Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको नगद, मोबाइल फोन, गरगहना तथा व्यक्तिगत सामान चोरी गर्ने, पाकेटमारी र लुटपाट गर्ने तथा महिलामाथि दुर्व्यवहार र दुःख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक महिलासहित १२१ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ५ बजेदेखि ‘सुरक्षित यात्रा’ नामक विशेष अभियान सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुका सामान चोरी, पाकेटमारी, लुटपाट तथा महिलामाथि हुने दुर्व्यवहारका घटनाबारे प्राप्त जनगुनासोका आधारमा अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौंका विभिन्न स्थानबाट एक महिलासहित १०१ जना, ललितपुरबाट ११ जना र भक्तपुरबाट नौ जना पुरुष रहेका छन् । प्रहरीका अनुसार काठमाडौंको बालाजु, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, कलङ्की, कालिमाटी, स्वयम्भू, बल्खु, मालिगाउँ, थानकोट, रत्नपार्क, ललितपुरको सानेपा, सातदोबाटो, इमाडोल, लगनखेल र पुल्चोक तथा भक्तपुरको ठिमी, लोकन्थली, बालकोट, कौशलटार र सल्लाघारी र सुन्धाराबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा बागमतीको पहिलो जित, कोशी बाहिरियो
Latest NewsJust now

दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा बागमतीको पहिलो जित, कोशी बाहिरियो

टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । ...

कान्तिपुर
पेरूमा हेलिकोप्टर दुर्घटना : आठ सैनिकको मृत्यु, पाइलटमात्रै जीवित
Latest NewsJust now

पेरूमा हेलिकोप्टर दुर्घटना : आठ सैनिकको मृत्यु, पाइलटमात्रै जीवित

काठमाडौं । पेरूमा सैनिक बोकेको हेलिकोप्टर दुर्घटना हुँदा आठ सैनिकको मृत्यु भएको छ । दुर्घटनामा हेलिकोप्टरका पाइलट भने जीवितै भेटिएका छन् । पेरूको रक्षा मन्त्रालयका अनुसार बिहीबार राति दुर्गम क्षेत्रमा उडिरहेको हेलिकोप्टर एक्कासि सम्पर्कविहीन भएको थियो । लागुऔषध उत्पादन र तस्करीका लागि कुख्यात अपुरिम्याक, एने र मन्तारो नदीको उपत्यका (भ्राएम) क्षेत्रमा पर्ने सनाबाम्बा सहरनजिक हेलिकोप्टर […] ...

लोकपथ
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३१ जना पक्राउ
Latest NewsJust now

लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३१ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूलाई काठमाडौँ, रौतहट, सुनसरी, पर्सा, रोल्पा, बाँके, मोरङ, दाङ, डोटी, कञ्चनपुर, रुकुम पश्चिम, सङ्खुवासभा र झापाका विभिन्न स्थानबाट शुक्रबार र शनिबार पक्राउ गरिएको हो। प्रहरीले उनीहरूको साथबाट गाँजा १६ किलो २०० ग्राम, चर... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement