Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भारत भ्रमणमाथि हर्क साम्पाङकाे प्रश्न : २ खर्ब ऋण ठूलो कि लिपुलेक–लिम्पियाधुरा ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भारत भ्रमणमाथि हर्क साम्पाङकाे प्रश्न : २ खर्ब ऋण ठूलो कि लिपुलेक–लिम्पियाधुरा ?
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर १० । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको हवाईमार्ग र भौगोलिक अखण्डतासम्बन्धी विषयमा के सहमति भयो भन्दै प्रश्न उठाउनुभएको छ । उहाँले लिपुलेक–लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीले भारतसँग कुरा नउठाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीको भारत भ्रमण र त्यसक्रममा भएका भनिएका सहमतिमाथि प्रश्न गर्नुभएको छ । उहाँले नेपालको आकाश अर्थात् भूगोलमाथिको हवाईमार्ग बेचेर आएको टिप्पणी गर्दै त्यसको बदलामा के प्राप्त भयो भन्ने प्रश्न गर्नुभएको छ । ‘हाम्रो आकाश अर्थात् हाम्रो भूगोलमाथिको हवाईमार्ग बेचेर आएछ ! शिशिर खनालले भन्दै थिए ! समर्थकहरूले त ताली बजाउने होला होइन ! बिचराहरू… त्यत्तिकैका लागि विदेशीले पैसा पेलेको थियो ! आज लिम्पियाधुराको कुरा किन उठाएनन् प्रमले भारतमा ?’ उहाँले लेख्नुभएको छ । अर्को फेसबुक स्टाटसमा उहाँले दुई खर्ब रुपैयाँ ऋणभन्दा नेपालको भूभागको सवाल ठूलो भएको उल्लेख गर्नुभएको छ । लिपुलेक र लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीले भारतसँग कुरा नउठाएको भन्दै उहाँले प्रश्न गर्नुभएको छ । ‘२ खर्ब ऋण ठूलो कि लिपुलेक–लिम्पियाधुरा ? खोइ कुरा उठाएको ? कुन नदीको मोल हो त्यो ?’ उहाँले लेख्नुभएको छ । साम्पाङले नेपालको हवाईमार्ग प्रयोगसम्बन्धी विषयलाई समेत जोड्दै त्यसमा कुनै सौदाबाजी भएको हो कि भन्ने आशंका व्यक्त गर्नुभएको छ । ‘आकाश हवाई मार्ग बेच्यौ भन्ने आएको छ ! त्यसै त भारतले किन दिन्थ्यो ! उसकै देशमा भीख मागिखाने लाखौँ करोडौँ छन् आजकै मितिमा ! सौदा नगरी के दिन्थ्यो ? केको सौदा भयो ?’ उहाँले प्रश्न गर्नुभएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा आर्थिक सहयोग, ऋण तथा हवाईमार्ग प्रयोगसम्बन्धी विषयहरू चर्चामा रहेका बेला साम्पाङले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो । विशेषगरी लिपुलेक र लिम्पियाधुरासम्बन्धी नेपालको दाबीलाई भारतसँगको उच्चस्तरीय भेटवार्तामा उठाउनुपर्ने उहाँको जोड देखिन्छ । उहाँका यी टिप्पणीले प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि, दुई देशबीच भएका सहमति र नेपालको राष्ट्रिय हितको सवालमा थप सार्वजनिक जवाफदेहिताको माग गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ट्रम्पको व्यापार युद्ध फेरि चर्किँदै, चीन-भारतसहित १४ देश निशानामा
PoliticsJust now

ट्रम्पको व्यापार युद्ध फेरि चर्किँदै, चीन-भारतसहित १४ देश निशानामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । प्रस्तावित शुल्कमध्ये चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म तथा अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ । नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको छ । अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले ...

फरकधार
डिजिटल सुरक्षाका लागि अस्ट्रेलियाको नयाँ कानुन, टेक कम्पनीलाई करोडौँको जरिवाना
PoliticsJust now

डिजिटल सुरक्षाका लागि अस्ट्रेलियाको नयाँ कानुन, टेक कम्पनीलाई करोडौँको जरिवाना

अस्ट्रेलियाले सामाजिक सञ्जाल तथा ठूला प्रविधि कम्पनीहरूलाई प्रयोगकर्ताको अनलाइन सुरक्षाप्रति थप जिम्मेवार बनाउने उद्देश्यसहित नयाँ कानुन पारित गरेको छ । संसद्बाट पारित ‘डिजिटल ड्युटी अफ केयर’ नामक कानुनले अनलाइन सेवामार्फत हुने हानिकारक गतिविधि नियन्त्रण गर्न प्रविधि कम्पनीहरूलाई बाध्यकारी जिम्मेवारी तोकेको छ । नयाँ कानुनअनुसार प्रयोगकर्ताको सुरक्षामा आवश्यक कदम नचालेका कम्पनीलाई उनीहरूको विश्वव्यापी वार्षिक आम्दानीको पाँच प्रतिशतसम्म जरिवाना गर्न सकिनेछ । जरिवानाको ...

फरकधार
प्रधानमन्त्रीले अरूको मन जित्नुभन्दा आफ्ना नागरिकले के सोच्छन् भन्नेमा ध्यान दिनुपर्छ : एमाले नेता विष्णु रिजाल
PoliticsJust now

प्रधानमन्त्रीले अरूको मन जित्नुभन्दा आफ्ना नागरिकले के सोच्छन् भन्नेमा ध्यान दिनुपर्छ : एमाले नेता विष्णु रिजाल

काठमाडौं, मंसिर १० । नेकपा एमालेका नेता विष्णु रिजालले राष्ट्रको प्रतिनिधित्व गर्दै विदेश भ्रमणमा जाने नेताहरूले आफ्नो व्यवहार र गतिविधिबाट देशका नागरिकमा पर्ने प्रभावबारे सधैँ सचेत रहनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले विदेशमा रहँदा नेताहरूले अरूको मन जित्नेभन्दा आफ्नै देशका नागरिकले आफ्नो व्यवहारलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने कुरालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । आफ्नो धारणालाई स्पष्ट पार्न ...

जनताटाइम्स
विश्व क्रिकेटमा नयाँ बादशाह बन्दै १५ वर्षीय वैभव सूर्यवंशी
PoliticsJust now

विश्व क्रिकेटमा नयाँ बादशाह बन्दै १५ वर्षीय वैभव सूर्यवंशी

  १५ वर्षको उमेरमा धेरै बालबालिका स्कुल, साथीभाइ र खेलकुदमै रमाइरहेका हुन्छन् । तर, यही उमेरमा एक किशोरले विश्व क्रिकेटका स्थापित कीर्तिमानहरू भत्काइरहेका छन् । विश्वका नाम चलेका बलरलाई मैदानको चारैतिर छक्का प्रहार गरिरहेका छन् । उनको ब्याट चल्दा उमेरको सीमा होइन, कीर्तिमानको पर्खाल भत्किन्छ । ती हुन्, भारतीय क्रिकेटका नयाँ सनसनी वैभव सूर्यवंशी । सन् २०११ मार्च २७ मा भारतको बिहारस्थित ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement