Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

प्रचण्डको आरोप- सरकार जनताका अधिकार खोस्नेतर्फ उद्यत छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रचण्डको आरोप- सरकार जनताका अधिकार खोस्नेतर्फ उद्यत छ
Photo / Coverage: पर्दाफास

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार बनाउने र गिराउने राजनीतिक चलखेलमा बढी केन्द्रित हुँदा मुलुकका राजनीतिक उपलब्धि र राष्ट्रिय स्वाधीनतामाथि भइरहेका चुनौतीप्रति पर्याप्त ध्यान दिन नसकिएको स्वीकार गरेका छन् । उनले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै विगतमा आफूहरू सरकार गठन र विघटनको खेलमा अल्झिँदा प्रतिक्रियावादी शक्तिहरूले लामो योजनाअन्तर्गत राष्ट्रिय स्वाधीनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारविरुद्ध षड्यन्त्र गरिरहेको विषयमा पर्याप्त ध्यान दिन नसकेको बताएका हुन् । दाहालले शान्ति सम्झौता, गणतन्त्र, संघीयता, समावेशिता र संविधानसभाबाट संविधान निर्माण हुन नदिन चाहने शक्तिहरू विगतदेखि नै सक्रिय रहेको जिकिर गरे । आफूहरूले पटकपटक सचेत गराउने प्रयास गरे पनि राज्य संयन्त्रले त्यसलाई गम्भीरतापूर्वक लिन नसकेको उनको आरोप छ । सरकारमा रहेकाहरूले समेत देशमा विकसित राजनीतिक घटनाक्रमको पूर्वानुमान गर्न नसकेको भन्दै उनले दुई तिहाइ बहुमतको दाबी गरिरहेको सरकारका प्रधानमन्त्रीले बालुवाटार छाड्नुपर्ने अवस्था आउनु राज्य संयन्त्रको कमजोरी भएको टिप्पणी गरे । दाहालले पछिल्लो राजनीतिक परिस्थितिमा जनताले आन्दोलन र बलिदानबाट प्राप्त गरेका सार्वभौम अधिकार तथा समावेशी प्रतिनिधित्वको अधिकारमाथि प्रहार भइरहेको आरोप लगाए । उनले नयाँ सरकारबाट जनताका अधिकारमाथि निरन्तर हस्तक्षेप गर्ने प्रयास भइरहेको दाबी गर्दै मजदुर, किसान, सुकुम्बासी, कर्मचारी, विद्यार्थी र शिक्षकसमेतलाई आतंकित पार्ने तथा दमन गर्ने काम भइरहेको बताए । वर्ग संघर्ष विश्वव्यापी रूपमा जारी रहेको उल्लेख गर्दै दाहालले वर्तमान सरकार मजदुर, किसान र नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेका अधिकार खोस्नेतर्फ उद्यत रहेको आरोप लगाए । उनले भने, ‘हामी अलि बढी सरकार गिराउने, बनाउने चलखेलमा बढी ध्यान दिऔँ । हाम्रो गल्ती त्यहीँ भयो । प्रतिक्रियावादीहरू जो हिजो, शान्ति सम्झौता हुन नदिने, देशमा गणतन्त्र, संघीयता, समावेशिता आउन नदिने, देशमा संविधान सभापछि निर्वाचन हुन नदिने, जो पंक्तिहरु थिए, तिनीहरू चुप लागेर बसेका थिएनन् । बरु उनीहरू ग्राण्ड डिजाइनअन्तर्गत, एउटा लामो योजनाअन्तर्गत नेपालका, नेपालको राष्ट्रिय स्वाधिनता, नेपाली जनताको आत्मनिर्णयको विरुद्ध षड्यन्त्र गरि नै रहेका थिए । हामी एक हदसम्म बेखबर जस्तै भयौँ । हामीले सचेत गराउने प्रयास गरि नै राख्यौँ तर राज्यमा भएका त झन् अन्धा र बहिरा नै भएका रहेछन् । सरकारमा भएकाहरूलाई आज के भयो र भोलि के हुँदैछ भन्नेकुराको केही पनि जानकारी नहुनु, दुर्भाग्यपूर्ण कुरा भयो, प्रधानमन्त्रीले तथाकथित दुई तिहाईको कुरा गर्दागर्दै बालुवाटारबाट भाग्नुपर्ने स्थिति आउनु आफैँमा कम दुर्भाग्यपूर्ण कुरा होइन । कति धेरै अन्धो र कति धेरै बहिरो भएको रहेछ त हाम्रो राज्य संयन्त्र । अहिले हामी के सोचिरहेका छौँ भने प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी शक्तिसँग वर्ग संघर्ष विश्वव्यापरी रूपमा फेरि पनि चलिरहेकै छ । अहिले पनि जो नयाँ तथाकथित सरकार भनेर आएका छन्, उनीहरूको प्रहारको निशाना एकतारित त जनताले प्राप्त गरेको सार्वभौम अधिकार, उनीहरूले प्राप्त गरेको समावेशिताको प्रतिनिधित्वको अधिकार माथि प्रहार गर्ने लगातार कोशिस भइरहेको छ । अर्कोतिर निम्न वर्ग, मजदुर, सुकुम्बासी, कर्मचारी, विद्यार्थी, शिक्षक, सबैलाई कुनै न कुनै रुपले आतंकित पार्ने र दमन गर्ने काम भइरहेको छ । त्यसैले यो सरकार मजदुर किसान र नेपाली जनताको, हिजो, आन्दोलन र बलिदानबाट प्राप्त भएका अधिकारहरू खोस्नतिर उद्यत छ ।’ संयोजक दाहालले नेकपाले अब तत्काल मात्रै नहेरी दीर्घकालीन रूपमा राष्ट्रिय रूपमा संयुक्त मोर्चा बनाएर अघि बढ्ने जरुरी रहेको बताए । गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मत परिणामलाई क्षणिकको आँधीको संज्ञा दिँदै सदावहार भइ नरहने बताए । राज्य संयन्त्र आतंक सिर्जना गरेर चलिरहेको उनको जिकिर छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
काँग्रेसको वैधानिकतासम्बन्धी विवाद समाप्त भयो, अब प्रदेश अधिवेशन गर्छौँ : महामन्त्री संग्रौला
OthersJust now

