पोखरा विमानस्थल प्रकरणमा पूर्वमुख्यसचिव पौडेललाई बकपत्रका लागि बोलाइयो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अर्बौं रुपैयाँको अनियमितता प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेललाई विशेष अदालतले बकपत्रका लागि बोलाएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले असोज २० गते पौडेललाई बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको हो । अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत सरकारी वकिल कार्यालयबाट उनलाई भौतिक रूपमा वा श्रव्यदृश्य माध्यमबाट उपस्थित गराउन भनेको छ । विशेष अदालत ऐन, २०५९ को दफा ७(क) बमोजिम पौडेललाई बुझ्नुपर्ने देखिएकाले बकपत्रका लागि उपस्थित गराउन आदेशमा उल्लेख छ । चीनका लागि पूर्वराजदूतसमेत रहेका पौडेल २०६९ साउनदेखि २०७२ साउनसम्म मुख्यसचिव थिए । पोखरा विमानस्थल निर्माणसम्बन्धी महत्वपूर्ण नीतिगत निर्णय भएको समयमा उनी प्रशासनिक नेतृत्वमा रहेकाले यस प्रकरणमा उनको भूमिकाबारे प्रश्न उठ्दै आएको थियो । पोखरा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन २०६५ सालदेखि सुरु भएको थियो । २०६६ सालमा युवराज खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहेका बेला आयोजनाको अवधारणा अघि सारिएको थियो । त्यसपछि २०६७ साल जेठमा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडलमा चिनियाँ ठेकेदारमार्फत आयोजना अघि बढाउने गरी मन्त्रिस्तरीय निर्णय गरेका थिए । २०६८ माघ २६ गते आयोजनाका लागि बोलपत्र आह्वान गरिएको थियो । २०६९ भदौ ११ गते विमानस्थल निर्माणसम्बन्धी फाइल मन्त्रिपरिषद्मा दर्ता नगरी फिर्ता पठाएको आरोप पौडेलमाथि लाग्दै आएको छ । २०६९ फागुन ४ गते मन्त्रिपरिषद्ले विमानस्थल निर्माणसम्बन्धी अन्तिम निर्णय गर्दा पनि उनी मुख्यसचिवकै जिम्मेवारीमा थिए । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई पदबाट हट्नुभन्दा करिब एक महिनाअघि भएको उक्त निर्णयलाई यस प्रकरणको महत्वपूर्ण घटनाक्रमका रूपमा लिइन्छ । यद्यपि, पौडेल प्रत्यक्ष घोटालामा संलग्न रहेको पुष्टि हुने आधार नदेखिएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थिएन । पूर्वमन्त्री र सचिवसहित दर्जनौँ व्यक्तिविरुद्ध मुद्दा चलाइए पनि पौडेललाई प्रतिवादी बनाइएको छैन । आयोजनासम्बन्धी फाइल फिर्ता गरेको, समयमा निर्णय नदिएको तथा आवश्यक कानुन निर्माणका लागि पर्याप्त पहल नगरेको विषयमा भने उनीमाथि प्रश्न उठ्दै आएको छ । विशेष अदालतले बकपत्रका लागि बोलाएको विषयलाई पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको वा उनलाई प्रतिवादी बनाइएको अर्थमा बुझ्न नहुने कानुनी पक्ष छ । विशेष अदालत ऐनको दफा ७(क) अन्तर्गत साक्षीका रूपमा बयान लिने र सरकारी साक्षीका रूपमा प्रस्तुत गरिने व्यक्तिको कानुनी हैसियत फरक हुन्छ । चीनको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य २०७४/७५ तिर सुरु भई २०७९ सालमा सम्पन्न भएको थियो । आयोजनाको अवधारणा निर्माण, ठेक्का प्रक्रिया, नीतिगत निर्णय र कार्यान्वयनका विभिन्न चरणमा प्रधानमन्त्री, मन्त्री तथा सरकारी कर्मचारीहरू जोडिएका थिए । चाइना एक्जिम बैंकसँग भएको सम्झौताअन्तर्गत दिइएको कर छुट र धावनमार्ग सम्याउने ठेक्कामा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ । यस प्रकरणमा अख्तियारले तीन चरणमा मुद्दा दायर गरेको थियो । पहिलो चरणमा ५५ जनालाई प्रतिवादी बनाइएको थियो भने दोस्रो चरणमा २१ व्यक्ति र दुई कम्पनीविरुद्ध मुद्दा दायर गरिएको थियो । अन्तिम चरणमा थप १३ जनालाई प्रतिवादी बनाइएको थियो । राजनीतिक नेतृत्वतर्फ पूर्वमन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, ज्ञानेन्द्रबहादुर कार्की, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य प्रतिवादी छन् । कर्मचारीतर्फ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिवहरू सुरेशमान श्रेष्ठ, सुशील घिमिरे, शंकर अधिकारी, सुरेश आचार्य र मोहनकृष्ण सापकोटासहित नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी, पूर्वनिर्देशक मुरारी भण्डारी, उपनिर्देशक हंसराज पाण्डे र राष्ट्रिय गौरव आयोजना निर्देशक बाबुराम पौडेललगायत छन् । यस प्रकरणमा नीतिगत निर्णयमा सहभागी भएका अधिकांश कर्मचारी अवकाशमा गइसकेका छन् । नलिञ्चोक हेलिपोर्ट निर्माणमा समेत अनियमितता गरेको आरोप लागेका प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी हाल मुद्दा पुर्पक्षका लागि भद्रगोल कारागारमा छन् भने हंसराज पाण्डे र बाबुराम पौडेल साधारण तारिखमा छुटेका छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

