Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

पहिलो चौमासिकमै ३ खर्ब ७८ अर्ब राजश्व संकलन, गत वर्षभन्दा १४.५६ प्रतिशत बढी

Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिलो चौमासिकमै ३ खर्ब ७८ अर्ब राजश्व संकलन, गत वर्षभन्दा १४.५६ प्रतिशत बढी
Photo / Coverage: पर्दाफास

सरकारले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो चौमासिकमा ३ खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार मंसिर १ गतेसम्म सरकारले ३ खर्ब ७८ अर्ब २३ करोड ३३ लाख रुपैयाँ राजश्व संकलन गरेको हो । सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । तर अर्थमन्त्री डा. स्वर्णिम वाग्लले १९ अर्ब ६८ करोड भन्दा बढी बढाएर राजश्व प्राप्त गर्ने भन्सार विभाग र आन्तरिक राजश्व विभागलाई ‘मिसन १६ खर्ब’ राजश्व संकलन गर्ने लक्ष्यका साथ अगाडि बढ्न निर्देशन दिएका छन् । यसअनुसार पहिलो चौमासिकको अवधिसम्म वार्षिक लक्ष्यको २३.९३ प्रतिशत राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सरकारले ३ खर्ब ३० अर्ब १६ करोड ८७ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । यस वर्ष अघिल्लो वर्षको तुलनामा ४८ अर्ब ६ करोड ४६ लाख रुपैयाँ बढी राजश्व उठेको छ । यो १४.५६ प्रतिशतको वृद्धि थियो । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर राजश्व संकलन पनि बढेको छ । मंसिर १ गतेसम्म सरकारले ३ खर्ब ५५ अर्ब ७५ करोड ७८ लाख रुपैयाँ कर राजश्व संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३ खर्ब १० अर्ब ४२ करोड रुपैयाँ कर राजश्व संकलन भएको थियो । यस वर्ष कर राजश्व संकलन १४.६१ प्रतिशतले बढेको हो । त्यस्तै, गैरकर राजश्व संकलन २२ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ७४ करोड ८७ लाख रुपैयाँ गैरकर राजश्व संकलन भएको थियो । यसमा १३.८१ प्रतिशतको वृद्धि देखिएको छ । सरकारले प्राप्त गर्ने अनुदानमा समेत उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको मंसिर १ गतेसम्म ८ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ५० करोड ८१ लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो । यसअनुसार अनुदान प्राप्ति १४७.२३ प्रतिशतले बढेको छ । तर, अन्य प्राप्ति भने घटेको छ । अघिल्लो आर्थिक वर्षको मंसिर १ सम्म २ अर्ब ९९ करोड २७ लाख रुपैयाँ अन्य प्राप्ति भएकोमा चालु वर्षको सोही अवधिमा २ अर्ब ६९ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ । यो ९.९९ प्रतिशतको गिरावट हो । महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार चालु आर्थिक वर्षको मंसिर १ गतेसम्म सरकारको कुल प्राप्ति ३ खर्ब ८९ अर्ब ६० करोड ७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल प्राप्ति ३ खर्ब ३६ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ थियो । यसरी कुल प्राप्तिमा १५.७२ प्रतिशतको वृद्धि भएको छ । बजेट लक्ष्यको तुलनामा पनि सरकारको आम्दानीको प्रगति अघिल्लो वर्षभन्दा सुधार भएको छ । चालु आर्थिक वर्षको मंसिर १ सम्म कुल प्राप्तिको बजेट लक्ष्यको २३.७३ प्रतिशत संकलन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रगति २१.९६ प्रतिशत थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
OthersJust now

मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन् । ...

अनलाइन खबर
मुस्ताङमा चार महिनामा एक लाख १२ हजार पर्यटक भित्रिए
OthersJust now

मुस्ताङमा चार महिनामा एक लाख १२ हजार पर्यटक भित्रिए

साउनदेखि कात्तिकसम्म मुस्ताङ भित्रिने पर्यटकमध्ये ५७ हजार ८३१ नेपाली र ५४ हजार २१७ विदेशी रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । ...

अनलाइन खबर
यौन हिंसाका मुद्दामा पीडितलाई साक्षी जुटाउनुपर्ने व्यवस्था हटाउन सांसद विकको माग
OthersJust now

यौन हिंसाका मुद्दामा पीडितलाई साक्षी जुटाउनुपर्ने व्यवस्था हटाउन सांसद विकको माग

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले यौन हिंसासम्बन्धी मुद्दामा समेत पीडितलाई न्यायका लागि अदालतमा साक्षी उपलब्ध गराउनुपर्ने व्यवस्था हटाउनुपर्ने बताएकी छन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले जबरजस्ती करणीका मुद्दामा समेत पीडितलाई साक्षी उपलब्ध गराउनुपर्ने अवस्थाले पीडितलाई थप पीडा दिने बताइन् ...

पर्दाफास
भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता
OthersJust now

भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता

भारतमा श्रमिकहरु मौखिक सहमति वा बिचौलियामार्फत काममा जाने गरेका छन् । कार्यस्थलमा दुर्घटना हुँदा, अंगभंग हुँदा वा मृत्यु हुँदा क्षतिपूर्ति पाउने स्पष्ट व्यवस्था छैन । भारतमा श्रम अधिकार र सामाजिक सुरक्षामा पहुँचसमेत सुनिश्चित हुन सकेको छैन । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play