Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

पार्टीको नाम, झण्डा र चुनावी चिन्हको दुरुपयोग गरे कारबाही गर्ने कांग्रेसको चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
पार्टीको नाम, झण्डा र चुनावी चिन्हको दुरुपयोग गरे कारबाही गर्ने कांग्रेसको चेतावनी
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र, विधिको शासन, सुशासन र जनजीविकाका सवालमा सरकारलाई खबरदारी गर्न सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले सरकारका पछिल्ला गतिविधि र कार्यशैलीले शासकीय स्वेच्छाचारिता बढाएको आरोप लगाए । उनले प्रारम्भिक चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमीका रूपमा बुझेर कांग्रेसले सरकारलाई काम गर्ने अवसर दिएको भए पनि पछिल्ला गतिविधिले सरकारको सोच, चरित्र र प्रवृत्तिमाथि नै प्रश्न उठेको बताए । उनले भने, ‘सरकार गठनको प्रारम्भिक चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमीका रूपमा बुझ्दै नेपाली कांग्रेसले संयमता अपनाएको थियो । सरकारलाई सिक्ने, सच्याउने र काम गर्ने पर्याप्त अवसर दिनुपर्छ भन्ने हाम्रो मान्यता थियो । तर सरकारका पछिल्ला गतिविधि र कार्यशैली हेर्दा यी कमजोरी अनुभवको कमी वा संयोग मात्र नभई सरकार सञ्चालन गर्ने नेतृत्वको सोच, चरित्र र प्रवृत्तिकै अभिव्यक्ति हुन् भन्ने गम्भीर आशङ्का उत्पन्न भएको छ । संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधि तथा जनहितविपरीतका निर्णयविरुद्ध अब नेपाली कांग्रेस अझ दृढ, मुखर र सशक्त रूपमा उभिनेछ ।’ कांग्रेसले सरकारका सकारात्मक काममा सहयोग गर्ने प्रतिबद्धता दोहो¥याउँदै संविधान र लोकतन्त्रविपरीतका गतिविधि, विधिको शासनमाथिको हस्तक्षेप तथा जनहितविपरीतका निर्णयविरुद्ध थप दृढताका साथ प्रस्तुत हुने जनाएको छ । कांग्रेसले संसद्, संवैधानिक निकाय र राज्यका विभिन्न अंगहरूको अवमूल्यन हुने गरी सरकारले गतिविधि गरिरहेको आरोप लगाएको छ । संसद्प्रति जवाफदेही हुनुपर्ने प्रधानमन्त्रीले संसद्लाई उपेक्षा गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोज्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको कांग्रेसको ठहर छ । प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याइएका अध्यादेश तत्काल फिर्ता लिन कांग्रेसले माग गरेको छ । साथै संसद्को अधिवेशन आह्वान गरी संवैधानिक सीमा, संस्थागत मर्यादा र शक्ति पृथकीकरणको सिद्धान्त पालना गर्न सरकारसँग आग्रह गरेको छ । कांग्रेसले मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको, महँगी बढेको र निजी क्षेत्रको आत्मविश्वास घटेको भन्दै सरकारको आर्थिक प्राथमिकतामाथि प्रश्न उठाएको छ । आम नागरिकको आम्दानी र खर्चबीचको अन्तर बढ्दै गएको, साना तथा मझौला व्यवसायीले व्यवसाय सञ्चालन र बैंकको ऋण भुक्तानीमा कठिनाइ भोगिरहेको तथा लगानीको वातावरण कमजोर बनेको कांग्रेसको निष्कर्ष छ । सहकारी पीडित, किसान, श्रमिक, उद्यमी तथा वैदेशिक रोजगारीमा जाने युवाका समस्या समाधानमा सरकारले पर्याप्त ध्यान दिन नसकेको पनि कांग्रेसले जनाएको छ । सरकारले १०० दिनभित्र पूरा गर्ने घोषणा गरेका काम, विभिन्न समुदाय तथा आन्दोलनरत पक्षसँग गरेका सम्झौता र गठन गरेका आयोग तथा समितिको प्रगतिबारे स्पष्ट जानकारी नदिएको कांग्रेसको आरोप छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका केही सहमति र उपलब्धिलाई कांग्रेसले सकारात्मक रूपमा लिएको छ । भारत सरकार र भारतीय जनताबाट प्रधानमन्त्रीले प्राप्त गरेको स्वागत तथा उच्चस्तरीय सम्मानलाई दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धको प्रतिबिम्बका रूपमा कांग्रेसले व्याख्या गरेको छ । भैरहवा हुँदै सञ्चालन हुने बी–३४५ हवाई प्रवेश मार्गलाई दुईतर्फी बनाउने सहमति, भोटेकोशी–त्रिशूली क्षेत्रको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको विकास सहयोग तथा शिक्षा, प्रविधि, स्टार्टअप, खेलकुद र जलवायु उत्थानशीलताका क्षेत्रमा सहकार्य विस्तार गर्ने पहललाई कांग्रेसले स्वागत गरेको छ । यद्यपि हवाई मार्ग सञ्चालनको प्राविधिक प्रक्रिया, विकास सहयोगको पारदर्शिता, ऋणका सर्त तथा परियोजनाको कार्यान्वयनबारे सरकारले स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नुपर्ने कांग्रेसको माग छ । भारतसँग लामो समयदेखि समाधान हुन नसकेका सीमा लगायतका संवेदनशील विषय प्रधानमन्त्रीको भ्रमणका क्रममा प्राथमिकतामा नपरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ । प्रधानमन्त्रीले विगतमा सार्वजनिक रूपमा उठाउँदै आएका सीमा सम्बन्धी विषय कूटनीतिक संवादमा नउठाएको भन्दै कांग्रेसले उनको अभिव्यक्ति र व्यवहारबीच विरोधाभास देखिएको टिप्पणी गरेको छ । भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकी लगायतका बाढी प्रभावित क्षेत्रमा सरकारले प्रभावकारी पुनःस्थापना तथा पुनर्निर्माण योजना ल्याउन नसकेको कांग्रेसको आरोप छ । बाढी गएको लामो समय बितिसक्दा पनि प्रभावित नागरिकले घरभाडा, राहत र पुनःस्थापनाका सुविधा नपाएको तथा राहत सामग्री गोदाममै थन्किएको कांग्रेसले जनाएको छ । यसैगरी कांग्रेसले पार्टीको नाम, लेटरप्याड, चारतारे झन्डा, चुनाव चिह्न रुख तथा अन्य आधिकारिक प्रतीक अनधिकृत रूपमा प्रयोग नगर्न सम्बन्धित व्यक्ति तथा समूहलाई आग्रह गरेको छ । पार्टीको दाबीअनुसार २०८२ पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनको म्यान्डेटअनुसार २०८३ असोज १६ देखि २३ गतेसम्म सम्पन्न १५औँ नियमित महाधिवेशनबाट गगनकुमार थापाको सभापतित्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ । उक्त विवरण निर्वाचन आयोगबाट २०८३ मङ्सिर ८ गते अद्यावधिक भइसकेको कांग्रेसले जनाएको छ । पार्टीको आधिकारिक नाम, झन्डा, चुनाव चिह्न र अन्य प्रतीक प्रयोग गरी गतिविधि सञ्चालन गर्ने तथा त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक कार्यक्रमका रूपमा प्रचार गर्ने व्यक्ति वा समूहविरुद्ध विधान र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
काँग्रेसको वैधानिकतासम्बन्धी विवाद समाप्त भयो, अब प्रदेश अधिवेशन गर्छौँ : महामन्त्री संग्रौला
OthersJust now

