पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन्। परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुदैँछ। सो सम्मेलनलाई पूर्व राष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि आयोजना गरिएको छ। फोरममा संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तरराष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापना कार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवर्द्धन, अन्तरराष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तरराष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिकालगायतका विषयमा छलफल हुनेछ। त्यसैगरी सो सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा पनि बहस हुने बताइएको छ। पूर्व राष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

गर्जुरा क्षेत्रबाट तम्घास आसपासका दृश्य
धार्मिक एवं पर्यटकीय क्षेत्र अर्जुनको काखमा देखिएको गुल्मीको सदरमुकाम तम्घास बजार र आसपासका दृश्य । ...

दशैँको दोस्रो दिनमै विदेशिँदै युवा
बिहीबार बडादशैँको दोस्रो दिन हो । रोजगारीलगायत विभिन्न कामका लागि युवा विदेशिने क्रम जारी रहेको छ । ...

नेपाल सरकारका वेबसाइट डाउन गराउने पीएचपी के हो? विश्वभरका ३ करोड वेबसाइट जोखिममा
काठमाडौं । वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा भेटिएका गम्भीर सुरक्षा कमजोरीका कारण विश्वभर करिब तीन करोड वेबसाइट प्रभावित हुन सक्ने साइबर सुरक्षा विज्ञले चेतावनी दिएका छन् । नेपालसहित संसारभरका करोडौं सरकारी साइट बन्द छन् । बेलायती साइबर सुरक्षा विज्ञ तथा युनिभर्सिटी अफ सरेको सेन्टर फर साइबर सेक्युरिटीका प्राध्यापक एलन वुडवर्डका अनुसार, यी कमजोरीको दुरुपयोग गरेर आक्रमणकारीले ...

बाढीपहिरोले क्षति सडक तथा पुल मर्मतका लागि सिफारिस
तनहुँ। गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँका विभिन्न सडक, पुल तथा कल्भर्टमा क्षति पुर्याएको छ । क्षति भएका संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सम्बन्धित निकायमा सिफारिस गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार बाढीपहिरोबाट क्षति पुगेका सडक तथा संरचनाको विवरण संकलन गरी आवश्यक पुनर्निर्माण ...


