पोखरा विमानस्थलमा कम दृश्यतामै उडान हुने प्रणाली लागू गरिँदै, चार महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ (रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथराइजेसन रिक्वायर्ड) प्रणाली लागू गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक प्राविधिक अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । हाल यस विमानस्थलमा ‘भिओआर/डिएमई’ तथा ‘आइएलएस’ प्रणालीमा आधारित हवाई उडान हुँदै आएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले ‘आरएनपी–एआर’ प्रणाली लागू भएपछि कम दृश्ययता (भिजीबिलिटी) हुँदा पनि हवाई उडान हुने बताए । अहिले पोखरामा तीन हजार १०० मिटर दृश्यतामा विमान उडान तथा अवतरण भइरहेकामा उक्त प्रणाली लागू भएपछि दुई हजार मिटर दृश्यतामा उडान हुने उनको भनाइ छ । ‘यो प्रणाको मुख्य फाइदा भनेको नै कम भिजीबिलिटीमा उडान अवतरण हुनु हो, यसबाट उडान रद्द हुने, डाइभर्सन हुनेजस्ता समस्या कम हुन्छ’, उनले भने । आगामी चार महिनाभित्रमा उक्त प्रणाली कार्यान्वयनमा ल्याउने गरी प्राधिकरणले प्रक्रिया अगाडि बढाएको महाप्रबन्धक निरौलाले बताए । उक्त प्रणाली सञ्चालनका लागि जहाजमा पनि सोहीअनुसारको उपकरण जडान गर्नुपर्ने र विमान चालकले तालिम लिनुपर्ने उनको भनाइ छ । यो प्रणाली कार्यान्वयनमा आएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान थप सहज हुने जनाइएको छ । आवश्यक प्राविधिक तथा नियमाकीय प्रक्रिया पूरा गरी उक्त प्रणाली कार्यान्वयनमा आउने प्राधिकरणले जनाएको छ । यसबाट हवाई उडान सञ्चालनको सुरक्षा, नियमितता र पूर्वानुमानयोग्य उडान हुने विश्वास लिइएको छ । कम दृश्यताका कारण हवाई उडान सञ्चालनमा आउने अवरोध न्यूनीकरण र यात्रुलाई थप भरपर्दो हवाई सेवा प्रदान हुने जनाइएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै
तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा हराउँदै गएको छ । कुनै समय गाउँगाउँमा अखडा बनाएर प्रसिद्ध पहलवान बोलाई कुस्ती खेलाउने चलन रहे पनि अहिले त्यस्ता गतिविधि घट्दै गएको संस्कृतिविद् रामदयाल राकेशले बताए । राकेशका अनुसार तराई–मधेशमा दशैँ केवल धार्मिक अनुष्ठानमा सीमित थिएन । दुर्गापूजासँगै मेला, भजनकीर्तन र कुस्ती प्रतियोगिता गाउँघरका प्रमुख मनोरञ्जनका माध्यम थिए । गाउँका मानिस मिलेर चन्दा ...

विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित
प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज बिहान ६ बजेसम्म गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका सडक खण्डहरू प्राकृतिक विपदका कारण प्रभावित भएका हुन् म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–०२, बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ । गत असोज १० गते बिहान ५ः५० ...

लेक, पाटन र खर्क संरक्षण गर्दै कर्णाली सरकार
अव्यवस्थित पूर्वाधार निर्माण र जलवायु परिवर्तनका कारण लेकाली क्षेत्रको प्राकृतिक वातावरण प्रभावित हुन थालेपछि प्रदेश सरकारले संरक्षणका कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन लागेको हो। ...

महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेको ठाउँमा नयाँ दुबो रोपिने, खर्च कांग्रेसले बेहोर्ने
३० असोज, काठमाडौं । महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेका दुबोको स्थानमा नयाँ दुबो रोप्ने, स्याहार गर्ने तथा हुर्काउने विषयमा नेपाली कांग्रेसले माउन्ट एभरेस्ट इभेन्ट्ससँग सम्झौता गरेको छ। सम्झौताअनुसार क्षति भएका स्थानमा नयाँ दुबो रोप्नुका साथै त्यसको उचित स्याहार र संरक्षण गरिनेछ । उक्त कार्यका लागि लाग्ने सम्पूर्ण खर्च कांग्रेसले व्यहोर्ने सहमति भएको छ। सम्झौताको अवधि… ...


