Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

चाडपर्वमा सुरक्षा व्यवस्था कडा पार्न आईजीपीको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडपर्वमा सुरक्षा व्यवस्था कडा पार्न आईजीपीको निर्देशन
Photo / Coverage: नेपालन्युज

काठमाडौं। प्रहरी महानिरीक्षक मनोजकुमार केसीले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गर्न र प्रहरीलाई थप सक्रिय बनाउन निर्देशन दिएका छन्। शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले दीपावली, नेपाल संवत् र छठलगायतका पर्वमा हुन सक्ने आपराधिक गतिविधि रोक्न विशेष सतर्कता अपनाउनुपर्ने बताए। महानिरीक्षक केसीले चाडपर्वका बेला चोरी, लुटपाट र आपराधिक घटनाहरू नियन्त्रण गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्। उनले पटका तथा विस्फोटक पदार्थको कारोबारलाई कडाइका साथ नियन्त्रण गर्न र सामाजिक सद्भाव बिगार्ने खालका गतिविधिप्रति सचेत रहन प्रहरी अधिकारीहरूलाई आग्रह गरे। स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वय गरी सुरक्षा योजना बनाउन उनले जोड दिएका छन्। साथै, प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई आफ्नो कार्यक्षेत्रको नियमित अनुगमन गर्न र देखिएका कमजोरीहरू समयमै सुधार गर्न निर्देशन दिए। उक्त भर्चुअल कार्यक्रममा प्रहरीका उच्च अधिकारीसहित सातै प्रदेशका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायका प्रमुख र प्रतिनिधिहरूको सहभागिता थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टिकटकमार्फत विश्वभर नेपाल चिनाउँदै भिजिट नेपाल अभियान
Latest NewsJust now

टिकटकमार्फत विश्वभर नेपाल चिनाउँदै भिजिट नेपाल अभियान

काठमाडौं। नेपाललाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा ‘#VisitNepal’ अभियान सुरु गरिएको छ। शुक्रबारबाट औपचारिक रूपमा थालनी भएको यो अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुनेछ। अभियानको मुख्य उद्देश्य नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, सम्पदा र पर्यटकीय गन्तव्यहरूलाई डिजिटल सामग्रीमार्फत विश्वभर चिनाउनु रहेको छ। यसका लागि युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाबाट नौ ...

नेपालन्युज
काठमाडौँ २४ घण्टा खुलाउने तयारी
Latest NewsJust now

काठमाडौँ २४ घण्टा खुलाउने तयारी

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेलमात्र नभई समग्र काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ। ठमेल पर्यटन विकास परिषद्ले शुक्रबार आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको बताए। उनले ठमेललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार लागिरहेको उल्लेख गर्दै गैरकानुनी गतिविधि ...

नेपालन्युज
रास्वपा सभापतिले नै गर्न थाले सरकारको आलोचना
Latest NewsJust now

रास्वपा सभापतिले नै गर्न थाले सरकारको आलोचना

सरकारले पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकड तथा प्रहरी महानिरीक्षक हेरफेर गरेपछि रास्वपा सभापति रवि लामिछानेले आलोचनात्मक अभिव्यक्ति दिइरहेका छन् । ...

कान्तिपुर
यमनमा साउदी अरब गठबन्धनको आक्रमण,  २० जनाको मृत्यु
Latest NewsJust now

यमनमा साउदी अरब गठबन्धनको आक्रमण, २० जनाको मृत्यु

यमन । यमनमा साउदी अरब गठबन्धनको आक्रमणबाट २० जनाको मृत्यु भएको छ । हुथी विद्रोहीहरूले शुक्रबार ताइज प्रान्तको तरकारी बजारमा साउदी आक्रमणबाट २० जनाको मृत्यु भएको दाबी गरेका हुन् । यमनी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play