डिगोमा अब नेपाली फिल्मसँगै जिओहटस्टारका फिल्म तथा सिरिजहरू
नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामग्रीहरूको प्रस्तुति थालेको छ । दक्षिण एसियाली समुदायको ठूलो हिस्सा रहेको मध्यपूर्व र उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्रै, डिगोमार्फत नेपाल प्रवेश गर्दै जिओहटस्टारले आफ्नो विश्वव्यापी विस्तारलाई निरन्तरता दिएको हो । भारतसँगको गहिरो सांस्कृतिक सम्बन्ध र भारतीय फिल्म तथा टेलिभिजनप्रतिको लामो समयदेखिको आकर्षणलाई आधार बनाउँदै जिओहटस्टारलाई विश्वभरका नेपाली दर्शकहरूमाझ समेत पु¥याउने यो ...

कर्णालीका सडकमा मध्यरात ट्राफिक जागेपछि…
२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुनसान छ । दसैँ लागेसँगै जिल्ला छोड्नेहरू बढिरहेका छन् । अन्य दिनमा भरिभराउ हुने सड्कहरु अचेल खाली देखिन थालेका छन् । राजधानीमा मानिसहरूको चाप विस्तारै घट्दो छ । उसो त अन्य दिनहरूमा पनि राति ८ बजे नै वीरेन्द्रनगर बजार सुनसान बन्छ । पसलहरू सबै बन्द भइसकेका हुन्छन्… ...

अबोध पशुप्राणीमाथि हुने क्रूरताविरुद्ध एक्लै लडिरहेकी आशिका तामाङ
दसैंको माहौल छ । मान्छेहरू मूल घर फर्कँदैछन् । जमघट, भलाकुसारीसँगै मिठोमसिनो खाने क्रम सुरु भएको छ । तर, यही माहौलमा आशिका तामाङको धपेडी फरक छ । उनी दसैंकै छेकमा अबोध र आवाजविहीन प्राणीमाथि हुने अत्याचारविरुद्ध एक्लै लडिरहेकी छिन्, एक्लै बोलिरहेकी छिन् । राँगा, भैंसी, खसीबोका आदिलाई ढुवानी गर्दा अपनाइने अत्यन्तै क्रूर तरिकाविरुद्ध उनी आवाज… ...

हिलोले लतपतिएको आशा : क्षतिको पीडाबीच स्थायित्वको खोजीमा बाढीपीडित
टिनको छानो भएको कोठाभित्र नाङ्सी तामाङ रातो माटोले भुइँ लिपिरहेकी छन्। माटो सुकेपछि उनी र उनका श्रीमान् सिंहबीर तामाङका लागि बस्न नयाँ घर तयार हुनेछ। गत अगस्ट २६ मा रसुवाको खाल्टेमा रहेको उनीहरूको बस्ती हिउँ, पानी र गेग्रानसहित आएको बाढीले बगाएपछि उनीहरू घरबारविहीन भएका थिए। आफन्तले फोनमार्फत बाढीको चेतावनी दिएपछि उक्त वृद्ध दम्पतीसँग त्यस दिन लगाएका कपडाबाहेक केही पनि बाँकी रहेन। नदी किनारमा ...


