बडादसैँले नयाँ उत्साह र सकारात्मक ऊर्जाको विकास गरोस्: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । बडादसैँको शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो मुलुकका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारा मजबुत बनाउँदै मुलुकमा रहेको भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ बनाउनेछ ।’ भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । ‘बाढी प्रभावित व्यक्तिहरूको पुनर्स्थापनाका लागि एकताबद्ध भई अघि बढ्न म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्। उनले बडादसैँले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जाको विकास गर्दै राष्ट्रको कल्याणका लागि शक्ति प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन् । The post बडादसैँले नयाँ उत्साह र सकारात्मक ऊर्जाको विकास गरोस्: राष्ट्रपति पौडेल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

दसैं : परम्परा, दर्शन र समकालीन जीवन
दसैं विगतमा भएको कुनै विजयको स्मरण मात्र होइन, वर्तमानमा पनि धर्म, विवेक र आत्मसंयमको पक्षमा उभिने संकल्प दोहोर्याउने अवसर हो। ...

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकका बीच मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई एकताको सूत्रमा अझ सुदृढ रूपमा बाँध्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमी, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख ...

‘लिंक डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित
हुम्ला। मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिंक डिभाइस’मा समस्याका कारण हुम्ला र मुगुमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ। गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ। नेपाल टेलिकमको मुगुका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जोडिएका ‘लिंक डिभाइस’मा समस्या आएपछि सेवा अवरुद्ध भएको हो। दसैँ बिदामा कर्मचारी घर गएकाले दसैँपछि मात्रै ...

विपत्ति र शोकका बीच दसैँ मनाउँदा एकताको सन्देश: रवि लामिछाने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकको घडीमा मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्। विजयादशमी २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस वर्षको दसैँ विपत्ति र शोकको वातावरणमा मनाउनुपरेको उल्लेख गरेका छन्। लामिछानेले विपत्तिका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले ...


