभन्दा बढी गुमाए
TechnologyJust now

मध्यवर्ती निर्वाचनपछि इलन मस्कका दुई कम्पनीले बजार पुँजीकरणमा ४२० अर्ब डलरभन्दा बढी गुमाए

इलन मस्कले अमेरिकी मध्यावधि चुनाव पछि नयाँ कंग्रेसनल अनुसन्धान र उनका कम्पनीहरूले कडा नियमनको सामना गर्न सक्ने लगानीकर्ताहरूको चिन्ताका बिच बिहीबार दिउँसो स्पेसएक्स र टेस्लाको शेयर क्रमशः ९ प्रतिशत र ११ प्रतिशतले घटेको छ। व्यापक प्राविधिक बिक्रीसँग सम्बन्धित गिरावटले मंगलबारको अन्त्यदेखि स्पेसएक्स र टेस्लाको कुल बजार पूँजीकरण घाटा ४२० अर्ब डलर भन्दा बढी पुर्‍याएको सीएनबीसीले रिपोर्टमा भनेको छ। फोर्ब्सका अनुसार जुनमा स्पेसएक्सको ...

टेक्नोलोजी खबर
प्रभावकारी र कुशल सेवा प्रवाह सुनिश्चित गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
TechnologyJust now

प्रभावकारी र कुशल सेवा प्रवाह सुनिश्चित गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयका पदाधिकारी तथा मातहतका निकायहरूलाई नागरिकलाई केन्द्रबिन्दुमा राखेर प्रभावकारी र कुशल सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन दिएका छन्। आज मन्त्रालयमा आयोजित चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री डा. तिमिल्सिनाले कर्मचारीहरूलाई संस्थाको जिम्मेवारी र कार्यादेश अनुरूप नतिजामूलक कार्यसम्पादनमा ध्यान केन्द्रित गर्न आग्रह गरे। “नियमितरूपमा गरिने ...

टेक्नोलोजी खबर
एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड
TechnologyJust now

एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

२० कात्तिक, काठमाडौं। विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई नेपाल) ले नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजमा आयोजना गरेको ‘एआई एण्ड हाई-टेक करिअर्स: क्रियटिङ द नेक्स्ट जेनेरेसन अफ […] The post एआई र ...

आइसिटी फ्रेम
अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै
TechnologyJust now

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (International Telecommunication Union – ITU) को महासम्मेलन (Plenipotentiary Conference – PP-26) मा सहभागी हुन कतारको दोहा जानुहुने भएको छ ।आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारी समेत सहभागी हुने कार्यक्रम रहेको छ ।अन्तर्राष्ट्रिय दूरसञ्चार क्षेत्रको ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play