Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पोखराका ‘अन्डररेटेड’ गन्तव्य

पोखराका ‘अन्डररेटेड’ गन्तव्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखराका ‘अन्डररेटेड’ गन्तव्य

केही दिन ढिलाइ गरेर मनसुनले नेपालबाट बिदाइ लिइसकेको छ। यससँगै शरद् ऋतुको आगमन भएको छ। शरद्ले शीतल मौसम मात्रै भित्र्याउँदैन, चाडपर्वको उल्लास पनि लिएर आउँछ। परिवार र साथीसँगीबीचको भेटघाट, हर्षोल्लास र घुमघामले यो समयलाई थप रमाइलो बनाउँछ। पर्वको बिदामा साथीभाइ भेट्ने, घुम्ने र फिरन्ते बनेर नयाँ ठाउँ नियाल्ने अवसर पनि हो यो। धुम्म मौसमपछि हिमाल खुलेर हाँसेको छ। हाँसिरहेको माछापुच्छ्रे हेर्नेको मुख्य गन्तव्य हो, पोखरा। घुम्न चाहने धेरैको ‘बकेट लिस्ट’मा पोखरा पर्छ। तर पोखरामा घुम्नका लागि फेवाताल र हेर्नका लागि माछापुच्छ्रे मात्रै छैनन्। पोखरा पुगेपछि हिमालको दृश्य धेरै ठाउँबाट देख्न सकिन्छ। तर हिमाल नियाल्न उत्कृष्ट ठाउँ कुन हो? एकाबिहानै हिमालको दृश्य नियालेपछि थोरै पैदल यात्रा गर्दै हाइकिङको मज्जा लिन चाहनेका लागि ड्यामसाइडबाट नयाँ गन्तव्य सुरु हुन्छ। ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ’ भन्ने गीत त पक्कै सुन्नुभएको होला। माछापुच्छ्रे गीतमा मात्रै फेवातालमा पौडिन्छ कि साँच्चै? त्यो दृश्य धेरैको नजरबाट टाढा छ। मौसम खुलेका बेला बिहान फेवातालमा पौडिरहेको जस्तो देखिने माछापुच्छ्रेको प्रतिबिम्ब नियाल्न सकिन्छ। त्यसका लागि उपयुक्त ठाउँ हो, ड्यामसाइड। यहाँबाट हिमालको दृश्य हेर्न बिहानको समय राम्रो हुन्छ। रुपाताल। एकाबिहानै हिमालको दृश्य नियालेपछि थोरै पैदल यात्रा गर्दै हाइकिङको मज्जा लिन चाहनेका लागि ड्यामसाइडबाट नयाँ गन्तव्य सुरु हुन्छ। ड्यामसाइडबाट रानीवन हुँदै उकालो लागेपछि करिब डेढ घण्टामा शान्ति स्तूप पुग्न सकिन्छ। यहाँबाट हिमशृङ्खलाको फरक दृश्य देखिन्छ। तालैतालको सहर भनेर चिनिने पोखराका अन्य तालमा तपाईं नपुग्नुभएको पनि हुन सक्छ। हिँड्न नरुचाउने र सवारीसाधनमा यात्रा गर्न चाहनेका लागि पनि शान्ति स्तूप राम्रो गन्तव्य हो। त्यहाँबाट केही माथि रहेको ५१ फिट अग्लो मूर्तिले धार्मिक पर्यटकलाई लोभ्याउँछ। डाँडाबाट फेवाताल र हिमशृङ्खलाको फराकिलो दृश्य देख्न सकिन्छ। यसका लागि पनि बिहानको समय उपयुक्त हुन्छ। फेवाताल र पोखरा पर्यायजस्तै बनिसकेका छन्। तर पोखरामा घुम्नका लागि फेवाताल मात्रै छैन। तालैतालको सहर भनेर चिनिने पोखराका अन्य तालमा तपाईं नपुग्नुभएको पनि हुन सक्छ। गोर्खा म्युजियम। बेगनास, रूपा, दिपाङ, खास्टे, मैदी, न्युरेनी र गुँदे तालले पोखरालाई तालैतालको सहरका रूपमा चिनाएका छन्। बेगनासको माझीकुनाले पर्यटकलाई तानिरहेको छ। माझीकुनाबाट नियाल्न सकिने रूपा र बेगनास तालको दृश्यले पनि पर्यटकलाई लोभ्याउँछ। बजारको रमझमबाट टाढा बस्न चाहनेका लागि बेगनास वा रूपा राम्रो रोजाइ हुन सक्छ। धेरैले रूपा र बेगनासको नाम सुनेका छन्। तर, दिपाङ ताल भने तुलनात्मक रूपमा कम चर्चित गन्तव्य हो। ‘हनिमुन लेक’का रूपमा समेत परिचित यो ताल शान्त र एकान्त वातावरण खोज्नेका लागि अर्को राम्रो विकल्प हो। सराङकोट मात्रै होइन, काहुँडाँडा पनि सूर्योदय हेर्नका लागि सराङकोटले आफ्नो पहिचान बनाइसकेको छ। केबलकारको सुविधाले सराङकोटसम्म पुग्न पनि सहज भएको छ। हिमालको दृश्यसँगै पोखरा बजार नियाल्न चाहनेका लागि काहुँडाँडा अर्को रमणीय गन्तव्य हो। साँझ वा राति घुम्न रुचाउनेले झिलिमिली पोखरा र छेउमै रहेको फेवातालको लोभलाग्दो दृश्यको आनन्द लिन सक्छन्। यहाँबाट फेवाताल देखिँदैन। तर एकातिर नजिकै देखिने हिमाल र अर्कोतिर फैलिएको पोखरा बजारको दृश्य आँखामा कैद गर्न सकिन्छ। शान्ति स्तूप, सराङकोट, काहुँडाँडा र पुम्दीकोटबाट देखिने दृश्य फरक-फरक छन्। शान्ति स्तुपबाट देखिएको फेवाताल र