पश्चिमी वायुको प्रभाव: हिमाली र पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। बुधबार देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यसैगरी देशको हिमाली भू-भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री
विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउन सबै एकजुट हुनुपर्ने बताएका हुन्। ...

भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा दसैँ मनाइने उल्लेख गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, ...

जसले ११औँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता जिते
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा बडादसैँको महानवमीमा आयोजित ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्रीले ११औँ पटक उपाधि जितेका छन् । ८ दशमलव ५ किलोग्रामको फलामको ठेलो सबैभन्दा टाढा फाल्दै खत्रीले २२ प्रतिस्पर्धीलाई पछि पारेका हुन् । उनी धवलागिरि गाउँपालिका–७ का वडाध्यक्षसमेत हुन् । खत्रीले विसं २०७१ देखि २०७७ सम्म लगातार सात पटक उपाधि जितेका थिए । विसं २०७८ मा सहभागी ...

बडादसैँले नयाँ उत्साह र सकारात्मक ऊर्जाको विकास गरोस्: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । बडादसैँको शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो मुलुकका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारा मजबुत बनाउँदै मुलुकमा रहेको ...


