सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान

सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र नागढुंगा चेकपोष्ट क्षेत्र पनि अहिले शान्त बनेको छ । विगतमा सधैँ सवारी साधनको घुइँचो र कोलाहल हुने त्रिभुवन लोकमार्गअन्तर्गत पर्ने नागढुंगा क्षेत्रमा दशैँ मान्न आउजाउ गर्ने यात्रुको चाप हुने समयमा पनि जामको सास्ती छैन । उकालो र घुम्ती सडकमा ठूलाठूला सवारीहरूबाट निस्किएको धुवाँ र सडकको धुलो, त्यसमाथि पनि जामका कारण घण्टौँसम्म गाडीमै रोकिनुपर्ने सास्तीको अन्त्य नै भएको छ । गाडीको हर्न र धुवाँ–धुलोले सधैँ गञ्जागोल भइरहने सडक शान्त भएसँगै यात्रुहरूले राहत र खुसीको अनुभूति गरेका छन् । नागढुंगा–नौबिसे सडकखण्डअन्तर्गत पिपलमोडको तल्लो घुम्तीमा स्कुटर रोकेर थकाइ मार्दै गरेकी चितवनकी कृष्टी पौडेल भन्छिन्, ‘गाडीमा यात्रा गर्दा बान्ता हुने समस्याले अघिल्लो वर्षतिर यो बाटो सम्झेर दशैँमा घरै नजाऔँ जस्तो लाग्थ्यो, अहिले यो सजिलो छ भन्ने सुनेर स्कुटरमै आएँ, यति सजिलोसँग पार गर्न पाइन्छ भन्ने सोचेकै थिएन ।’ विशेष गरी दशैँ–तिहारजस्ता ठूला राष्ट्रिय पर्वका बेला राजधानी छाडेर बाहिरिने र भित्रिने हजारौँ यात्रुहरू धुवाँ, धुलो र गर्मीमा गाडीभित्रै घण्टौँ कुर्न बाध्य हुन्थे । यसबाट बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई झन् बढी कष्ट हुने गरेको थियो । अहिले सुरुङमार्गबाट सवारी साधनहरू बिनाअवरोध सरर पार हुन थालेपछि चाडपर्वको समयमा हुने सकसपूर्ण यात्राबाट सर्वसाधारणले छुटकारा पाएका छन् । पहिला नागढुंगाको उकालोमा बाध्यताले घण्टौँ जाममा रोकिनुपर्ने सडकमा अहिले यात्रुहरू खुसीले दृश्य हेर्न रोकिने गरेका छन् । सुरुङमार्ग छिर्ने प्रवेशद्वारभन्दा माथिल्लो सडक (पिपलमोड खण्ड) मा मोटरसाइकल रोकेर सुरुङ प्रवेशद्वारको दृश्य नियालिरहेका रामजी वस्तीले विगत र वर्तमानको यात्रा अनुभव तुलना गर्दै भने, ‘दशैँमा घर जाँदा र फर्किदा युद्ध लडेजस्तो हुन्थ्यो । गाडीहरू सुरुङबाट जान थालेपछि यो वर्ष बाटोमा रोकिँदै, दृश्य हेर्दै आनन्दले हिँड्न पाइयो । सुरुङमार्गलाई पृष्ठभूमिमा राखेर तस्बिर कैद गरिरहेका अर्का युवा विष्णु श्रेष्ठले पनि पुरानो सास्ती र अहिलेको सहजताबारे सुनाए । उनले भने, ‘पहिले जाम परेका कारण बाध्य भएर रोकिनुपर्थ्यो, अहिले सुरुङमार्ग र यहाँको दृश्य रमाइलो लागेर आफैँ रोकिन मन लाग्ने भएछ ।’ त्यस्तै, सार्वजनिक सवारीसाधनमार्फत सुरुङमार्ग पार गरेर धादिङको खानीखोला पुग्नुभएकी तनहुँकी चेली मगरले सुरुङभित्रको यात्रा सम्झँदै अहिले सुखद यात्रा सुनाइन् । ‘जाम र धुलो–धुवाँ सम्झेर दशैँ–तिहारमा घर आउन–जान बर्सेनि सास्ती हुन्थ्यो । एक त घण्टौँको जाम, त्यसमाथि गाडीमा बान्ता भएर सासै फुस्केला जस्तो हुन्थ्यो । अहिले सुरुङबाट सरर एकैछिनमा कट्न पाइने भएछ । पहिलोचोटि सुरुङ छिरेर यहाँ आइपुग्दा सपना जस्तै लाग्यो,’ उनले भनिन् । २.६८ किलोमिटर लम्बाइको नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग हो । जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा २०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । मुख्य सुरुङको ब्रेकथ्रु भने अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । अहिले बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएका बेला सुरुङमार्ग औपचारिक उदघाटन गरिएको हो ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

आनी छोइङमाथि वरिष्ठ अधिवक्ता त्रिपाठीको आरोप : जेलमा बस्नुपर्नेलाई पुरस्कृत गरियो
७ कात्तिक,बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा हालै मात्र नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता र हङकङबाट आएको १६ लाख अमेरिकी डलरबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठेको छ । डोल्माको नियुक्तिको विरोधमा आज लुम्बिनीको पर्साचोकमा आयोजित विरोध सभामा बोल्दै स्थानीय वासिन्दा समेत रहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले डोल्माको नागरिकता र हङकङबाट आएको रकम विवादमा रहेकाले… ...

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु
७ कात्तिक, काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चारैजना पाइलटको मृत्यु भएको छ। दुर्घटना स्थानीय समयअनुसार, दिउँसो ३:५१ बजे मनिलाको दक्षिणमा पर्ने लिपा सहरस्थित फर्नान्डो एयर बेस नजिकै भएको हो। दुवै 'एसएफ-२६०' विमान कम उचाइमा उडिरहेका थिए। एउटा विमानको भग्नावशेष सैन्यकर्मीहरूको ब्यारेक नजिकै खसेको… ...

कमजोरी स्वीकार्दै जागरण अभियानमा होमियो नेकपा
जनतासँगको सम्बन्ध कमजोर हुँदै गएको र पार्टीभित्र नेतामुखी तथा केन्द्रमुखी प्रवृत्ति बढेको स्वीकार गर्दै राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको नेकपाकाे अपिलमा उल्लेख छ । ...

ब्राजिलका राष्ट्रपति ८१ वर्षीय लुलाले पहिलोपटक किने फोन, चुनावअघि सेल्फी खिच्न र इन्स्टाग्राम चलाउन सिक्दै
७ कात्तिक, काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले पहिलोपटक स्मार्टफोन किनेका छन्। फोनमा हुने कुराकानी रेकर्ड वा लिक हुन सक्ने चिन्ताका कारण उनी अहिलेसम्म व्यक्तिगत मोबाइल फोन प्रयोग गर्नबाट बच्दै आएका थिए। यसअघि आवश्यकता पर्दा लुला अरूको फोन प्रयोग गर्थे। तर अहिले उनी आफैँ सेल्फी खिच्न र इन्स्टाग्राम चलाउन सिकिरहेका छन्। शनिबार एक चुनावी… ...