पोखरा बजार। बिहान उठेर घुम्न रुचाउनेले यी स्थानबाट हिमाल, पोखरा बजार र फेवातालको दृश्य नियाल्न सक्छन्। बिहान देखिने दृश्य जत्तिकै रमाइलो साँझ र रातको दृश्य पनि हुन्छ। साँझ वा राति घुम्न रुचाउनेले झिलिमिली पोखरा र छेउमै रहेको फेवातालको लोभलाग्दो दृश्यको आनन्द लिन सक्छन्। मौसम सफा रहे चन्द्रमाको उज्यालोमा टल्किरहेको हिमाल देख्न पाउनु अर्को विशेष अनुभव हुन सक्छ। गुफादेखि खोँचसम्मको रोमाञ्च पाताले छाँगो (डेभिस फल) पोखरा घुम्न आउने पर्यटकका लागि अर्को आकर्षक गन्तव्य हो। तर पानीको बहाव बढ्ने वर्षायाममा यसको दृश्य अझ रोमाञ्चक हुन्छ। यद्यपि, अन्य समयमा पनि यहाँ घुम्न सकिन्छ। महेन्द्र गुफा, चमेरे गुफा, हरिहर गुफा र सन्यासी गुफालगायतका स्थान पनि घुम्नलायक छन्। छाँगो नजिकै रहेको गुप्तेश्वर महादेव गुफाले यात्रालाई थप रोमाञ्चक बनाउँछ। यस गुफाबाट पाताले छाँगोको खोँचमा बग्ने पानीलाई नजिकबाट हेर्न सकिन्छ। गुफाको टिकट काउन्टरमा दुई प्रकारका टिकट उपलब्ध छन्। एउटा मन्दिरसम्म पुग्नका लागि र अर्को खोँचको नजिकसम्म पुग्नका लागि हो। पानीको बहाव धेरै भएको समयमा मन्दिरबाट तल जाने बाटो बन्द गरिन्छ। पाराग्लाइडिङको रमाइलो। यसका अतिरिक्त महेन्द्र गुफा, चमेरे गुफा, हरिहर गुफा र सन्यासी गुफालगायतका स्थान पनि घुम्नलायक छन्। गुप्तेश्वर गुफाबाट देखिने पाताले छाँगोको खोँचले आकर्षित गर्नेहरूका लागि सेतीको खोँच अर्को गन्तव्य हुन सक्छ। सेतीको खोँच हेर्न केआई सिंह पुलछेउको पार्क उपयुक्त ठाउँ हो। यही क्षेत्रबाट चमेरे र महेन्द्र गुफा पनि जान सकिन्छ। केआई सिंह पुलनजिकै गोरखा मेमोरियल संग्रहालय छ। दोस्रो विश्वयुद्धसँग जोडिएको गोरखा इतिहास बुझ्न र हेर्न चाहनेका लागि यो संग्रहालय घुम्नैपर्ने ठाउँ हो। संग्रहालयमा रुचि राख्नेका लागि अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पनि राम्रो गन्तव्य हो। सेतीखोंच। साहसिक गतिविधिको मज्जा पोखराले आफ्नो रुचिअनुसार घुम्ने ठाउँ र गतिविधि रोज्ने अवसर दिन्छ। चहलपहल र पार्टी मन पराउनेका लागि लेकसाइडका क्लब र पार्टी पर्याप्त छन्। शान्त वातावरण रुचाउनेका लागि हनिमुन लेक, रूपा ताल र पोखरा आसपासका होमस्टे विकल्प हुन सक्छन्। यसका अतिरिक्त दसैँको बिदालाई रोमाञ्चक बनाउन चाहनेका लागि पोखरामा प्याराग्लाइडिङ, बन्जी र अल्ट्रालाइट उडानजस्ता साहसिक गतिविधिको अनुभव लिन सकिन्छ। प्याराग्लाइडिङ र अल्ट्रालाइट उडानका लागि मौसम अनुकूल हुनु महत्त्वपूर्ण हुन्छ। साइकल यात्रा गर्न चाहने पर्यटकले लेकसाइडको होहल्लाबाट टाढा शान्त फेवाताल आसपास घुम्न सक्छन्। साइकल यात्रालाई थप रोमाञ्चक बनाउन शान्ति स्तूप वा अन्य गन्तव्य पुग्न सकिन्छ। सहज र रमाइलो साइकल यात्रा गर्न चाहनेका लागि पामे अर्को विकल्प हो। रानीबन हाइकिङ क्षेत्र। पुरानो पोखरामा इतिहास र संस्कृति पर्यटनको सुरुवात भएको ड्यामसाइडदेखि पामे र खपौँदीतिर सर्दै गएको पोखराको पर्यटन बजार, तालैतालको सहर र हिमशृङ्खलाको अद्भुत दृश्यले जोकोहीलाई आकर्षित गर्छ। यी सबै ठाउँ पुगिसकेपछि पोखरा घुमेको महसुस हुन सक्छ। तर पोखराको एउटा महत्त्वपूर्ण पक्ष छुट्न सक्छ-पुरानो बजारको जीवन्त इतिहास। मोहरिया टोल र गणेश टोलका बस्ती पोखरा बजारको पुरानो इतिहास बोकेर बसेका छन्। यी टोलमा नेवारी संस्कृतिको झल्को पाइन्छ। पुरानो शैलीमा बनेका माटोका घरले यहाँको ऐतिहासिक पहिचान जोगाइरहेका छन्। मुख्य बजार चिप्लेढुङ्गाबाट बायाँ लागेर सिद्धार्थचोक हुँदै भैरव टोल, मोहरिया टोल, गणेश टोल र विन्ध्यवासिनी क्षेत्रसम्म पुगेर पुरानो पोखरा बजारको यात्रा गर्न सकिन्छ। इतिहास र संस्कृति मन पराउनेका लागि यो यात्रा रमणीय हुन सक्छ। रमाइलो के छ भने यी ठाउँ साइकल यात्रामार्फत पनि घुम्न सकिन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

