Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Others/विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित

विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित

10/16/2026, 8:12:48 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित

प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज बिहान ६ बजेसम्म गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका सडक खण्डहरू प्राकृतिक विपदका कारण प्रभावित भएका हुन् म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–०२, बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ । गत असोज १० गते बिहान ५ः५० बजेदेखि अवरुद्ध हुन पुगेको उक्त सडक खण्ड हाल एकतर्फीमा मात्र सुचारु रहेको छ । गोरखा जिल्लामा बाढीका कारण सडक आवागमन पूर्ण रूपमा ठप्प भएको छ । गत असोज २५ गते बिहान ५ः३० बजेदेखि आरुघाट गाउँपालिका–२, ३ र सोही गाउँपालिकाको वडा नम्बर ९ नयाँपुलस्थित सोतिमा रहेको फलामे पुल तथा गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

चार दिन काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
OthersJust now

चार दिन काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जनाएको छ । महानगरपालिकाका अनुसार दसैँको मुख्य दिनका अवसरमा सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने भएकाले उक्त अवधिमा फोहोर व्यवस्थापन प्रभावित हुने भएको हो । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले उक्त अवधिमा घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने ...

पर्दाफास
प्रतियोगितामा नखुम्चियोस् झिझिया
OthersJust now

प्रतियोगितामा नखुम्चियोस् झिझिया

झिझिया केवल हामीले प्रस्तुत गर्ने नृत्य होइन। यो हामीले पुर्खाबाट पाएको सम्पदा, समुदायसँग बाँड्ने ज्ञान र आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने साझा जिम्मेवारी हो। ...

अनलाइन खबर
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
OthersJust now

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ८० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८० रुपैयाँ र सानो (टनेल) गोलभेडा ९० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५० रुपैयाँ, भारतीय रातो आलु ३० ...

पर्दाफास
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६७४ जनालाई कारबाही
OthersJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६७४ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत १९, रातोबत्तीमा २७ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ८६, हर्न निषेधमा ११, लेन क्रसमा १४, अवस्था ठिक नभएको १५ र एकतर्फिमा ४ अन्यमा ४१८ जना ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play