पार्टीभित्रको तिक्तता र असहिष्णुता हटाएर सहकार्य गर्न नसक्ने अवस्थाको अन्त्य गर्नुपर्छ : गगन थापा

पोखरा, कात्तिक १० । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको तिक्तता, कटुता र असहिष्णुता हटाएर प्रतिस्पर्धाका कारण एकअर्कासँग सहकार्य गर्न नसक्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनु भएको छ । बिपी स्मृति पुस्तकालयले मंगलवार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो घोषणा गर्नुभएको हो । अधिवेशनबाट नेतृत्व चयन गर्नुका साथै पार्टीले गरेका निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई छ । पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा भए पनि त्यसलाई आम निर्वाचनको जस्तो जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने प्रक्रियाका रूपमा लिन नहुने पनि थापाले बताउनु भयो । ‘पार्टीभित्र सबैले आफ्नो भूमिका र स्थान पाउनुपर्छ। केन्द्रीय समितिमा प्रतिस्पर्धाका कारण जिम्मेवारीबाट बाहिरिएका योग्य साथीहरूलाई समेत समेटेर अघि बढ्नुपर्नेछ। पार्टीभित्र त सबैले स्पेस पाउनुपर्छ। जित्नेले हस्तिनापुर पाएको जस्तो र हार्ने चाहिँ गयो भन्ने जस्तो होइन,’ थापाले भन्नुभयो । सभापति थापाले प्रतिस्पर्धामा सहभागी भएका नेताहरूले त्यसबाट अनुभव र सिकाइ प्राप्त गर्ने उल्लेख गर्दै विभिन्न व्यक्तिका फरक फरक योग्यता, अनुभव र क्षमतालाई पार्टीको हितमा उपयोग गर्नुपर्ने बताउनु भयो। पार्टीभित्रको तिक्तता, कटुता र असहिष्णुता हटाउनुपर्ने भन्दै प्रतिस्पर्धाका कारण एकअर्कासँग सहकार्य गर्न नसक्ने अवस्था अन्त्य गर्नुपर्ने निर्देशन पनि दिनुभयो । यस्तो थापाले पार्टीको अधिवेशनमा वडादेखि केन्द्रसम्म संस्थागत रूपमा गुट निर्माण हुने परिपाटी अन्त्य गर्ने प्रयास गरिएको बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पार्टीका प्रदेश र जिल्ला अधिवेशनको मिति तय गरिने बताउनु भएको छ । केन्द्रीय समिति बैठकमा छलफल गरेर प्रदेश र जिल्लाको अधिवेशनको मिति तय गरिने बताउनु भयो । ‘हामीले केही समयपछि प्रदेशको अधिवेशन गर्नुपर्ने छ, जिल्लाको अधिवेशन गर्नुपर्ने छ। अब केन्द्रको बैठक राखेर साथीहरूसँग सल्लाह गर्छु। स्थानीय चुनाव पनि आउँदै छ, त्यसलाई समेत ध्यानमा राखेर तिथिमिति तय गर्छाैं,’ सभापति थापाले भन्नुभयो । सभापति थापाले नेपालको इतिहासमा धेरै प्रतिनिधि एकै ठाउँमा भेला भएर सम्पन्न भएको कांग्रेसको पहिलो अधिवेशन भएको दाबी समेत गर्नुभयो । अधिवेशनको व्यवस्थापन चुनौतीपूर्ण भए पनि सबैको साथ र सहयोगमा सफलतापूर्वक सम्पन्न भएको थापाको भनाइ छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
नेप्सेमा आज सामान्य वृद्धि आएको छ । आज मंगलबार नेप्से ०.९४ अंकले घटेर २६३०.७६ विन्दुमा पुगेर रोकिएको छ । आज ३६० कम्पनिका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता शेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ मा कारोबार भएको थियो । आज हाइड्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा ...

तिहारमा ५२ लाख फूलका माला खपत हुने, विदेश जाँदै मखमलीका २ लाख माला
फूल उत्पादन र बजार हरेक वर्ष विस्तार हुँदै जाँदा यसले कृषक तथा पुष्प व्यवसायीको आम्दानी वृद्धि र आयात प्रतिस्थापनमा ठूलो योगदान पुर्याएको छ । ...

स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’को ट्रेलर सार्वजनिक, शनाया दोहोरो भूमिकामा
करण जोहरको चर्चित फिल्म फ्रेन्चाइज ‘स्टुडेन्ट अफ द इयर’ अब नयाँ वेब सिरिजका रूपमा दर्शकमाझ आउने भएको छ । ‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’ नाम दिइएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ । यसमा अभिनेत्री शनाया कपुर दोहोरो भूमिकामा देखिनेछिन् । यसपटक सिरिजमा कलेजको प्रेम, ग्ल्यामर र प्रतिस्पर्धाभन्दा हत्या रहस्य र रोमाञ्चलाई प्राथमिकता दिइएको… ...

ट्यांकी छ, घर-घरमा धारा छ तर पानी देख्नै मुस्किल
काठमाडौं । गाउँमा खानेपानीको ट्यांकी बनेको छ । मुहानबाट पानी ल्याउन पाइप विस्तार गरिएको छ । घरघरमा धारा जडान गरिएका छन्। गाउँपालिकाले बजेट र पाइप उपलब्ध गराएको छ, स्थानीयवासीले श्रमदानसमेत गरेका छन् । हेर्दा खानेपानीको समस्या समाधान भइसकेको जस्तो लाग्छ । तर धाराबाट पानी बग्दैन। सुनकोशी गाउँपालिका–३ का ताम्लिङ, साधनबोट, मैनापुर र सिम्पानीका करिब ६०… ...