महिला कबड्डी कप्तानको असन्तुष्टिपछि कबड्डी सङ्घले भन्यो– पुरस्कारसम्बन्धी नियम संशोधन गरियोस्
ताजा खबरJust now

महिला कबड्डी कप्तानको असन्तुष्टिपछि कबड्डी सङ्घले भन्यो– पुरस्कारसम्बन्धी नियम संशोधन गरियोस्

काठमाडौँ। महिला राष्ट्रिय कबड्डी टोलीकी कप्तान मानमति विष्टले खेलाडीलाई दिइने पुरस्कार रकम र राज्यको प्राथमिकताबारे असन्तुष्टि व्यक्त गरेपछि अखिल नेपाल कबड्डी सङ्घले यस विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। सङ्घले खेलाडीको पुरस्कार... ...

रातोपाटी
मिस टिन युनिभर्स नेपाल २०२६ को उपाधि साक्रिन श्रेष्ठलाई
ताजा खबरJust now

मिस टिन युनिभर्स नेपाल २०२६ को उपाधि साक्रिन श्रेष्ठलाई

काठमाडौं- मिस टिन युनिभर्स नेपाल २०२६ को उपाधि साक्रिन श्रेष्ठले जितेकी छन्। काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा अक्टोबर ३ मा सम्पन्न प्रतियोगितामा उनले अन्य आठ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्। प्रतियोगितामा देशका विभिन्न स्थानबाट आएका नौ जना किशोरीले सहभागिता जनाएका थिए। सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व, प्रतिभा तथा उद्देश्यलाई आधार बनाएर आयोजना गरिएको प्रतियोगिताको अन्तिम चरणपछि विजेतासहित शीर्ष तीन प्रतिस्पर्धीको घोषणा गरिएको ...

नेपालन्युज
राष्ट्रपति पौडेलद्वारा उपत्यकाका नौ शक्तिपीठको दर्शन
ताजा खबरJust now

राष्ट्रपति पौडेलद्वारा उपत्यकाका नौ शक्तिपीठको दर्शन

काठमाडौँ । बडादसैँ २०८३ का अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार काठमाडौँ उपत्यकाका विभिन्न नौ शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती मन्दिर पुगेर पूजाअर्चना तथा दर्शन गर्नुभएको हो। बडादसैँमा शक्तिस्वरूपा दुर्गा भवानीको विशेष आराधना गर्ने धार्मिक परम्परा छ। यस अवसरमा देवीको पूजा, पाठ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play