Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

काठमाडौंको सानदार जित, विराटनगर ९ विकेटले पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंको सानदार जित, विराटनगर ९ विकेटले पराजित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा काठमाण्डु गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले हराएको छ । काठमाण्डुले दिएको ८४ रनको समान्य लक्ष्य पछ्याएको काठमाण्डुले ९ ओभर ४ बलमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।काठमाण्डुका डेभिड वार्नरले २४ बलमा ३ छक्का र २ चौकासहित अविजित ४४ र विलियम बोसिस्टोले २४ बलमा ३ चौकासहित २३ रन बनाए । विराटनगरका अप्राजित पौडेलले १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगर १७ ओभर ३ बलमा ८३ रनमा अलआउट भएको थियो । विराटनगरका रुपेश सिंहले २७ बलमा २६, एन्जोलो म्याथ्युजले ३१ ब्लमा २२ र बसिर अहमदले १४ बलमा १० रन बनाए । काठमाण्डुका कप्तान करण केसी र सन्तोष यादवले समान ३ विकेट लिए । यस्तै सहान अराचिगले २, जहानदाद खान, शहाब आलम र देव साहले समान १ विकेट लिएका छन् ।यो जितसँगै काठमाण्डु ३ खेलमा ४ अंकसहित एक स्थानमाथि उक्लिँदै छैटौं स्थानमा पुगेको छ भने पराजित विराटनगर ५ खेलमा ४ अंकसहित दोस्रो स्थानमा यथावत् छ । यसअघि बिहीबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराएको छ । The post काठमाडौंको सानदार जित, विराटनगर ९ विकेटले पराजित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
संखुवासभा गोल्डकप : दोश्रो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई हराउँदै न्यू स्टार फाइनलमा
Latest NewsJust now

संखुवासभा गोल्डकप : दोश्रो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई हराउँदै न्यू स्टार फाइनलमा

• सेकाहा सामुदायिक क्लबले संखुवासभा गोल्डकपको दोश्रो सेमिफाइनलमा लोहरुङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। • फाइनलमा सेकाहाले सुनसरीको न्यू स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ। • प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ। ...

नेपालबहस
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट
Latest NewsJust now

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बुढानीलकण्ठ पुगेका थिए। उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुक बीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिए। साथै, ...

नेपालन्युज
विराटनगरमाथि काठमाठौंको सानदार जित
Latest NewsJust now

विराटनगरमाथि काठमाठौंको सानदार जित

विराटनगर किंग्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित दर्ता गरेको छ।  बिहीबार भएको खेलमा काठमाडौंले विराटनगरलाई नौ विकेटको फराकिलो अन्तरले हराएको हो। योसँगै काठमाडौले अंक तालिकामा ४ अंक जोडेको छ।  पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित भएको काठमाडौंले दोस्रो खेलमा कर्णाली याकसलाई चार विकेटले हराएको ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play