काँग्रेसको वैधानिकतासम्बन्धी विवाद समाप्त भयो, अब प्रदेश अधिवेशन गर्छौँ : महामन्त्री संग्रौला

नेपाली काँग्रेसकी महामन्त्री डिला संग्रौलाले पार्टीको वैधानिकतासम्बन्धी विवाद समाप्त भइसकेको दाबी गरेकी छन् । शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेकी हुन् । काँग्रेसको आधिकारिकता आफूहरूले पाएको दाबी गर्दै उनले अब प्रदेश अधिवेशनमा जुट्ने बताइन् । उनले पार्टीको प्रदेश अधिवेशन गर्ने मिति तत्कालै घोषणा गर्ने जानकारी दिइन् । प्रदेश अधिवेशनका लागि पार्टीको निर्वाचन ...

पर्दाफास
विश्वकप छनोट प्लेअफ सुरु हुन ६ दिन बाँकी, अझै घोषणा भएन नेपाली टोली
OthersJust now

विश्वकप छनोट प्लेअफ सुरु हुन ६ दिन बाँकी, अझै घोषणा भएन नेपाली टोली

१२ मंसिर, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ सुरु हुन अब ६ दिन मात्र बाँकी रहँदा सहभागी अन्य टोलीले नेपाल आएर तयारी थालिसकेका छन् । तर, आयोजक नेपालले भने अहिलेसम्म टोली घोषणा गर्न सकेको छैन । प्लेअफ खेल्न युगान्डा र इटालीको टोली नेपाल आइपुगेर तयारीमा जुटिसकेका छन् । नामिबियाको टोली पनि नेपालका लागि… ...

अनलाइन खबर
सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी छ : प्रचण्ड
OthersJust now

सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी रहेको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई अझै तिव्र बनाउने बताएका हुन् । विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको ...

पर्दाफास
पार्टीको नाम, झण्डा र चुनावी चिन्हको दुरुपयोग गरे कारबाही गर्ने कांग्रेसको चेतावनी
OthersJust now

पार्टीको नाम, झण्डा र चुनावी चिन्हको दुरुपयोग गरे कारबाही गर्ने कांग्रेसको चेतावनी

नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र, विधिको शासन, सुशासन र जनजीविकाका सवालमा सरकारलाई खबरदारी गर्न सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले सरकारका पछिल्ला गतिविधि र कार्यशैलीले शासकीय स्वेच्छाचारिता बढाएको आरोप लगाए । उनले प्रारम्भिक चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमीका रूपमा बुझेर कांग्रेसले ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement