Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Others/प्रधानमन्त्री बालेनको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

प्रधानमन्त्री बालेनको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

10/17/2026, 8:04:31 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेनको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

प्रधानमन्त्री वालेन्द्र शाह आगामी मङ्सिर दोस्रो साता भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारमा उल्लेख गरिएजस्तै समय आसपास प्रधानमन्त्रीको भारत भ्रमण हुने बताए । यद्यपि, भ्रमणको औपचारिक मिति तय गर्न बाँकी रहेको उनको भनाइ छ । वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको उल्लेख गर्दै मन्त्री खनालले प्रधानमन्त्रीको भ्रमणलाई परिणाममुखी र उपलब्धिमूलक बनाउने तयारी भइरहेको बताए । भ्रमणका क्रममा व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा र सीमा व्यवस्थापनलगायतका विषयमा सकारात्मक प्रगति हासिल गर्ने नेपालको अपेक्षा रहेको उनले बताए । ‘भ्रमणका दौरान ‘ट्रेड एन्ड ट्रान्जिट’, कनेक्टिभिटी, ऊर्जा, सीमालगायत विषयमा केही न केही सकारात्मक प्रगति होस् भन्ने छ’, मन्त्री खनालले भने । प्रधानमन्त्रीको भ्रमणका क्रममा ठूला पूर्वाधार तथा जलविद्युत् परियोजनाको उद्घाटन र शिलान्यास गर्नुका साथै विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको बताइएको छ । गत चैत १३ गते सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री शाहको यो पहिलो भारत भ्रमण हुनेछ । भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने र द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रमा ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा हेरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

गुल्मीमा जिप दुर्घटना, ३ जना घाइते
OthersJust now

गुल्मीमा जिप दुर्घटना, ३ जना घाइते

३१ असोज, गुल्मी गुल्मीको मुसिकोट नगरपालिका–५ झक्कलेमा पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रुद्रवेणी–वामीटक्सार सडकखण्डमा बिहान करिब ४ बजे बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ च ८०२४ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा चालक मदन सुनार, उनकी श्रीमती सुनिता सुनार र ढोरपाटन नगरपालिका–८… ...

अनलाइन खबर
दशैं आइसक्यो, घर जान हतार छ (तस्वीरहरू)
OthersJust now

दशैं आइसक्यो, घर जान हतार छ (तस्वीरहरू)

दशैंको विशेष रौनक सुरु हुने फूलपातीका दिन घर पुग्ने हतारो यात्रुको अनुहारमा देखिन्छ । बसका सिट भरिभराउ छन् भने यात्रुले खचाखच भरिएका सवारीसाधन उपत्यकाबाट बाहिरिरहेका छन् । ...

अनलाइन खबर
तराई–मधेशमा काठमाडौंमा जस्तो फूलपाती भित्र्याउने चलन छैन : संस्कृतीविद राकेश
OthersJust now

तराई–मधेशमा काठमाडौंमा जस्तो फूलपाती भित्र्याउने चलन छैन : संस्कृतीविद राकेश

काठमाडौंसहित पहाडी क्षेत्रमा दशैँको बेलामा फूलपाती भित्र्याउने विशेष परम्परा रहेपनि तराई–मधेशमा भने त्यसको स्वरूप फरक रहेको संस्कृतिविद् रामदयाल राकेशले बताएका छन् । मैथिली संस्कृतिमा घटस्थापनादेखि नै घर वा इष्टदेवताको थानमा जमरा उमार्ने र दुर्गापूजा गर्ने परम्परा रहेको उनले बताए । पहाडी क्षेत्रमा फूलपातीका दिन विशेष विधिसहित फूलपाती भित्र्याउने चलन छ । तराई–मधेशमा भने गोसाईं अर्थात् इष्टदेवताको स्थान वा दुर्गाको प्रतिमा स्थापना ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play