प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनको तयारी तीव्र : ३८ देशबाट ३५० बढी प्रतिनिधि सहभागी हुने

काठमाडौं, कात्तिक ११ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको छ । ‘श्रमिकको अधिकार, बंशजको नागरिकताको सुनिश्चितता । समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ हुन गइरहेको दोस्रो अधिवेशनको मिति नजिकिएसँगै कामको गति बढाइएको हो । आगामी कात्तिक १८ र १९ गते (नोभेम्बर ४ र ५) मा काठमाडौंमा आयोजना हुने अधिवेशनमा विश्वका ५ माहदेशीय कमिटी र ३८ देशका राष्ट्रिय कमिटीहरूवाट करिब ३ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी हुने ओएनएफका उपसचिव तथा संगठन बिभाग उपप्रमुख प्रभुराम थापाले जानकारी दिनुभयो । बिदेशमा रहेका नेकपा (एमाले) का सदस्यहरूको छाता संगठन प्रवासी नेपाली मञ्चको अधिवेशन काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना गर्ने तयारी गरिएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नुहुने सो अधिवेशनले आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नुका साथै संगठनको भावी कार्यदिशा तय गर्नेछ । १३ वटै उपसमिति गठनले दियो कामलाई तीब्रता अधिवेशनलाई व्यवस्थित, प्रभावकारी, पारदर्शी र मर्यादित रूपमा सम्पन्न गर्न अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष कर्ण शाही सहसंयोजक र सचिव चानक पोखरेल सदस्यसचिव रहनुभएको छ । मुल आयोजक समितिमा पदाधिकारी र अन्तराष्ट्रिय कमिटीका सदस्य तथा महादेश कमिटीका अध्यक्ष सदस्य रहेका छन । अधिवेशनको तयारीलाई व्यवस्थित बनाउन प्रतिनिधि व्यवस्थापन, सांगठानिक प्रतिवेदन तथा विधान संशोधन, आर्थिक व्यवस्थापन, अतिथि समन्वय तथा सत्कार, निर्वाचन तथा निर्वाचन आयोग समन्वय, मञ्च तथा प्राविधिक व्यवस्थापनलगायत विभिन्न १३ वटा उपसमिति गठन गरिएको छ । प्रत्येक उपसमितिलाई जिम्मेवारी बाँडफाँट गरी अधिवेशनसँग सम्बन्धित काम अघि बढाइएको संयोजक रमेश पाण्डेले जानकारी दिनुभयो । यस्तै प्रतिनिधिको सहभागिता सुनिश्चित गर्ने, आर्थिक व्यवस्थापन गर्ने, अतिथि सत्कार, प्राविधिक तयारी तथा निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा पनि बिशेष योजनाका साथ काम अघि बढाइएको छ । प्रचारप्रसारलाई प्राथमिकता अधिवेशनबारे विश्वभर रहेका राष्ट्रिय कमिटी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई जानकारी गराउन प्रचारप्रसार अभियानलाई तीव्र बनाइएको छ । यसका लागि प्रचारप्रसार उपसमिति गठन गरी सञ्चारमाध्यमसँग समन्वय, प्रेस विज्ञप्ति प्रकाशन, सामाजिक सञ्जालमार्फत सूचना प्रवाह तथा डिजिटल सामग्री निर्माणको काम अघि बढाइएको सचिव चानक पोखरेलले बताउनु भयो । अधिवेशनको लोगो, थिम तथा जिंगल सार्वजनिक गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ । विश्वभर रहेका नेपाली समुदायसम्म अधिवेशनको सन्देश पुर्याउने र सदस्य तथा समर्थकको सहभागिता बढाउने उद्देश्यले प्रचार अभियान सञ्चालन गरिँदै आएको प्रचार उपसमितिका सचिव रामशरण सिंखडाले बताउनु भयो । प्रवासी नेपालीका मुद्दामा मुख्य एजेण्डा अधिवेशनमा प्रवासमा रहेका नेपालीका साझा सरोकारका विषयलाई प्राथमिकताका साथ उठाइने जनाइएको छ । सुरक्षित वैदेशिक रोजगारी, नेपाली नागरिकताको निरन्तरता, प्रवासी नेपालीको संवैधानिक तथा राजनीतिक अधिकार र विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्ने विषयमा छलफल हुने आयोजकको भनाई छ । त्यसैगरी, गैरआवासीय नेपाली संघलगायत प्रवासमा क्रियाशील संघसंस्थासँग सहकार्य र समन्वय विस्तार गर्ने विषय पनि छलफलको एजेण्डा रहेको छ । विश्वका विभिन्न देशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालको आर्थिक तथा सामाजिक विकाससँग जोड्ने विषयलाई समेत ओएनएफको आगामी कार्यदिशासँग सम्बन्धित महत्वपूर्ण मुद्दाका रूपमा हेरिएको छ । नयाँ नेतृत्व चयन मुख्य आकर्षण दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले नेतृत्व परिवर्तन र संगठनको भावी योजनाबारे पनि चासो बढेको छ । अधिवेशनमा प्रस्तुत हुने सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा विधान संशोधनसम्बन्धी प्रस्तावले संगठनको आगामी कार्ययोजना तय गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । अधिवेशनलाई सफल बनाउन विश्वभर रहेका राष्ट्रिय कमिटी, प्रतिनिधि, सदस्य तथा शुभेच्छुकलाई सक्रिय सहभागिताका लागि आह्वानसमेत गरिएको छ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको संस्थापक अध्यक्ष बेलायतका डा. भक्त गुरुङ हुनुहुन्छ भने काठमाडौंको बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा सम्पन्न प्रथमे अधिवेशनबाट अमेरिकाको न्यूयोर्क निवासी सञ्जय थापा निर्वाचित हुनुभयो । थापा नेकपा एमालेको ११औं महाधिवेशनमा प्रवास क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित भएसँगै रिक्त भएको अध्यक्षमा उपाध्यक्ष रमेश पाण्डेलाई चयन गरिएको थियो । यसैगरी सचिव हेम शेर्पा पनि उम्मेद्वार भएपछि रिक्त बनेपछि उपसचिव कर्ण शाक्यलाई उपाध्यक्ष, उपसचिव चानक पोखरेललाई सचिव र संस्थापक उपसचिवसमेत रहनुभएका सचिवालय सदस्य प्रभुराम थापा र भक्त गुरुङलाई उपसचिव चयन गरिएको थियो ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

बालेन-रविबीच ६ घण्टा छलफल, खगेन्द्र र आईजीपीबारे गम्भीर कुराकानी
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बुधबार साढे ५ घण्टा लामो छलफल भएको छ। सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह प्रमुख सल्लाहकार कुमार बेनसहित बुढानीलकण्ठ पुगेका थिए। बिहान ९ः४५ बजे पुगेका प्रधानमन्त्री शाह दिउँसो ३ बज्न करिब १० देखि १५ मिनेट बाँकी रहँदा त्यहाँबाट निस्किएको स्रोतले जनाएको छ। भेटमा […] ...

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो । पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । जितसँगै सुदूरपश्चिमले २ अंक जोडेको छ । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित अर्धशतकीय पारी खेले ...

स्वास्थ्य र चिकित्सा शिक्षाका विगतका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय
स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग सरकारले विगतमा गरेका सहमतिको समीक्षा गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहित बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई समन्वयका साथ समयमै टुङ्ग्याउने निर्णय गरेको हो । साथै, बैठकमा ...


