पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ। पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ। यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरूले यसवर्ष पर्यटकीय अनुकुल याम नसकिंदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ। मुस्ताङमा बर्सेनि दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजहरूले पोखरा—जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन्। जोमसोमस्थित नागरिक उड्ययन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार अघिल्लो साता तारा एयरलाइन्सले र सोमबारदेखि समिट एयरलाइन्सको नियमित हवाई उडान सेवा बन्द गरेका हुन्। मुस्ताङमा अगस्टदेखि नोभेम्बरसम्म पोखरा–जोमसोम हवाई सेवा नियमित रुपमा सञ्चालन हुने गरेको थियो। प्रमुख शर्माका अनुसार तारा एयरका तीनमध्ये एउटा जहाज मर्मतका भइरहेको र समिट एयरको चारमध्ये एउटाको मर्मतका लागि लैजाने तयारी भइरहेको छ। जोमसोमस्थित समिट एयरलाइन्सनका स्टेशन इञ्चार्ज सुमन थकालीले रसुवाको विनाशकारी बाढी घटना र देशका विभिन्न स्थानमा बाढी पहिरोले सडकमार्ग अवरुद्ध हुने जस्ता घटनाका कारण हवाई यात्रुहरुले बुकिङ रद्द गरेका कारण नियमित हवाई उडान स्थगित गर्नु परेको बताए। यद्यपि चार्टर उडान भने नरोकिने उनको भनाइ छ। यी दुई हवाई कम्पनीले बर्सेनि एक हजार २०० भन्दा बढी नियमित हवाई उडान सेवा गर्दै आएका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

फेरि विवादमा आनी छोइङ
बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा आफ्नो स्वर र सामाजिक सेवाका कारण नेपालभित्र मात्र होइन अन्तर्राष्ट्रिय रूपमा पनि परिचित छिन्। ‘फूलको आँखामा फूलै संसार’ जस्ता गीत गाएकी उनले भिक्षुणीहरूको शिक्षाका लागि विद्यालय स्थापना गरेकी छन्। मिर्गौलाका बिरामीको उपचारमा सहयोग गर्ने संस्था सञ्चालन गरेकी छन्। तुइन विस्थापनका लागि सरकारलाई एक करोड रुपैयाँ सहयोगसमेत दिएकी थिइन्। तर उनको सार्वजनिक जीवनसँग आर्थिक विवाद ...

महानवमीमा गोदावरी नौधारामा पूजाआजा गर्ने श्रद्धालुको घुइँचो (फोटो फिचर)
• महानवमीको अवसरमा गोदावरी नौधारामा पूजाआजा गर्न श्रद्धालुको भीड लागेको छ। • आज बिहानदेखि श्रद्धालुहरू पूजाआजा गर्न उपस्थित भएका छन्। ...

किन फस्टाउन सकेन नेपालमा ‘ओटीटी’ प्लेटफर्म ?
काठमाडौँ । एक समय फिल्म हेर्न दर्शकलाई सिनेमा हलमै पुग्नुपर्ने बाध्यता थियो । दुई–तीन घण्टाको फिल्म हेर्न टिकट काट्नेदेखि आउनेजाने गर्दा दर्शकले पाँच घण्टाभन्दा बढी समय खर्चिनुपर्थ्यो । डिजिटल प्रविधिको तीव्र... ...

कोलम्बियाको अवैध सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते
नारिनो । कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। क्षेत्रीय अधिकारीहरूका अनुसार... ...


