Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

काठमाडौँ २४ घण्टा खुलाउने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौँ २४ घण्टा खुलाउने तयारी
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेलमात्र नभई समग्र काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ। ठमेल पर्यटन विकास परिषद्ले शुक्रबार आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको बताए। उनले ठमेललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार लागिरहेको उल्लेख गर्दै गैरकानुनी गतिविधि नियन्त्रण गर्न घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताए। ठमेलका समस्या समाधानका लागि जिल्ला प्रशासनमा मासिक बैठक गर्ने प्रस्ताव पनि उनले राखे। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सार्वजनिक शौचालय, अव्यवस्थित पार्किङ, फोहोर, ट्राफिक जाम र मगन्तेलगायत समस्या समाधान गर्न सम्बन्धित निकायसँग सहकार्य भइरहेको बताए। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ठमेललाई सवारीसाधन निषेधित क्षेत्र बनाउन स्थानीय र व्यवसायी तयार भए ट्राफिक प्रहरीले सहयोग गर्ने बताए। जथाभावी पार्किङ गर्नेलाई कारबाही गरिने उनले उल्लेख गरे। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले ठमेललाई सुरक्षित बनाउन घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताए। परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले विसं २०८१ वैशाख १ गतेदेखि लागू गरिएको ठमेललाई २४ घण्टा सञ्चालन गर्ने आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा घरधनी तथा व्यवसायीले राति आवतजावतमा कठिनाइ, लागुऔषध कारोबार तथा सेवन, फोहोर, अव्यवस्थित पार्किङ र ढलका कारण सातघुम्तीमा पानी जम्ने समस्याबारे ध्यानाकर्षण गराएका थिए। परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलको पर्यटन विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए। विसं २०४८ मा स्थापना भएको परिषद्ले ठमेलको पर्यटन प्रवर्द्धनमा काम गर्दै आएको महासचिव पशुपति कँडेलले जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
धान जोनमा पाँच हजार मेट्रिक टन उत्पादन बढ्ने अनुमान
Latest NewsJust now

धान जोनमा पाँच हजार मेट्रिक टन उत्पादन बढ्ने अनुमान

शालिग्राम नेपाल चितवन, कात्तिक २० गते । चितवनको धान जोनमा यस वर्ष धान उत्पादन पाँच हजार मेट्रिक टनले बढ्ने अनुमान गरिएको छ । गत वर्ष आठ हजार ५०० हेक्टर क्षेत्रफलमा ४५ हजार मेट्रिक... ...

गोरखापत्र
बजेट गतिरोधपछि बेल्जियमका प्रधानमन्त्रीद्वारा राजासँग भेट्दै, पद जोखिममा
Latest NewsJust now

बजेट गतिरोधपछि बेल्जियमका प्रधानमन्त्रीद्वारा राजासँग भेट्दै, पद जोखिममा

काठमाडौँ । बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरल शुक्रबार बिहान राजा फिलिपसँग भेट गर्ने भएका छन् । यस भेटबाट उनी पदमा रहन सक्ने वा नरहने निर्णय लिन सक्ने अपेक्षा विश्लेषकहरूले गरेका छन्... ...

रातोपाटी
रैथाने व्यापार मेला सुरु
Latest NewsJust now

रैथाने व्यापार मेला सुरु

काठमाडौँ । काठमाडौँको धापासीमा तीनदिने ‘स्वर्णीम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ सुरु भएको छ । रैथाने एग्री प्रडक्ट्स नेपाल र विश्व प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा तीनदिने ‘स्वर्णीम कृषि प्रदर्शनी... ...

रातोपाटी
सशस्त्र र नेपाल प्रहरीद्वारा ९ लाख रुपियाँ बढीको पटाका नष्ट
Latest NewsJust now

सशस्त्र र नेपाल प्रहरीद्वारा ९ लाख रुपियाँ बढीको पटाका नष्ट

जानु पाण्डेकपिलवस्तु, कात्तिक २० गते । चाडपर्वलाई लक्षित गरी अवैध रूपमा भित्र्याइएका तथा बिक्रीका लागि भण्डारण गरिएका ९ लाख ३० हजार रुपियाँभन्दा बढी मूल्यको पटाका कपिलवस्तुमा बरामद... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play