प्रचण्डको दाबी– केही समयपछि देशमा फेरि नयाँ परिस्थिति निर्माण हुन्छ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन् । शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’को उद्घाटन गर्दै संयोजक दाहालले तत्कालीन जनयुद्धको स्मरण गर्दै जनताका मुद्दा निष्ठापूर्वक उठाउँदा जस्तोसुकै प्रतिकूलतामा पनि जनसमर्थन जुट्ने विश्वास व्यक्त गरेका हुन् । प्रारम्भिक चरणको कठिन यात्राको समीक्षा गर्दै उनले सुरुवाती दिनमा सीमित संख्यामा रहेका कार्यकर्ताबाट शुरु भएको आन्दोलन कालान्तरमा लाखौँ जनताको समर्थनमा रूपान्तरण भई मुलुकमा ऐतिहासिक परिवर्तन सम्भव भएको बताए। इतिहासमा आफ्नो पार्टीले खेलेको भूमिका र विचारको महत्वलाई अवमूल्यन गर्न खोजिएको टिप्पणी गरे । वर्तमान राजनीतिक परिवेशमा माओवादी आन्दोलन र त्यसको ऐतिहासिक योगदानलाई कमजोर आँक्ने प्रवृत्ति बढेको उल्लेख गर्दै अध्यक्ष दाहालले परिवर्तनका संवाहकलाई उपेक्षा गर्ने प्रयास सफल नहुने जिकिर गरे । उनले विचार, सिद्धान्त र बलिदानको जगलाई कसैले पनि सजिलै मेटाउन नसक्ने स्पष्ट पारे । पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो समय पार्टीप्रति भइरहेका विभिन्न टीकाटिप्पणी र आलोचनाप्रति संकेत गर्दै इतिहासलाई ‘माइनस’ गरेर अघि बढ्न नसकिने चेतावनी दिए । दाहालले भने, ‘जनताका मुद्दा उठाउने र जनताकै निम्ति लड्ने हो भने अन्ततः जनताले साथ दिन्छन् भन्ने विश्वासका साथ हामी अघि बढ्यौँ । जनयुद्ध शुरु गर्दा हामी जम्मा ६० जना थियौँ। त्यही सङ्ख्या बढ्दै ६००, ६ हजार, ६ लाख हुँदै ६० लाखसम्म पुग्यो र अन्ततः नेपाल गणतन्त्र बन्यो । आज हाम्रो विचार र इतिहासमा खेलेको भूमिकालाई अवमूल्यन गर्ने प्रयास भइरहेको छ । तर हामीलाई विश्वास छ, केही समयपछि देशमा फेरि नयाँ परिस्थिति निर्माण हुनेछ ।’ उनले जनताको हित र परिवर्तनका एजेन्डामा दृढ रहेर अगाडि बढेमा निकट भविष्यमै फेरि पार्टीको पक्षमा अनुकूल राजनीतिक माहोल बन्ने विश्वास व्यक्त गरे ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र नागढुंगा चेकपोष्ट क्षेत्र पनि अहिले शान्त बनेको छ ...

तीन महिनामा चितवनका २८ जनाले त्यागे नेपाली नागरिकता
जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने छ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस अवधिमा २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ ...

विश्व राजनीतिबारे प्रचण्ड : दोस्रो विश्व युद्धपछिको सेट भत्किँदैछ, नयाँ बनेको छैन
‘रुस–युक्रेनको कुरा होस् । चाहे इजलायल–प्यालेस्टाइनको कुरा होस् । नयाँ सेट बनिसकेको छैन । यस्तो बडो विचित्रको संक्रमणकालीन अवस्थाबाट विश्व राजनीतिक पनि गुज्रेको देखिँदैछ’ उनले भनेका छन् ...



