Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Others/प्रभु साहको आरोप- रवि लामिछानेले बालेन शाहलाई स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोज्दैछन्

प्रभु साहको आरोप- रवि लामिछानेले बालेन शाहलाई स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोज्दैछन्

10/23/2026, 6:54:22 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रभु साहको आरोप- रवि लामिछानेले बालेन शाहलाई स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोज्दैछन्

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन् । सरकार बनेको ६ महिना व्यतित नहुँदै रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई विस्थापित गर्नेगरि षड्यन्त्र गरिरहेको साहको टिप्पणी छ । आज (शुक्रबार) रौटतहको गरुड़ामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारलाई अन्य दलबाट कुनै थ्रेट नभएपनि रास्वपाभित्रैबाट असफल बनाउनेगरि षड्यन्त्र रचिएको र छिट्टै त्यो जनताले थाहा पाउने बताएका हुन् । रास्वपाका सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्व उपसभापति तथा वर्तमान सभामुख डिपी अर्यालले प्रधानमन्त्री शाहलाई असफल बनाउनेगरि मोर्चाबन्दी कसेको आजपा अध्यक्ष साहको दाबी छ । उनले सभापति लामिछानेको यसअघि सम्पन्न भएको भारत भ्रमण, चीन भ्रमणको तयारी र अहिले पूनः धार्मिक यात्राको लागि भारत निस्किएको प्रसंगलाई पनि शंकाको दृष्टिले हेरिनुपर्ने उल्लेख गरेका छन् । अर्थमन्त्री वाग्लेसमेत भारत भ्रमणमा रहेको सन्दर्भ उल्लेख गर्दै साहले रास्वपाको कोर टिमको तारन्तारको भारत भ्रमणलाई सामान्य रुपमा हेरिन नहुने उनको भनाई छ । पूर्वमन्त्री साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई आसन्न स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोजेकोले त्यसप्रति सजग हुन सुझाव दिएका छन् । रास्वपाको पार्टी पङ्क्ति अहिले चुनावमुखी मात्रै भएको र देशको बारेमा उनीहरुलाई कुनै चिन्ता नभएको पनि उनको आरोप छ । आजपा अध्यक्ष साहले भने,‘घण्टीहरुलाई कुर्सीको मात्रै चिन्ता छ, चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो, देश र जनताको बारेमा यिनीहरुलाई कुनै चिन्ता छैन । यस्तो अवसरवादी सोच भएकाहरुबाट सचेत हुनुपर्छ ।’ रास्वपामा रवि लामिछानेसमर्थित घण्टी कार्यकर्ताहरु उग्र रहेको र सामाजिक सञ्जाल नै दुषित बनाएको साहको टिप्पणी छ । साहका अनुसार घण्टीका कार्यकर्ताहरुलाई सामाजिक सम्बन्धको महत्व थाहा नभएकोले सञ्जालमा फोहोरी गालीगलौज गर्ने गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा
OthersJust now

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ६ गतेसम्म १३ दिनको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना… ...

अनलाइन खबर
सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ
OthersJust now

सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ

सार्वजनिक स्थानमा हातहतियारजस्तो देखिने वस्तु प्रदर्शन गर्दै नृत्य गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धनुषामा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले नगराइन नगरपालिका–६ की अन्दाजी २६ वर्षीया नाजिमा खातुनलाई नियन्त्रणमा लिएको हो । धनुषा प्रहरीका अनुसार समाजमा हिंसा र त्रास फैलाउने उद्देश्यले सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हतहतियार प्रदर्शन गर्दै नाचेको भिडियो खातुनले फेसबुकमा अपलोड गरेकी थिइन् । उक्त ...

पर्दाफास
मधेश प्रदेशमा भाषा ऐन जारी गर्न उच्च अदालतको निर्देशनात्मक आदेश
OthersJust now

मधेश प्रदेशमा भाषा ऐन जारी गर्न उच्च अदालतको निर्देशनात्मक आदेश

मधेश प्रदेशमा नेपाली भाषाबाहेक मैथिली, भोजपुरी र बज्जिका भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने संवैधानिक व्यवस्थाको कार्यान्वयनका लागि आवश्यक कानुनी प्रबन्ध गर्न उच्च अदालत जनकपुरले निर्देशनात्मक आदेश जारी गरेको छ । उच्च अदालत जनकपुरले भाषिक अधिकारलाई मौलिक हकसँग जोड्दै अदालतले बहुभाषिक नीतिको कार्यान्वयनका लागि कानुन निर्माण गर्नु राज्यको दायित्व भएको व्याख्या गरेको छ। उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश ...

पर्दाफास
नवलपरासी पूर्वमा दुई पुरुष मृत भेटिए
OthersJust now

नवलपरासी पूर्वमा दुई पुरुष मृत भेटिए

६ कात्तिक, काठमाडौं । नवलपरासी पूर्वमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् । देवचुली नगरपालिका–१ बोटेगाउँस्थित बौलाहा खोला र कावासोती नगरपालिका–८ फलफुल चोकस्थित टरूवातर्फ जाने भित्री सडकको छेउमा दुई शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । देवचुली नगरपालिका–१ बोटेगाउँस्थित बौलाहा खोलामा अन्दाजी ५७ वर्षीय पुरूष मृत भेटिएका हुन्… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play