Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ

सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ

10/23/2026, 7:39:09 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ

सार्वजनिक स्थानमा हातहतियारजस्तो देखिने वस्तु प्रदर्शन गर्दै नृत्य गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धनुषामा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले नगराइन नगरपालिका–६ की अन्दाजी २६ वर्षीया नाजिमा खातुनलाई नियन्त्रणमा लिएको हो । धनुषा प्रहरीका अनुसार समाजमा हिंसा र त्रास फैलाउने उद्देश्यले सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हतहतियार प्रदर्शन गर्दै नाचेको भिडियो खातुनले फेसबुकमा अपलोड गरेकी थिइन् । उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा कार्तिक ४ गते राति गणेशमान चारनाथ नगरपालिका–९ बाट प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले विज्ञप्तिमार्फत जनाएको छ । प्रहरीका अनुसार घटनाबारे प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ भने थप अनुसन्धान भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

नेपाली मूलका आरव भण्डारी अस्ट्रेलियाको मेलबर्न भिक्ट्री एकेडेमीमा अनुबन्ध
OthersJust now

नेपाली मूलका आरव भण्डारी अस्ट्रेलियाको मेलबर्न भिक्ट्री एकेडेमीमा अनुबन्ध

६ कात्तिक, काठमाडौं । अस्ट्रेलियाको क्यानबेरामा रहेका १२ वर्षीय फुटबल खेलाडी आरव भण्डारी मेलबर्न भिक्ट्रीको ए–लिग एकेडेमी टोलीमा अनुबन्ध हुने भएका छन्। लुस्टिका फुटबल एकेडेमीको क्यानबेरा टोलीबाट खेल्दै आएका भण्डारीलाई मेलबर्न भिक्ट्रीले छनोट गरेको हो। अनलाइनखबरसँगको कुराकानीमा आरभका बुवा सन्तोष भण्डारीले फुटबलमा देखाएको प्रतिभाका कारण आरभलाई क्लबले छनोट गरेको बताउँछन्। सन्तोषका अनुसार उनी लुस्टिका फुटबल… ...

अनलाइन खबर
कात्तिक ११ देखि नेपालमा मौसम सक्रिय हुने, सतर्क रहन विभागको आग्रह
OthersJust now

कात्तिक ११ देखि नेपालमा मौसम सक्रिय हुने, सतर्क रहन विभागको आग्रह

६ कात्तिक, काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक ११ गते (बुधबार) बाट मौसम प्रणाली सक्रिय हुने भन्दै सतर्क रहन आग्रह गरेको छ । आज बिहानबाट पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्रमा विकसित भएको र उक्त न्यून चापीय क्षेत्र क्रमश: बलियो हुँदै जाने जानकारी गराएको हो । कात्तिक ९ गते उक्त… ...

अनलाइन खबर
यात्रुसँग बढी भाडा असुले कारबाही गर्ने प्रहरीको चेतावनी
OthersJust now

यात्रुसँग बढी भाडा असुले कारबाही गर्ने प्रहरीको चेतावनी

यात्रुले तोकिएकोभन्दा बढी सवारी भाडा नतिर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ । तोकिएको दरभन्दा बढी भाडा असुली गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न प्रहरीले अनुरोध गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले यात्रुबाट तोकिएकोभन्दा बढी भाडा असुली गरेको जानकारी प्राप्त भएमा तत्काल कारबाही गरिने बताए । यात्रुलाई अनावश्यक आर्थिक भारबाट जोगाउन तथा सार्वजनिक यातायातमा हुने ...

पर्दाफास
त्यसदिन किन रोए ऋषि धमला ?
OthersJust now

त्यसदिन किन रोए ऋषि धमला ?

त्यसो त बिनासित्ती रुने मान्छे होइनन्, ऋषि धमला । किनभने उनी हँसिलो–रसिलो मान्छे हुन् । फुर्तीको त कुरै नगरौँ । वर्षौँ वर्षदेखि आफ्नो कर्ममा खटिएका उनी अक्सर थाक्दैनन् । सधैँ चिरिच्याट्ट भएर हिँड्ने ऋषि धमला वातानुकूलित स्टुडियोमा मात्र होइन, धुलाम्मे–हिलाम्मे सडकमा पनि अन्तर्वार्ता लिन पुग्ने गर्छन् । भलै, पछिल्लो निर्वाचनपछि उनले यतातिर विश्राम लिएका भए… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play