Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीचको भेटमा के–के भयो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीचको भेटमा के–के भयो ?
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन ) र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी, द्विपक्षीय सहकार्य र पूर्वाधारसम्बन्धी विषयमा छलफल भएको हो। भेटका क्रममा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण सफल बनाउन भारत सरकारले तयारी तीव्र पारेको जानकारी गराएका छन्। भ्रमणलाई उपलब्धिमूलक बनाउन भारतले आवश्यक तयारी गरिरहेको उनले बताएका हुन्। प्रधानमन्त्री शाहले नेपालमा हालै आएको विनाशकारी रसुवा-भोटेकोशी बाढीपछि भारतले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका छन्। विपद्पछि भारतले पहिलो सहयोगी मुलुकका रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली परिचालन गरेको विषयलाई उनले महत्त्वपूर्ण सहयोगका रूपमा उल्लेख गरे। उनले विपद्को समयमा भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमार्फत नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको प्रतिबद्धता व्यक्त गरेकोमा समेत धन्यवाद दिएका छन्। भेटवार्तामा नेपाल-भारतबीच ऊर्जा, जलस्रोत, व्यापार, पारवहन र उड्डयनका क्षेत्रमा भइरहेको सहकार्यबारे पनि छलफल भएको छ। विदेश सचिव मिस्रीले यी क्षेत्रसँग सम्बन्धित द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी प्रधानमन्त्रीलाई गराएका छन्। यसै क्रममा भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म रेल सेवा सञ्चालन गर्ने तयारीबारे पनि कुराकानी भएको छ। मिस्रीले प्रस्तावित रेल सेवा सञ्चालनका लागि आवश्यक तयारी अघि बढेको र बिहीबार नै रेलको परीक्षण गरिएको जानकारी गराएका हुन्। जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारीस्वरूप बिहीबार भारतबाट १७ डिब्बासहितको रेल धनुषाको कुर्थासम्म ल्याएर प्राविधिक परीक्षण गरिएको थियो। नेपाल रेल्वे कम्पनीका प्रबन्ध निर्देशक परिवेश पराजुलीका अनुसार रेलमार्गको क्षमता तथा सञ्चालनसम्बन्धी पक्ष परीक्षण गरिएको हो। नियमित सेवा सञ्चालनको मिति भने अझै निश्चित भइसकेको छैन। प्रधानमन्त्री शाहले भेटका क्रममा नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग सहकार्य विस्तार गर्ने सम्भावनाबारे समेत चासो राखेका छन्। खेलकुद पूर्वाधार र अन्य सम्भावित सहकार्यका क्षेत्रमा दुई देशबीच साझेदारी गर्न सकिने विषयमा उनको चासो रहेको थियो। भारतीय विदेश सचिव मिस्री बुधबार दुई दिने नेपाल भ्रमणमा आएका हुन्। प्रधानमन्त्रीसँगको भेटअघि उनले परराष्ट्र मन्त्री शिशिर खनाल, अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलगायत मन्त्री तथा उच्च सरकारी अधिकारीहरूसँग छलफल गरेका थिए। नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय वार्तामा प्रधानमन्त्रीको आसन्न भ्रमण, विकास सहयोग, ऊर्जा, व्यापार तथा पारवहनका विषय समेटिएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चाडपर्व लक्षित सुरक्षा : ५० हजार बढी प्रहरी परिचालन, तयारी के–के छन् ?
OthersJust now

चाडपर्व लक्षित सुरक्षा : ५० हजार बढी प्रहरी परिचालन, तयारी के–के छन् ?

१९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले तिहार, दीपावली, छठ तथा नेपाल संवत पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडा पारेको छ । प्रहरीले सम्भावित आपराधिक गतिविधि, जुवातास, लागुऔषध तथा मादक पदार्थ सेवन, कालोबजारी, खाद्यवस्तुमा मिसावट, पटका विस्फोट र आगलागी नियन्त्रणका लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी… ...

अनलाइन खबर
अध्यादेशले बढायो काउन्सिलको क्षेत्राधिकार, उजुरीबिनै मिडिया कन्टेन्ट छानबिन गर्न सक्ने
OthersJust now

अध्यादेशले बढायो काउन्सिलको क्षेत्राधिकार, उजुरीबिनै मिडिया कन्टेन्ट छानबिन गर्न सक्ने

सरकारले सिफारिस गरेको प्रेस काउन्सिल अध्यादेशमा सामाजिक सञ्जाल र पत्रकारिताको परिभाषा परिमार्जन गरिएको छ । अनि प्रेस काउन्सिलको क्षेत्राधिकार फेरबदल पनि भएको छ । ...

अनलाइन खबर
भारतीय विदेश सचिव मिस्री र रवि लामिछानेबीच भेटवार्ता
OthersJust now

भारतीय विदेश सचिव मिस्री र रवि लामिछानेबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका मिस्रीले बिहीबार बूढानीलकण्ठस्थित लामिछानेको निवासमा पुगेर भेटवार्ता गरेका हुन् । भेटका क्रममा लामिछानेले आफ्नो यसअघिको औपचारिक भारत भ्रमणको स्मरण गर्दै आगामी दिनमा नेपाल र भारतबीच हुन लागेका उच्चस्तरीय भ्रमणको सफलताका लागि शुभकामना व्यक्त गरे। उनले नेपालले ...

पर्दाफास
भारतीय विदेश सचिवसँग रविले भने– नेपालले विकास र आर्थिक कूटनीतिमा जोड दिइरहेको छ
OthersJust now

भारतीय विदेश सचिवसँग रविले भने– नेपालले विकास र आर्थिक कूटनीतिमा जोड दिइरहेको छ

उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको चर्चा भएको रास्वपा सचिवालयले जनाएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play