काँग्रेसको वैधानिकतासम्बन्धी विवाद समाप्त भयो, अब प्रदेश अधिवेशन गर्छौँ : महामन्त्री संग्रौला

नेपाली काँग्रेसकी महामन्त्री डिला संग्रौलाले पार्टीको वैधानिकतासम्बन्धी विवाद समाप्त भइसकेको दाबी गरेकी छन् । शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेकी हुन् । काँग्रेसको आधिकारिकता आफूहरूले पाएको दाबी गर्दै उनले अब प्रदेश अधिवेशनमा जुट्ने बताइन् । उनले पार्टीको प्रदेश अधिवेशन गर्ने मिति तत्कालै घोषणा गर्ने जानकारी दिइन् । प्रदेश अधिवेशनका लागि पार्टीको निर्वाचन ...

पर्दाफास
विश्वकप छनोट प्लेअफ सुरु हुन ६ दिन बाँकी, अझै घोषणा भएन नेपाली टोली
OthersJust now

विश्वकप छनोट प्लेअफ सुरु हुन ६ दिन बाँकी, अझै घोषणा भएन नेपाली टोली

१२ मंसिर, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ सुरु हुन अब ६ दिन मात्र बाँकी रहँदा सहभागी अन्य टोलीले नेपाल आएर तयारी थालिसकेका छन् । तर, आयोजक नेपालले भने अहिलेसम्म टोली घोषणा गर्न सकेको छैन । प्लेअफ खेल्न युगान्डा र इटालीको टोली नेपाल आइपुगेर तयारीमा जुटिसकेका छन् । नामिबियाको टोली पनि नेपालका लागि… ...

अनलाइन खबर
सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी छ : प्रचण्ड
OthersJust now

सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी रहेको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई अझै तिव्र बनाउने बताएका हुन् । विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको ...

पर्दाफास
प्रचण्डको आरोप- सरकार जनताका अधिकार खोस्नेतर्फ उद्यत छ
OthersJust now

प्रचण्डको आरोप- सरकार जनताका अधिकार खोस्नेतर्फ उद्यत छ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार बनाउने र गिराउने राजनीतिक चलखेलमा बढी केन्द्रित हुँदा मुलुकका राजनीतिक उपलब्धि र राष्ट्रिय स्वाधीनतामाथि भइरहेका चुनौतीप्रति पर्याप्त ध्यान दिन नसकिएको स्वीकार गरेका छन् । उनले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै विगतमा आफूहरू सरकार गठन र विघटनको खेलमा अल्झिँदा प्रतिक्रियावादी शक्तिहरूले लामो योजनाअन्तर्गत राष्ट्रिय स्वाधीनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारविरुद्ध षड्यन्त्र ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement