Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

यौन हिंसाका मुद्दामा पीडितलाई साक्षी जुटाउनुपर्ने व्यवस्था हटाउन सांसद विकको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
यौन हिंसाका मुद्दामा पीडितलाई साक्षी जुटाउनुपर्ने व्यवस्था हटाउन सांसद विकको माग
Photo / Coverage: पर्दाफास

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले यौन हिंसासम्बन्धी मुद्दामा समेत पीडितलाई न्यायका लागि अदालतमा साक्षी उपलब्ध गराउनुपर्ने व्यवस्था हटाउनुपर्ने बताएकी छन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले जबरजस्ती करणीका मुद्दामा समेत पीडितलाई साक्षी उपलब्ध गराउनुपर्ने अवस्थाले पीडितलाई थप पीडा दिने बताइन् । यौन हिंसापीडित किशोरी तथा महिलाले कसरी साक्षी जुटाउन सक्छ ? उनको प्रश्न छ । उनले यस्ता विशिष्ट प्रकृतिका मुद्दामा न्याय निरुपण प्रक्रियालाई सहज र पीडितमैत्री बनाउनेगरी विधेयकमा सुधार गर्नुपर्ने बताइन् । सांसद विकले अदालतबाट न्याय पाएपछि पनि पीडितले जीवनभर मानसिक समस्यासँग संघर्ष गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यौन हिंसाका घटना नै हुन नदिनेतर्फ राज्य र सम्बन्धित सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘यो बकपत्रले साह्रै रुवायो मान्छेहरूलाई । यस्तो सम्म वकपत्र बनाइदियो की जबरजस्तीकरणीको मुद्दा छ अनि त्यहाँ पनि साक्षी ल्याउनुप¥यो भन्छ के अदालत । अनि एउटा यौन हिंसापीडित किशोरी वा महिलाले कसरी साक्षी उपलब्ध गराउँछ ? यस्ता विशिष्ट केसहरूमा यस्ता समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्नेबारे सोच्नुपर्छ । अनि यस्ता यौन हिंसाका घटनामा अदालतबाट न्याय पाएपछि पनि पीडितले विभिन्न मानसिक समस्यासँग जीवनभर जुधिरहनुपर्छ । त्यसकारण यस्ता घटना नै घटन नदिनेतर्फ कसरी काम गर्न सकिन्छ । यो पनि हामी सबैको दायित्वको विषय हो जस्तो लाग्छ ।’ बैठकमा बोल्ने अधिकांश सांसदहरूले सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट हुने हिंसा र बेचबिखनमा परेका पीडितले न्याय पाउने प्रक्रिया सरल बनाउनुपर्नेमा जोड दिए । बैठकले बुधवार मानव बेचबिखनको क्षेत्रमा काम गरेका विज्ञ तथा सरोकारवालाहरूसँग सुझाव लिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहिलो चौमासिकमै ३ खर्ब ७८ अर्ब राजश्व संकलन, गत वर्षभन्दा १४.५६ प्रतिशत बढी
OthersJust now

पहिलो चौमासिकमै ३ खर्ब ७८ अर्ब राजश्व संकलन, गत वर्षभन्दा १४.५६ प्रतिशत बढी

सरकारले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो चौमासिकमा ३ खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार मंसिर १ गतेसम्म सरकारले ३ खर्ब ७८ अर्ब २३ करोड ३३ लाख रुपैयाँ राजश्व संकलन गरेको हो । सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । ...

पर्दाफास
मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
OthersJust now

मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन् । ...

अनलाइन खबर
मुस्ताङमा चार महिनामा एक लाख १२ हजार पर्यटक भित्रिए
OthersJust now

मुस्ताङमा चार महिनामा एक लाख १२ हजार पर्यटक भित्रिए

साउनदेखि कात्तिकसम्म मुस्ताङ भित्रिने पर्यटकमध्ये ५७ हजार ८३१ नेपाली र ५४ हजार २१७ विदेशी रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । ...

अनलाइन खबर
भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता
OthersJust now

भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता

भारतमा श्रमिकहरु मौखिक सहमति वा बिचौलियामार्फत काममा जाने गरेका छन् । कार्यस्थलमा दुर्घटना हुँदा, अंगभंग हुँदा वा मृत्यु हुँदा क्षतिपूर्ति पाउने स्पष्ट व्यवस्था छैन । भारतमा श्रम अधिकार र सामाजिक सुरक्षामा पहुँचसमेत सुनिश्चित हुन सकेको छैन । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play